स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट कास्की बढी प्रभावित

विश्वव्यापी महामारिका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट गण्डकी प्रदेशअन्तर्गत कास्की सबैभन्दा बढी प्रभावित भएको छ । प्रदेशका अन्य १० जिल्लाको तुलनामा कास्कीको मृत्युदर, सङ्क्रमण र सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कमा उल्लेख छ । कोरोनाका कारण गण्डकी प्रदेशमा कूल १८६ ले ज्यान गुमाएकामा कास्की जिल्लामा मात्र १०५ को मृत्यु भएको छ । अन्य आठ जिल्लामा मृत्युको सङ्ख्या ८१ मात्र रहेको छ । गण्डकी प्रदेशको हिमाल पारिका जिल्लाका रुपमा परिचित मनाङ र मुस्ताङमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु… पुरा पढौ

बिहीबार गण्डकी प्रदेशमा संक्रमितभन्दा निको हुने बढी

पोखरा । गण्डकी प्रदेशमा बिहीबार कोरोना संक्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १४८ जना कोरोनामुक्त भएका छन् । सोही अवधीमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार ३८८ जनामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ४६, लमजुङका १०, तनहुँ र नवलपुर वर्दघाट सुस्ता पूर्वका ७–७, स्याङ्जाका ४, मुस्ताङका ३, गोरखाका २, पर्वत, म्याग्दी र मनाङका एक–एक जना थपिएका छन् । थपिनेमध्य ५० पुरुष र ३२ जना महिला… पुरा पढौ

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोनामुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । २७८ जनामा गरिएको पिसिआर परीक्षणमा ३३ पुरुष र २८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा उल्लेख छ । आज थपिएका मध्य कास्कीका ३८, गोरखाका ७, तनहुँका ६, लमजुङका ५, स्याङ्जाका ३, बाग्लुङ र पर्वतका एक–एक जना छन् योसहित प्रदेशभर हालसम्म १३ हजार ५८३ जनामा कोरोना संक्रमण भएको… पुरा पढौ

कास्कीका १२ सहित गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना

पोखरा । कास्कीका १२ सहित गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिका १० जना र माछापुच्छ्रे गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै गोरखाको आरुघाट, भिमसेन थापा, गण्डकी र गोरखा नगरपालिकाका ७ जना, लमजुङको राइनास नगरपालिकाका ५ जना, स्याङ्जाको चापाकोट र भिरकोट नगरपालिकाका ३ जना, बाग्लुङको गल्कोट र तनहुँको बन्दिपुरका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ ।… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३५५४ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १३ हजार ५५४ पुगेको छ । पछिल्लो क्रममा प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित हुनेको संख्या बढेको हो । पछिल्लो क्रममा थपिनेमध्य कास्कीको पोखरा महानगरपालिकाका ६, तनहुँका २ र पर्वतको बिहादीका १ जनामा कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पोखराका संक्रमितमध्य वडा नं १० का ३, १३ का २, र २८ का एक जना छन् । यस्तै तनहुँको शुक्लागण्डकी ८ र बन्दिपुर गाउँपालिका… पुरा पढौ

पोखरा र तनहुँका थप २३ जनामा कोरोना संक्रमण

पोखरा । पोखराका २० सहित गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडाका २० जना र तनहुुँको व्यास नगरपालिका वडा नं १ का २ जना र तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ३ का एक जनामा कोरोना संक्रमण पाइएको छ । लाइफ केयर एण्ड डायग्नोष्टि प्रा.लि. पोखरामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पाइएको हो । हालसम्म प्रदेशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ हजार ५४५… पुरा पढौ

कोरोनाबाट पोखराका थप दुई जनाको मृत्यु

पोखरा । पोखराका थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा उपचाररत उनीहरुको संक्रमणबाट उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।मृत्यु हुनेमा पोखरा १२ का ८४ वर्षिय बृद्धको आज बिहान ५ः४५ बजे मृत्यु भएको छ । उनमा गत मंसिर २३ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । यस्तै पोखरा १ का ७६ वर्षिय बद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको उपचारकै क्रममा मंगलबार राती १०ः२० बजे मृत्यु भएको… पुरा पढौ

मंगलबार गण्डकी प्रदेशका ५२ जना कोरोना मुक्त

पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । सोही अवधिमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । ४३५ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो । आज थपिनेमा कास्कीका ७४, लमजुङका १६, तनहुँका ६ र बाग्लुङका ५ जना छन् । थपिएका मध्य ६८ पुरुष र ३३ महिला हुन् । यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या १३ हजार ५२२ पुगेको छ भने ११ हजार… पुरा पढौ

अमेरिकामा कोभिड-१९ भ्याक्सिन लगाउन शुरु

अमेरिकामा कोभिड - १९ भ्याक्सिन लगाउन सोमबारबाट शुरु भएको छ । फ्रण्टलाइनमा काम गरिरहेकी एक नर्सलाई खोप लगाएर शुरु गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आइसियूमा कार्यरत न्यूयोर्कको लङ आइल्याण्डकी उनलाई सो खोप लगाइएको हो । अर्को सालको अप्रिलसम्म १० करोड मानिसलाई खोप दिने लक्ष्य राखेको अमेरिकले सोमबार १५० अस्पतालमा सो खोप दिएको समाचारमा जनाइएको छ । एजेन्सी । पुरा पढौ

नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ३६ हजार नाघ्यो

काठमाण्डौ । नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ३६ हजार पाँच सय नाघेका छन् । सोमबार देशभरबाट थप ८४२ जना निको भएसंगै कोरोनामुक्त हुनेको संख्या बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ३६ हजार ५७३ पुगेको छ । सोही अवधीमा देशभर थप ८२१ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या दुई लाख ४९ हजार २४४ पुगेको छ । पाँच हजार ४२३ जनामा गरिएको पिसिआर परीक्षणमा ५०४… पुरा पढौ