स्वास्थ्य

मानवसेवा आश्रमका ‘लक्ष्मी’ र ‘नारायण’ लाई मानसिक औषधि

पोखरा । नेपाल औषधि व्यवसायी संघ कास्कीले मानवसेवा आश्रम पोखरा–१७ पोखराका आश्रित लाई आवश्यक औषधि सहयोग गरेको छ । कोभिड– १९ का कारण बिरामीलाई औषधि अभाव भएको भन्ने थाहा पाएपछि सहयोग गरिएको संघका जिल्ला अध्यक्ष विक्रम .पन्तले जानकारी दिए । उनले आश्रमका बिरामीले यसअघि प्रयोग गर्दै आइरहेको औषधिको सूचीका आधारमा मानसिक स्वास्थ्यका लागि आवश्यक औषधिसहित एन्टिबायोटिक, भिटामिन, घाउखटिरा र चोटपटकमा लगाइने मल्हम आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई हस्तान्तरण गरिएको बताए । संघका महासचिव पूर्णकाजी बस्नेतका अनुसार आश्रममा हाल १५५ ‘लक्ष्मी’… पुरा पढौ

‘अक्सिजन प्लान्ट राख्न पोखरामा रु १००/- दान गरौं महाअभियान शुरु’

पश्चिमान्चल क्षेत्रिय अस्पतालमा अधिकतम क्षमताको अक्सिजन प्लान्ट स्थापनाको लागि अर्थ संकलन अभियान जारी छ । बतास फाउन्डेसनको समन्वयमा शुरु गरिएको यस अभियानलाई अब महाअभियानको रुपमा अघि बढाइने भएको छ । सबै पोखरेलीलाई अपनत्व महसुस गराउन ‘रु १०० दान गरौं,महामारीमा प्रण राखौं ‘महाअभियान शुरु गरिएको अभियन्ता तथा बतास फाउन्डेनसनका अध्यक्ष आनन्दराज बतास बताउनुहुन्छ । एभरेस्ट एफ.एम.९३ मेगाहर्ज क्याम्पेन पार्टनर रहेको यो अभियानमा पोखराका समाजसेवी,व्यवसायी, उद्यमी, नागरिक समाज, सामाजिक संघ संस्था , सञ्चार प्रतिष्ठान र सर्बसाधारण सबैलाई सहकार्यको लागि अनुरोध गरिएको छ… पुरा पढौ

दमौलीका मोहन बतासले दिए अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानलाई एक लाख

तनहुँ दमौलीका मोहन बतासले दिए अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानलाई १ लाख रुपैयाँ सहयोग गरेका छन्। हङकङमा रेष्टुरेन्ट व्यवसायमा सक्रिय वरिष्ठ सेफ बतासले कोभिडको समस्या जटिल भइरहेका बेला बतास फाउण्डेशनले देशभर सानो रकमबाट थालेको अभियान उपयुक्त लागेर सहयोग गरेको बताएका छन्। देशमा अक्सिजनको चरम अभावका कारण कैयौं मानिसको ज्यान गए पछि अक्सिजन प्लान्ट देशमै स्थापनाका लागि बतास अर्गनाइजेसनका आनन्द बतासको सक्रियतामा संचालित १ सय रुपैयाँ अभियान जारी छ। अभियानअन्तर्गत जेठ ५ गतेसम्म संकलित रकमबाट अक्सिजन प्लान्ट स्थापना गरिने फाउन्डेशकाा आनन्द… पुरा पढौ

व्यास नगरले आफैं पीसीआर जाँच्न अनुमति माग्यो

तनहुँको व्यास नगरपालिकाले कोरोना परीक्षणको पीसीआर रिपोर्ट ढिलो आएको जनाउँदैआफै परीक्षण गर्न अनुमति माग गरेको छ। व्यास नगरले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसमक्ष पीसीआर रिपोर्ट परीक्षण गर्न माग गरेको हो। कोभिड–१९ नियन्त्रणसम्बन्धी समीक्षा बैठकका क्रममा नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिका आफैले जाँच गर्ने गरी तयारी गर्न लागिएको जानकारी दिए। एक स्वास्थ्य ल्याब कम्पनीसँगको सहकार्यमा नगरपालिकामा नै पीसीआर परीक्षण गरेर द्रूत नतिजा दिने प्रस्ताव उनले बैठकमा अगाडि सारेका थिए। यस्तो परीक्षणको लागि प्रति व्यक्ति १ हजार रुपैयाँ शुल्क लाग्ने बैठकमा सहभागी… पुरा पढौ

प्राडा अमर नागिला, पोविवि स्वास्थ्य, विज्ञान संकायको डिनमा नियुक्त

पोखरा विश्वविद्यालयको स्वास्थ्य तथा विज्ञान संकायको डिनमा प्राडा अमर नागिला नियुक्त भएका छन्। सोमबार बसेको पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले ४ वर्षे कार्यकालका लागि डा नागिलालाई डिन नियुक्त गरेको हो। डा नागिला पोखरा विशवाविद्यालयमा प्रध्यापन गराउँदै आएका छन्। थाइल्यान्डको मोइदल युनिभर्सिटीबाट मेडिकल बायोकेमेस्ट्री तथा मोलिकुलर बायोलोजीमा विद्यावारिधि गरेका प्रयोगशालाविद् डा. नागिला गण्डकी प्रदेशको एक मात्र ‘क श्रेणीको प्रयोगशाला, लाइफ केयर डाइग्नोस्टिक’का संचालक समेत हुन्। पुरा पढौ

बागलुङका स्थानीय तहहरु ५५ लाखको कोरोना कोष स्थापनामा एकजुट हुँदै

कोरोना महामारीसँग जुध्न बागलुङका १० स्थानीय तह एक जुट भएका छन्। त्यहाँको स्थानीय तहले संयुक्त रुपमा ५५ लाख रुपैयाँको कोरोना कोष स्थापना गरेका हुन्। सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा संकटसँग जुध्न कोष स्थापना गरेका हुन्। कोषमा बागलुङ नगरपालिकाले १० लाख लाख र अन्य पालिकाले पाँच लाख रुपैयाँका दरले जम्मा गर्ने निर्णय गरेको हो। पालिकाहरुले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोनासँग सम्बन्धित काममा खर्च गर्नका… पुरा पढौ

कास्कीसहित २० जिल्लामा निषेधाज्ञामा थप कडाइ गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कास्कीसहित २० जिल्लामा निषेधाज्ञामा थप कडाइ गर्न आग्रह गरेको छ। अझै केही हप्ता कोरोना भाइरस संक्रमणको चुनौती रहेको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेर निषेधाज्ञा लागू भएका जिल्लामा पनि मानिसहरूको आवत–जावत निरन्तर भइरहेको बताउँदै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका निभाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। मन्त्रालयले कास्की लगायत काठमाडौं, रूपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवलानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पालगायतका जिल्लाहरूमा संक्रमण उच्च रहेको र संक्रमितहरू सार्वजनिक स्थानहरूमा खुल्ला… पुरा पढौ

कास्कीमा ४०८ सहित गण्डकी प्रदेशभर थप ८५९ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशभर पछिल्लो २४ घण्टामा ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै कास्कीका ४ सय ८ जना छन्। यस्तै, म्याग्दीमा ८४, नवलपरासी पूर्वमा ८४, लमजुङमा ७९, बागलुङमा ६२, स्याङ्जामा ३५, तनहूँमा २३, पर्वतमा २१, मनाङमा ५, जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। थपिएका संक्रमितमध्ये ४ सय ४ जना महिला र ४ सय ५५ जना पुरुष छन्। यससँगै गण्डकी प्रदेशभर कूल संक्रमितको संख्या २९ हजार ४१ जना पुगेको छ। गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या… पुरा पढौ

कास्कीमा ९ जनासहित गण्डकी प्रदेशभर थप २४ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट कास्कीमा ९ जनासहित गण्डकी प्रदेशमा थप २४ जनाको मृत्यु भएको छ। जसमध्ये पोखरामा मात्रै १८ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। मृत्यु हुनेमा कास्कीका ९ जना, स्याङ्जाका ५, म्याग्दीका १, पर्वतका ३, गोरखाका १ जना छन्।यसैगरी लमजुङका १, तनहूँका २, बाग्लुङका १ र नवलपरासी पूर्वका १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७ जना पुगेको छ। जसमा सबैधन्दा धेरै कास्कीका २ सय… पुरा पढौ

सर्प संरक्षक कतिलाको कोरोना संक्रमणका कारण निधन

सर्प संरक्षक महेन्द्र कतिलाको निधन भएको छ । पोखरेली सर्प संरक्षक कतिलाको कोरोना संक्रमणका कारण निधन भएको हो । उनको आज साँझ ५ बजे नारायणघाटस्थित विपी मेमोरियल क्यान्स अस्पतालमा उपचारको क्रममा निधन भएको पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रबिन्द्रबहादुर प्रजु (रबिन्सन)ले जानकारी दिए । कतिला पोखराका पहिलो सर्प संरक्षक हुन् । उनले अलपत्र परेका सर्पको उद्धार गर्ने गर्थे । पोखरा तथा यस आसपासका क्षेत्रमा कसैको घरमा सर्प पस्यो कि पोखरेलीले सम्झिने नाम हो कतिला । उनी सर्पलाई माया… पुरा पढौ