खोटाङ । जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । हप्ता दिनयता अधिक ज्वरो आउने, टाउको, जोर्नी, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायतका लक्षण देखिने बिरामीको चाप बढेको हो । जिल्ला अस्पतालको ओपिडी बहिरङ्ग सेवामा दैनिक एक सय ५० को हाराहारीमा बिरामी उपचारमा आउने गरेको डा पुष्कल राईले बताए । कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिने समस्याबाट स्वास्थ्यकर्मीसमेत बिरामी पर्न थालेपछि उपचारमा आएका अन्य बिरामी मारमा परेका छन् । जिल्ला अस्पतालका ५८ स्वास्थ्यकर्मीमध्ये १४ स्वास्थ्यकर्मी बिरामी…
पुरा पढौ