समाचार

राष्ट्रिय सभाका लागि गण्डकीबाट ३ सदस्य चयन गर्न मतदान जारी

पोखरा, माघ ११ राष्ट्रिय सभाका लागि ३ सदस्य चयन गर्न गण्डकीमा निर्वाचन भइरहेको छ । राष्ट्रिय सभाका लागि गण्डकीमा रिक्त ३ सदस्य चयन गर्न अहिले मतदान भइरहेको हो । गण्डकी प्रदेश निर्वाचन कार्यालयमा पूर्वाह्न ९ बजेबाट शुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ । हालसम्म करीब ९० प्रतिशत मतदान भइसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गण्डकीमा ६० जना प्रदेश सभा सदस्य तथा गण्डकी प्रदेशका ८५ स्थानिय तहका प्रमुख र उपप्रमुख गरी १७० जनासहित कुल २३० जना मतदाता रहेका… पुरा पढौ

एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन : सभापति देउवा

माघ १० स्याङ्जा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताएका छन् । कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्दै उनले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताए । “संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था देखिंदैन”, उनले भने, “बहुमत पु¥याउनका लागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ… पुरा पढौ

आहा ! रारा ‘गेस एण्ड विन’ मा पञ्चासेका लालबहादुर पुरस्कृत

माघ १० पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा मंगलबार विजेता घोषित भएका पोखरा–२३ सिधानेका लालबहादुर गुरुङ पुरस्कृत भएका छन् । मंगलबार आयोजक सहारा क्लव र थ्रि स्टार क्लवविचको खेलमा थ्रि स्टार क्लवले जित्ने अनुमान गरेका गुरुङलाई आज खेलस्थल पोखरा रंगशालामा पुरस्कृत गरिएको हो । उनलाई सहारा क्लव पोखराका अध्यक्ष केशवराज बरालले सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि. को उत्पादन रारा चाउचाउ… पुरा पढौ

वडा अध्यक्ष सुवेदीद्वारा विश्वशान्तिका विद्यार्थीलाई पोशाक

पोखरा । कास्कीको रूपा–५, देउरालीका ५० जना विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले जनप्रतिनिधि भए बापत आफूले पाउने सम्पूर्ण रकम जनसेवामा खर्च गर्ने प्रतिबद्धता जनाएअनुसार विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले यसअघि पनि चण्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेका थिए । उनले गत आर्थिक वर्षमा आमा समूह, युवा क्लब, टोल सुधार समिति, युवा… पुरा पढौ

राइजिङ स्टारबिरुद्ध कठीन जित निकाल्दै आर्मी आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

माघ १० पोखरा । मोफसलको राइजिङ स्टार फुटबल क्लव नवलपुरबिरुद्ध नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले कठीन जित हात पारेको छ । सहारा क्लव पोखराले आयोजना गरेको २३ औं आहा ! रारा पोखरा गोल्डकप अन्तर्गत बुधबार पोखरा रंगशालामा भएको प्रतियोगिताको दोश्रो खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लवले राईजिङ स्टारबिरुद्ध १–० को कठीन जित हात पारेको हो । कप्तान भरत खवासले निर्णायक गोल गर्दै आर्मीलाई जित दिलाए । जितसँगै आर्मी आहा ! रारा पोखरा गोल्डकप प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने राईजिङ… पुरा पढौ

हुम्लाको तापक्रम माइनस १०

हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् । जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो । मङ्गलबार साँझदेखि आकाशमा बादलले छोपेसँगै आज बिहानदेखि चिसो अत्यधिक बढेको छ । जिल्लामा मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी कष्टकर हुनुका साथै हवाई यातायात पनि प्रभावित भएको सिमकोट विमानस्थलका प्रमुख मेन्द्र सिंहले बताए । उनका अनुसार विमानस्थलमा रहेको मौसम मापन गर्ने उपकरणमा आजको तापक्रम माइनस… पुरा पढौ

ढोरपाटन चिसोका कारण सुनसान, होटल व्यवसाय ठप्प

पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ । पर्यटक आउन छाडेपछि होटल व्यवसाय पनि ठप्प भएको छ । चिसो नसकिएसम्म पर्यटक भित्र्याउन नसकिने ढोरपाटन नगरपालिका–९ पाखाथरका होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले बताए । चिसोका कारण अधिकांश स्थानीय बोबाङ, अधिकारीचौरलगायत तल्लो क्षेत्रमा झरेको उनको भनाइ छ । अहिले फाटफुट पर्यटक आए पनि बास नबस्ने… पुरा पढौ

विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन । शिक्षा क्षेत्रमा लामो समय योगदान दिनुभएका विज्ञसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको स्पष्ट पारे । “देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ केन्द्रित हुनुपर्छ, विश्व विद्यालयलाई राजनीतिक भागबण्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको छ, यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको छ”, प्रधानमन्त्री… पुरा पढौ

ढोरपाटन नगरपालिका भित्रका शिक्षकहरुलाई डिजिटल साक्षरता अभिवृद्धि तालिम

पोखरा । ढोरपाटन नगरपालिका भित्रका शिक्षकहरुलाई डिजिटल साक्षरता अभिवृद्धि सम्बन्धि तिन दिने तालिम प्रदान गरिएको छ । कर्मफ्लाइट्स फाउण्डेशन नेपाल र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा उक्त तालिम बुर्तिवाङ स्थित उत्तरगङ्गा माध्यमिक विद्यालयमा प्रदान गरिएको हो । तालिमका अवसरमा कर्माफ्लाइट्स फाउण्डेशन नेपालका आईसीटी ट्रेनर सुवास पौडेलले विशेषज्ञ मार्गदर्शनमा सहभागीहरूले सूचना तथा सञ्चार प्रविधिका विविध पक्षबारे प्रशिक्षण दिएका थिए । तालिममा नगरभित्रका विभिन्न २३ विद्यालयका शिक्षकहरुको उपस्थिती रहको थियो । ढोरपाटन–१ का वडा अध्यक्ष मानबहादुर छन्त्यालको प्रमूख आतिथ्यता तथा उत्तरगङ्गा माध्यमिक विद्यालयका… पुरा पढौ

नेप्सेको ओरालो यात्रा कायमै

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको लगातार चौंथो दिन आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ८८ दशमलव ०४ को बिन्दुमा सीमित भएको छ । आज विभिन्न तीन सय ११ कम्पनीका एक करोड १० लाख ४९ हजार नौ सय ४९ कित्ता शेयर ९० हजार दुई सय १० पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ बराबरको कारोबार भएका छन् ।… पुरा पढौ