साहित्य र कला

तीन सय वर्ष पुरानो हनुमान् नाच संरक्षणमा नगरपालिका

गलकोट । बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका पर्यटकलाई बागलुङबजारसम्म ल्याउनका लागि बजारभित्र रहेका पुराना बजार, संस्कार र संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार गर्न थालिएको नगरपालिकाले जनाएको छ । बागलुङबजारमा संरक्षित गरिएको लोपोन्मुख हनुमान नाच, महिला मगर बाजा, पुरानो बजारका रुपमा रहेको देउराली चोक, कम्पुटोल र किनरा टोललाई संरक्षण गर्ने गरी नगरपालिकाको नीति छ । बागलुङ नगरभित्र मात्रै… पुरा पढौ

‘नेपाल आइडल–५’ को उपाधि करणलाई

प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनस् विजेता बनेका हुन । विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरे। प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे । विगत… पुरा पढौ

अन्तरजातीय विवाहको कथामा फिल्म ईश्वरको ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । साउन ११ गतेदेखि देशव्यापी रिलिज हुने फिल्म 'ईश्वर'को ट्रेलर सार्वजनिक भएको छ । राजु गिरी निर्देशित फिल्म ईश्वरको ट्रेलमा अन्तरजातीय प्रेम कथालाई प्रमुख कथा बनाईएको छ । सामाजिक विषयवस्तुमा बनेको फिल्मको ट्रेलर निर्माण कम्पनीले सामाजिक संजाल युट्युबमार्फत सार्वजनिक गरेको हो । राजु गिरीले निर्देशन गरेको फिल्मको ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकारहरुले अभिनय गरेका छन् । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई हरिबहादुर… पुरा पढौ

नौमती बाजा बजाउने र पुख्र्यौली नाचसम्बन्धी तालिम

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुख्र्यौली नाचसम्बन्धी तालिम दिइएको छ । मौलिक लोकबाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले तालिम सञ्चालन गरेको हो । असार १ गते शनिबार सुरु भएको तालिम सोमबार सकिएको वडासचिव बेदनाथ सुवेदीले जानकारी दिए । संस्कारगत कार्य, सभा, समारोहमा नौमती बाजा बजाउने र पुख्र्यौली नाच्ने कलाकार अभाव हुन थालेपछि युवायुवतीलाई तालिम दिइएको उनले बताए । मल्कवाङ अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य… पुरा पढौ

कोकोम्हेन्दो पुस्तकालयलाई पुस्तक हस्तान्तरण

असार २ पोखरा । तामाङ बौद्ध सेवा समिति, संगमटोल–१३ पोखराको माताहातमा रहेको कोकम्हेन्दो पुस्तकालयमा पुस्तक हस्तान्तरण गरिएको छ । शनिबार एक कार्यक्रमका बिच प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले विभिन्न दाताहरुबाट संकलित पुस्तक पुस्तकालयका संयोजक दिपक बाईवा तामाङलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङले पुस्तकालय प्रतिष्ठानको कार्यक्षेत्र भित्र पर्ने भएकाले सक्दो सहयोग गर्ने बताए । पछिल्लो समय युवापुस्ता आफ्नो भाषा,संस्कार संस्कृति र परम्पराको बारे अध्ययन अनुसन्धानमा अत्यन्तै कम रुचि बरु मोबाइल फोन र अन्य… पुरा पढौ

अथार मगराँत भुमिका मगर समुदायको मुख्य पर्व भूमेको रौनक सुरु

घोराही । अथारा मगराँत भुमिका मगर समुदायको मुख्य पर्व भूमेको रौनक सुरु भएको छ । पर्व यही असार १ गतेदेखि रुकुम,रोल्पा,बागलुङ लगाएतका स्थानमा मगर समुदायको चाड सुरु भएको हो । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन छ । सोही भूमि देवताको पूजा गर्ने प्रचलनलाई मगर जातिले आफ्नो मुख्य चाडका रुपमा मान्दै पनि आइरहेको पाइन्छ । यी स्थान मा यो पर्व विधिवत् रुपमा विसं २०४६ बाट मनाउन थालिएको नेपाल मगर सङ्घ दाङले जनाएको छ… पुरा पढौ

ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको दोश्रो संस्करण भदौ दोश्रो साता हुने

पोखरा, असार १ पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । दुई दिनसम्म हुने कार्यक्रम पोखरा सभागृहमा हुने जनाइएको छ । ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक हर्कराज गुरुङ (भाई)ले… पुरा पढौ

म्याग्दीका महिलाहरुले बाजा बजाउने सिप सिकेपछि…..

म्याग्दी । संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् । युवा र पुरुषहरु विदेशिएका कारण जनशक्ति नहुँदा बिवाह, छेवार, ब्रतबन्ध, किरियामा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि पात्लेखेतका महिलाले व्ययसायिक रुपमा बाजा बजाउने पेशा अपनाएका हुन् । संस्कृति र पेशालाई संरक्षण गर्दै आयआर्जन तथा आत्मनिर्भर बन्नका लागि बाजा बजाउन थालेको बेनी नगरपालिका–१० पात्लेखेतको सिद्धबराह आमा समूहका सचिव गीता रोकाले बताए। “गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो,” उनले… पुरा पढौ

आँबुखैरेनी गाउँपालिकामा कार्यरत नेपाली १५ वर्षदेखि चित्रकलामा व्यस्त

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त छन् । फुर्सदको समयलाई सदुपयोग गर्दै उनी चित्र बनाईरहन्छन् । गाउँपालिकाले यहाँका विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत चित्र बनाउने सीप सिकाउने प्रशिक्षकसमेत हुन नेपाली । विगतमा फुर्सदको समयलाई सदुपयोग गर्दै चित्रकला बनाउँदै आएकामा पछिल्लो समय पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत आँबुखैरेनी–१ स्थित मित्रता माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई चित्रकलाको सीप सिकाउन थालेको उनले बताए। “चित्र बनाउने पहिल्यैदेखिको सोख हो, अहिले सिकेको सीप गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई सिकाउन पाउँदा निकै सुसी छु… पुरा पढौ

पुर्ख्यौली पेसाको संरक्षण गर्दै बुद्धिराम,सारङगी बजाउदै घरघरमा

लमजुङ । सेतै फुल्दै गरेको दारी अनि कपाल । चाउरिँदै गरेको मुहार । शिरमा ढाका टोपी, शरीरमा स्टकोट र खुट्टामा एक जोर चम्पल । यति मात्र नभई झोला भिरेर हातमा साङ्रगी लिएर परिस्थितिअनुसारका विषयका गीत गाउँदै घरघरमा पुग्छन् सुन्दरबजार नगरपालिका–६ पाखाथोकका ७० वर्षीय बुद्धिराम गन्धर्व । आराम गरेर बस्नुपर्ने उमेरमा कतिपय युवाभन्दा जोशिलो र व्यस्त हुन्छन् । एकाबिहानै उनी उठ्छन् । उठेपछि हातमुख धोएर, खाजा खाएपछि सारङ्गी लिएर घरबाट उनी हिड्छन् । दैनिकजसो बिहानैदेखि बेलुका साँझ परेसम्मै विभिन्न ठाउँको घरघरमै… पुरा पढौ