प्रवास

विश्वभर सबै भन्दा बढी अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्दो

विश्वमै कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित र मृतकहरु रहेको अमेरिकामा दैनिक संक्रमण र मृत्युदर पनि सबैभन्दा उच्च रहेको छ। अमेरिकामा बितेको २४ घन्टामा मात्रै १ लाख ९१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।यसैगरी, एकैदिन मृत्यु हुनेको संख्या पनि २ हजार नजिक पुगेको छ। योसँगै अमेरिकामा कूल संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ। संक्रमणकै कारण अमेरिकामा हालसम्म २ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिकापछि भारत संक्रमितको संख्याका आधारमा भारत दोस्रो बढी प्रभावित मुलुक रहेको छ। भारतमा पछिल्लो… पुरा पढौ

अमेरिकी दुई कम्पनीले बनायो कोभिड विरुद्धको खोप

अमेरिकी दुई कम्पनीले कोरोना (कोभिड) विरुद्धको प्रभावकारी खोप बनाएको दाबी गरेका छन्। अमेरिकाको फाइजर र त्यसको साझेदार बायोन टेकले कोरोना (कोभिड) विरुद्धको प्रभावकारी खोप बनाएको दाबी गरेका हुन्। कोभिड विरुद्धको खोप स्वीकृतिका लागि ती दुईवटा अमेरिकी कम्पनीले आवेदनको तयारी समेत थालेको बताएको छ। कोरोना भाइरस लाग्न नदिने खोप बनाएको दावी गरेका २ अमेरिकी कम्पनीले इजाजतका लागि आवेदनको तयारी गरेका हुन्। फाइजर र त्यसको साझेदार बायोन टेकले आवेदन दिइसकेको बीबीसीले जनाएको छ। उनीहरुले अमेरिकी खाद्य तथा औषधि व्यवस्था विभाग (एफडीए )… पुरा पढौ

भारतको युपीमा जीप र ट्रक जुध्दा ६ बालबालिकासहित १४ को मृत्यु

भारत उत्तरप्रदेश राज्य (युपी)को प्रतापगढ जिल्लामा बिहीबार राति सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ६ जना बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ । शेखपुरा गाउँबाट जन्ती लिएर फर्किएको जीप प्रयागराज राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। मध्यरात भएकाले चालकको कमजोरीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनामा जीप पूर्णरुपमा क्षतिग्रस्त भएको र सवार सबैको मृत्यु भएको छ। यसैबीच, उत्तर प्रदेशका मुख्यान्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन्। एजेन्सी पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा छठको शुभकामना व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। आज (शुक्रबार) छठ पर्वका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले शुभकामनामा भनेका छन्, ‘पर्वले तराई मधेस र पहाडका नेपाली समुदायबीच सेतुको रुपमा काम गरेको छ। विविधतायुक्त नेपाली समाजमा यस्ता चावपर्वले अन्तरसम्बन्धलाई अझ बढी मजबूत बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीले बताएका छन्। उनले छठ पर्वको यस उल्लासका बीच कोभिड १९ को महामारीलाई सामना गरिरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गरेका छन्। कोरोना महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा छठको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले छठ पर्व, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले शुभकामनामा भनेकी छन्, ‘छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिनेछ।’ उनले विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा… पुरा पढौ

स्वामी केशवानन्दले ल्याए, ४ लाख शब्द समावेश संस्कृत–नेपाली विद्युतीय शब्दकोश

स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी ४ भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ। शब्दकोशमा ४ वटै भाषाका गरी ४ लाख शब्दको अर्थ समावेश गरिएको छ। शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ। यसैगरी, वेबसाइटमा केएन स्वामी डटकममा गएपछि ४ भाषाका करिब ४ लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले जानकारी दिएका छन्। यी ४ भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र… पुरा पढौ

विस्तृत शान्ति सम्झौताको आज १४ वर्ष पूरा

तत्कालीन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज (शुक्रबार)बाट १४ वर्ष पूरा भएको छ। २०६३ मंसीर ५ गते आजकै दिन सरकारका तर्फवाट तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र विद्रोहीका तर्फवाट तत्कालिन माओवादीका अध्यक्ष ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए। सरकार र माओवादीबीच भएको सम्झौतापछि नेपालमा जारी १० वर्षे शसस्त्र द्वन्दको औपचारीक अन्त्य भएको थियो। सोही सम्झौताको जगमा नेपालमा २४० वर्षसम्म निरन्तर शासन गरेको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भएको थियो। राजतन्त्रको अन्त्यसँगै नेपालमा संविधानसभामार्फत नयाँ लोकतान्त्रिक संविधान जारी भएको थियो। विस्तृत शान्ति… पुरा पढौ

भारतको दिल्लीमा माक्स नलगाउनेलाई जरिवाना हुने

मंसिर ४ पोखरा । भारतको दिल्ली सरकारले कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन नयाँ नियम लागू गरेको छ । दिल्ली सरकारका मुख्यमन्त्री अरबिन्द केजरीवालले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरिवाना गरिने नयाँ नियम सार्वजनिक गरिएको बताए । मास्कको प्रयोगले कोरोना संक्रमणको कम हुने भएकाले सार्वजनिक स्थलमा जाँदा मास्क अनिवार्य गरिएको उनको भनाई छ । केजरीवालले दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेडहरु रहेको दाबी गरे । उनले बिहीबार दिल्लीमा कोरोना… पुरा पढौ

दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण

दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ। यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६ सय ५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ। ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने जनाइएको छ। परीक्षणमा प्रयोग भएका मानवरहित हवाई ट्याक्सीको नाम इएच २१६ एस (EH216s) दिइएको छ। उक्त परीक्षणमा ६ वटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो। ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो। ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत… पुरा पढौ

कोभिड–१९ को कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गरिने

सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मंसीर १३ गतेभित्र कोभिड–१९ का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मंसीर १३ गतेभित्र विवरण पठाउन निर्देशन दिएका हुन्। पत्रमा कोभिड–१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका… पुरा पढौ