साहित्य र कला

गजलकार प्रकट पगेनी ‘शिव’ को निधन

पोखरा । पोखरेली साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । ज्वरो र निमोनियाले थलिएका प्रकटको मंगलबार मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सोमबार अस्पताल भर्ना भएका प्रकटको मंगलबार दिउँसो उपचारका क्रममा निधन भएको पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)का अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । प्रकटलाई केहि दिन अगाडिदेखि ज्वरो आएको र ज्वरो आउने क्रम नरोकिएपछि उनलाई जचाउनका लागि सोमबार विहान अस्पताल लगिएको थियो । जाँचका क्रममा प्रकटलाई निमोनिया र जण्डिसको गम्भीर संक्रमण देखिएपछि भेन्टिलेटरमा… पुरा पढौ

उपचाररत साहित्यकार प्रकटलाई उपचारका लागि आर्थिक अभाव

पोखरा, चैत ४ पोखरेली साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’लाई उपचारका लागि आर्थिक अभाव भएको छ । ज्वरो र निमोनियाले थलिएका प्रकटको मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । तर उनको उपचारमा आर्थिक समस्या परेको पारिवारिक श्रोतले जनाएको छ । श्रृंगारिक गजल, कविता र गीतका लागि चर्चित शिवको उपचारमा आर्थिक अभाव भएपछि आर्थिक संकलन अभियान थालिएको पोखरेली युवा सांस्कृतिक परिवारले जनाएको छ । परिवारको आग्रहमा पोयुसाँपले आर्थिक संकलन अभियान थालेको अध्यक्ष उपेन्द्र पौडेलले बताए । पोयुसाँपको फेसबुक पेजमा… पुरा पढौ

दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार अधिकारीलाई सम्मान गरिने

वैशाख २ पोखरा । दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ । कास्की खबर प्रालिले आयोजना गरेको अवार्ड समारोहमा अधिकारीलाई नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएकोमा सम्मान गर्न लागेको हो । पत्रकार अधिकारी विगत १६ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका छन् । २०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी बिग एफएमका स्टेशन म्यानेजर भइसकेका छन् । गण्डकी प्रदेशकै अग्रणी न्यूज पोर्टल गण्डक न्यूज र गण्डकी न्यूजका संस्थापक सम्पादक अधिकारीले आदर्श समाज दैनिक, कास्की आवाज… पुरा पढौ

गुरुङले मनाउने ट्होटेँ पर्व के हो ?

गुरुङहरुले आज हर्षबढाइँका साथ ट्होटेँ पर्व मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार गुरुङ (तमु) समुदायमा यो पर्व मनाइन्छ । परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरुप ट्होटेँ पर्वको सुरुआत भएको तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङले बताए । उनका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिइन्छ । “कबिला कालदेखि नै तमु (गुरुङ)का स–साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन ट्होटेँ पर्वको… पुरा पढौ

सरुभक्तलाई हेमराज पुरस्कार

चैत २५ पोखरा । हेमराज पहारी स्मृति पुरस्कार २०८० बाट साहित्यकार सरुभक्तलाई सम्मान गरिने भएको छ । पुरस्कार राशि नगद एक लाख र ताम्रपत्र छ । प्रतिभा छनोट समिति संयोजक पद्यराज ढकालले नेपाली साहित्यमा सरुभक्तको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको उल्लेख गरे । प्रतिभा छनोट समितिका सदस्यमा कृष्णप्रसाद पौडेल र सरस्वती श्रेष्ठ ‘सरु’ थिए । नेपाल संगीत तथा नाट््य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका सरुभक्त ५ दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । साहित्यका सबैजसो विधामा कलम चलाउने उनका चार… पुरा पढौ

पोखरामा नयाँ विषयमा नाटक मञ्चन हुँदै

पोखरा । रेनाँसा थिएटरको प्रस्तुतीमा पोखरामा नयाँ नाटक मञ्चन हुने भएको छ । नयाँ वर्षको शुरु (वैशाख १) देखि १५ दिनसम्म नाटक मञ्चन हुने निर्देशक धु्रव पौडेलले जानकारी दिए । साहित्यकार बुद्धिसागरको कथालाई नाटकमा रुपान्तरण गरेर नाटक मञ्चन गरिनेछ । स्मृति बिक्रि केन्द्र शिर्षकको कथालाई ऋतेशले नाट्य रुपान्तरण गरेका हुन् । नाटकले विज्ञान र प्रविधिको क्षेत्रमा भविष्यमा हुनसक्ने चमत्कारिक विकासलाई उठान गरेको निर्देशक पौडेलले बताए । ‘विज्ञान र प्रविधिको क्षेत्रमा दैनिक जसो चमत्कारहरु भईरहेका छन् । निकट भविष्यमा हामीले नाटकमा… पुरा पढौ

पोखरा थिएटरले मनायो विश्व रङ्गमञ्च दिवस

पोखरा । पोखरा थिएटरले विश्व रङ्गमञ्च दिवस मनाएको छ । बुधबार पोखरामा विशेष कार्यक्रमको आयोजना गरेर ६३ औँ विश्व रङ्गमञ्च दिवस मनाइएको हो । अन्तराष्ट्रिय रङ्गमञ्च संस्थान (ITI) द्धारा जारी नर्वेजियन रङ्गकर्मी जोन फोसेले लेखेकको सन्देश त्रिभुवन विश्वविद्यालयका प्रा.डा. शिव रिजालले नेपालीमा अनुवाद गरेको सन्देश नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरु भक्त श्रेष्ठले वाचन गरेर सुनाएका थिए । कार्यक्रममा शुभकामना आदानप्रदान, सन्देश वाचन तथा कवि राजु स्याङ्तानका ३ वटा कविता मञ्चन भएका थिए ।… पुरा पढौ

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू

बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन् । हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताइन । विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उनले बताइन। “आमा समूह आयआर्जनसँग जोडिन आवश्यक छ,… पुरा पढौ

‘होली म्यूजिक फेष्टिवल’ भोलि, सम्पूर्ण तयारी पुरा

पोखरा । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा होलीको अवसरमा आयोजना हुने ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ को सम्पूर्ण तयारी पुरा भएको छ । भोलि पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा हुने होली म्यूजिक फेष्टिवलको सम्पूर्ण तयारी पुरा भएको आयोजक संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । संघले २०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको यो दोश्रो होली म्यूजिक फेष्टिवल हो । कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ हुन लागेको कार्यक्रम भोलि पूर्वाह्न ११ बजेदेखि अपराह्न ५ बजेसम्म जारी रहने जनाइएको छ… पुरा पढौ

प्रियाः मुक्तक संग्रहको पोखरामा लोकार्पण तथा परिचर्चा

चैत १० पोखरा । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित प्रियाः मुक्तक सङग्रहको शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा भएको कार्यक्रमका बीच लेखक तथा शिक्षाविद् विष्णुप्रसाद अधिकारीले उक्त कृर्ति लोकार्पण गरेका हुन् । कृर्ति लोकार्पण गर्दै अधिकारीले प्राध्यापक निष्कलङक हुनुपर्नेमा जोड दिर्दै साहित्यको शक्ति जीवन्त रहने औँल्याए। उनले विद्यार्थीहरुमा नैतिक आचारण सिकाउन सुझाव दिर्दै सबै कुरालाई आर्थिक नजरले मात्रै हेर्ने पारीपाटीको अन्त्य गर्नुपर्ने सुझाए ।पछिल्लो समय प्राध्यापकहरु राजनीतिक रुपमा प्रतिबद्ध रहदाँ प्राज्ञिक मूल्यमान्यता… पुरा पढौ