स्वास्थ्य

पोखरामा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग आउने क्रम जारी

अक्सिजनको अभावमा दिनदिनै नागरिकको ज्यान जान थालेपछि पोखरामा नागरिक स्तरबाटै अक्सिजन प्लान्ट बनाउने प्रयास भएको छ । पोखराको बतास अर्गनाइजेसनको पहलमा नागरिक स्तरबाटै अक्सिजन प्लान्ट बनाउने प्रयासको थालनी भएको हो । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासको नेतृत्वमा अहिले अक्सिजन प्लान्ट बनाउनका लागि सहयोग रकम संकलन गर्ने काम भइरहेको छ । कम्तिमा ३ करोडको लागतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट बनाउने तयारी गरिएको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । अक्सिजन प्लान्टका लागि कम्तिमा… पुरा पढौ

बागलुङमा हट्यो एम्बुलेन्सबाटै शब बोक्नुपर्ने बाध्यता

कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव बाहनको व्यवस्थापन गरेको छ । पछिल्लो समय कोरोनाको हटस्पट बनेको बागलुङ जिल्लामा यो पहिलोपटक शव बाहनको व्यवस्थापन गरिएको हो। नगरपालिकाले ३ महिनाका लागि ४ लाख ५० हजार भुक्तानी दिनेगरी अस्थायी शव बाहनको व्यवस्थापन गरेको हो। जिल्लामा शव वाहन नहुँदा कोरोना महामारीमा शव व्यवस्थापनमा निकै चुनौती बन्दै आएको थियो। नगरपालिकाले खरिद गर्न थालेको नयाँ शव बाहन नआउञ्जेल अस्थायीरूपमा शव बाहन व्यवस्थापन गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिएका छन्। नगरपालिकाले… पुरा पढौ

बागलुङमा थप १५ दिन निशेधाज्ञा

बागलुङमा थप १५ दिन निशेधाज्ञा हुने भएको छ। जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढेपछि जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसीसीएमसीले कडा लकडाउन गर्ने निर्णय गरेको हो। जिल्लामा थप १५ दिन निषेधाज्ञा लगाउन डीसीसीएमसीले जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयमा बिहिवार बसेको समितिको बैठकले यस पटकको निशेधाज्ञा कडा पार्नुपर्ने समेत सहभागीले सुझाव दिएका छन्। अबको निषेधाज्ञामा बागलुङमा व्यवसाय, बैक तथा वित्तिय संस्था समेत पूर्ण रुपमा ठप्प हुनेछन् । यसअघि, बागलुङमा बित्तीय संस्था नियमित खुलेका थिए। पछि… पुरा पढौ

खोई निजी अस्पतालहरुमा अक्सिजन प्लान्ट ?!

यतिबेला, विश्वमै महाव्याधीको रुपमा फैलिएको कोभिडको संक्रमणले देश झनै ग्रस्त छ। छिमेकी मुलुकमा फैलिएको नौलो भेरियन्टको कोरोना भाइरसको प्रभावका कारण नेपालमा संक्रमित दर बढ्दो छ। कोरोनाकै कारण त्यतिकै अनुपातमा यहाँको मृत्यु दरमा पनि बृद्धि आएको छ। अस्पताल भर्ना, बेड, आइसीयु र भेन्टिलेरको अभावमा संक्रमित विरामीहरुले त्यत्तिकै ज्यान गुमाउनु परेको छ। यति धेरै सरकारी अस्पताल, शिक्षण अस्पताल र सुविधायुक्त निजी अस्पतालहरु भएको देशका नागरिकहरुले अनाहकमा ज्यान गुमाउनु परेको छ। अस्पतालहरु नफा कमाउनकै लागि खोलिएका हुन्। उनीहरुमा सामाजिक उत्तरदायित्व नै छैन। अझ… पुरा पढौ

भारत बायोटेकले अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने

एजेन्सी । विश्वभर कोभिड–१९ को अभाब भइरहँदा कोभिड–१९ खोपको विकास गरेको भारतीय कम्पनीले कोरोना भाइरसविरूद्धको खोपको अभावलाई कम गर्न अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने जनाएको छ । कम्पनीले कोभ्याक्सिनको उत्पादनलाई बढाउन अन्य खोप निर्माण कम्पनीले खोप उत्पादन गर्न अनुमति पाउने तर खोप उत्पादन गर्दा ‘बायोसेफ्टी लेभल–३’ ल्याबमा उत्पादन गर्नुपर्ने शर्त राखेको छ । नीति आयोगका सदस्य डा भी.के. रावलले भन्नुभयो, “मानिसहरूले कोभ्याक्सिनलाई अन्य कम्पनीबाट उत्पादन गर्न दिनुपर्ने बताएका छन् । कोभ्याक्सिन खोपको निर्माण कम्पनी भारत बायोटेकले ब्यवस्थित ल्याबले… पुरा पढौ

‘१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौँ’

काठमाण्डौं । निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् । निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार चौधरीले आज विज्ञप्ति जारी गर्दै देशभरि नै निषेधाज्ञा र अन्तरराष्ट्रिय हवाई सेवा बन्द भई द्रुत ढुवानीको अरू कुनै विकल्प नभएकाए १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सय शय्याभन्दा माथिका सामुदायिक र निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो । “सय शय्याको अस्पतालका… पुरा पढौ

पत्रकार पौडेलको निधनप्रति प्रेस युनियानद्वारा शोक व्यक्त

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा गण्डकी टेलिभिजन पोखराका प्रबन्ध निर्देशक जगन्नाथ पौडेल ‘गणेश’ कोे असामयिक निधनप्रति नेपाल प्रेस युनियान कास्कीले शोक व्यक्त गरेको छ । कोरोना भाइरस संक्रमण (कोभिड-१९) बाट उपचारका क्रममा भएकोपौडेलको निधन प्रति यूनियनले विज्ञप्ती मार्फत शोक व्यक्त गरेको हो । 'विगत ११ दिनदेखि उपचाररत पौडेलको गण्डकी मेडिकल कलेजमा आज ४१ वर्षको उमेरमा भएको असामयिक निधनले युनियन मर्माहत भएको छ।' प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा संयुक्त रुपमा जारी शोक विज्ञप्तिमा… पुरा पढौ

गण्डकी प्रदेश :कोरोना संक्रमण हुनेको संख्या २६ हजार नजिक

पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या झण्डै २६ हजार नजिक पुगेको छ । बिहीबार विभिन्न जिल्लाका ५०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै प्रदेशमा हालसम्मसंक्रमण पुष्टि हुनेको संख्या २५ हजार ९५३ पुगेको हो । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुले एक हजार ३ जनामा गरेको परीक्षणमा ५०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीका २१० जनामा कोरोना संक्रमण पाइएको छ । त्यस्तै बाग्लुङका ११९,… पुरा पढौ

गण्डकी प्रदेशमा हालसम्म १८ हजार ६ सय बढी कोरोना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा हालसम्म १८ हजार ६ सय बढी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका १४५ जना कोरोनामुक्त भएसंगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १८ हजार ६०४ पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार कास्कीका १०१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यस्तै नवलपरासी पूर्वका २९, स्याङ्जका ५, तनहुँका ४, लमजुङ र बाग्लुङका एक–एक जनाले विहीबार नै कोरोना जितेका छन् । यसअघि बुधबार गण्डकी प्रदेशका विभिन्न जिल्लाका २७४ जना कोरोना भाइरस संक्रमणमुक्त… पुरा पढौ

गण्डकीमा पोखराका ९ सहित थप १४ जनाको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कास्कीका ९, बाग्लुङका ४ र म्याग्दीका एक जनाको उपचारका क्रममा पोखरा, बाग्लुङ र म्याग्दीका अस्पतालमा मृत्यु भएको हो । कास्कीमा मृत्यु भएका सबै पोखरा महानगरका विभिन्न वडाका हुन् । मृत्यु हुनेमा चरक मेमोरियल अस्पताल पोखरामा मा उपचाररत पोखरा–१७ का ७३ वर्षिय पुरुष, पोखरा–१७ कै ४४ वर्षिय पुरुष र पोखरा–७ की ४५ वर्षिया महिला छन्… पुरा पढौ