स्वास्थ्य

कास्की सेवा हस्पिटलले डेंगु रोगको निःशुल्क परीक्षण गर्दै

पोखराको कास्की सेवा अस्पतालले डेंगु रोग नियन्त्रणका लागि निशुल्क परीक्षण गर्ने भएको छ। अस्पतालले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै भदौ ३० गतेदेखि निशुल्क परीक्षण गर्ने जनाएको हो। आर्थिक अभावका कारण डेंगु रोग परीक्षण गर्न वञ्चित बिरामीलाई लक्षित गरेर निशुल्क परीक्षण ल्याइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत युवराज आचार्यले बताएका छन्। अस्पतालमा डेंगु रोग परिक्षण गर्न १ हजार २ सय लाग्थ्यो। अस्पतालमा लाग्ने यो रकम स्वास्थ्य सेवाग्राहीले अब बचत गर्न सक्नेछन्। निशुल्क परीक्षण गर्न रोगका लक्षण तथा सम्बन्धित फिजिसियनले अनिवार्य सिफारिस गर्नुपर्ने प्रमुख… पुरा पढौ

बागलुङमा डेङ्गुबारे सचेतना अभियान सुरु

बागलुङ । बागलुङको गलकोटमा डेङ्गु रोगबारे सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय जुनसुकै स्थानमा पनि डेङ्गु देखिन थालेपछि स्वास्थ्यकर्मी र सरोकारवालाको अगुवाइमा डेङ्गुबारे सचेतना अभियान सुरु भएका हुन् । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम भएकाले सतर्कता आवश्यक पर्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए । सोमबार स्वास्थ्य कार्यालय हटिया, उद्योग वाणिज्य सङ्घ गलकोट, महिला स्वास्थ्य स्वयंसेविका, गैरसरकारी संस्थासमेतको सहभागितामा बजार क्षेत्रमा डेङ्गुबारे सचेतना ¥यालीसमेत सञ्चालन भएको थियो । जथाभावीरुपमा थुपारिएका गाडीका… पुरा पढौ

विकट गाउँमा स्वास्थ्यको सहज पहुँच

बागलुङ । बागलुङको सबैभन्दा दुर्गम मानिन्छ तमानखोला । भौगालिक हिसाबले निकै विकट मानिने तमानखोला गाउँपालिकामा पाँच वर्ष अगाडि तीन वटा मात्रै स्वास्थ्य चौकी भए पनि त्यहाँ सामान्य औषधि पाउन पनि मुस्किल हुन्थ्यो । स्थानीयवासी बिरामी पर्दा स्वास्थ्य संस्थाभन्दा धामी झाँक्रीकोमा पुग्थे । अस्पताल जानै परे घण्टौको यात्रा गरेर बुर्तिबाङसम्म झर्ने गर्थे । अहिले गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्था छन् । छ वटा वडा रहेको तमानखोलाको तीन स्थानमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र, तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ र तीन स्थानमा स्वास्थ्य… पुरा पढौ

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

बलेवा। बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उनको भनाइ छ । “बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ”, उनले भने… पुरा पढौ

थप एक सय ७९ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप एक सय ७९ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ५९ को नमूना परीक्षण गरिएको थियो । दुई हजार छ सयले पिसिआर र दुई हजार तीन सय ५९ को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा एक सय ७१ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ… पुरा पढौ

बजारमा सिटामोलको माग उच्च

काठमाडौँ । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका… पुरा पढौ

सिकलसेलका बिरामीका लागि छुट्टै अस्पताल

काठमाडौँ । सिकलसेलका बिरामीलाई लक्षित गरी बाँकेको जानकी गाउँपालिका–३ मा सिकलसेल सामुदायिक अस्पताल निर्माण हुने भएको छ । पश्चिम तराईका थारु जातिमा देखिएको सिकलसेल रोगका बिरामीलाई सेवा दिन बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र सुर्खेतका थारु स्वास्थ्यकर्मीको अगुवाइमा सिकलसेल अस्पतालको निर्माण कार्य सुरु भएको हो । सिकलसेलका बिरामीलाई लक्षित गरी जानकी गाउँपालिका–३, नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउन लागिएको थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष जीवराज चौधरीले जानकारी दिए । उनका अनुसार सात बिघा जमिनमध्ये १० कट्ठामा अस्पताल र… पुरा पढौ

पोखराका अग्रज चिकित्सक डा कुमार समसेर अस्वस्थ, फेवासिटीमा उपचाररत

पोखरा । पोखराका अग्रज चिकित्सक डा.कुमार समसेर राणा अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र दमका बिरामी डा.कुमार समसेरलाई पछिल्लो पटक निमोनियाले सताए पछि स्थानीय फेवासिटी हस्पिटलमा उपचारकोलागि भर्ना गरिएको आफन्तले जानकारी दिएका छन् ।राणाको उपचारमा संलग्न कन्सल्ट्यान्ट फिजिसियन तथा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्व उप कुलपति प्रा.डा.बुद्दिबहादुर थापाले डा.राणाको स्वास्थ्य अवश्था ‘क्रिटिकल’ रहेको बताए । डा.थापाका अनुसार राणालाई ५ दिन अघि सिकिस्त अवश्थामा अस्पताल ल्याइएको थियो । उनलाई अहिले चिकित्सक तथा स्वास्थ्यकर्मिको प्रत्यक्ष निगरानी आई.सि.यू.मा… पुरा पढौ

सुदूरपश्चिममा फैलँदै डेङ्गु सङ्क्रमण

महेन्द्रनगर । गत जेठ महिनायता सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत जेठयता सुदूरपश्चिममा प्रादेशिक र जिल्ला अस्पतालमा मात्रै एक सय ६१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार र स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियनत्रणमा खटिएका चिकित्सकसहित कर्मचारीलाई आवश्यक प्रशिक्षण दिनुका साथै जाँचका लागि किट उपलब्धलगायतका कार्य गरिरहेको छ । निर्देशनालयको तथ्याङ्कानुसार कैलालीमा ४१, कञ्चनपुरमा ३२, डोटीमा १४, अछाममा सात, डडेल्धुरा र बैतडीमा नौ–नौ, दार्चुलामा ३३, बझाङ र… पुरा पढौ

सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्दै

संयुक्त राष्ट्रसङ्घीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ । कोषले यहाँ केही समययतादेखि अनिकाल परिरहेकाले यसका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अवस्था अझै बढ्नसक्ने बताएको हो । सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोषका प्रतिनिधि वाफा अब्देलतेफले सो कुरा बताएका हुन । यहाँ कुपोषणको समस्या कम्तीमा पनि १५ लाख बालबालिकामा पुगेको छ । यो सङ्ख्या यहाँको पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको करिब आधाजति नै हो । यसरी पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको आधा जतिलाई कुपोषणको… पुरा पढौ