समाचार

आहा ! रारा ‘गेस एण्ड विन’ मा पञ्चासेका लालबहादुर विजेता

माघ ९ पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा थ्रि स्टार क्लवले जित्ने अनुमान गरेका पोखरा–२३ का लालबहादुर गुरुङ विजयी भएका छन् । सहारा क्लव पोखराले सञ्चालन गरेको २३ औं संस्करणको “आहा रारा पोखरा गोल्डकपमा” आयोजक सहारा क्लव र थ्रि स्टार क्लवविचको खेलमा थ्रि स्टार क्लवले जित्ने अनुमान गरेका विजेता गुरुङलाई बुधबार पोखरा रंगशालामा पुरस्कार प्रदान गरिने रेडियोका मार्केटिङ निर्देशक भोलकुमार श्रेष्ठले जानकारी दिए । मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा… पुरा पढौ

म्याराथनकालागि भुपू खेलाडी मञ्चलाई चिप्स हस्तान्तरण

पोखरा ९ माघ । नेपाल भुतपूर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ । १८ औं पोखरा म्याराथनको युके संयोजक तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई सोमबार चिप्स हस्तान्तरण गरेकी हुन । स्तन क्यान्सर पिडित समेत रहेकी पुर्व भलिबल खेलाडी गुरुङले क्यान्सर पछिको जीवन सम्भव रहेको भन्दै म्याराथनमा च्यारिटी रन समेत गर्दै आएकी छिन । युकेमा रहेका सहयोगीहरुले चिप्सको सौजन्य गरेका हुन ।साथै मञ्चका अध्यक्ष पराजुली, निवर्तमान अध्यक्ष तेज गुरुङ… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकको उद्घाटन खेलमा थ्रीस्टारको विजयी शुरुवात

माघ ९ पोखरा । आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेल जित्दै थ्रीस्टारले बिजयी शुरुवात गरेको छ । २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले प्रतियोगितामा सुखद शुरुवात गरेको हो । आहा ! रारा पोखरा गोल्डकपमा भएको तेश्रो भिडन्तमापनि सहाराबिरुद्ध थ्रीस्टारले बाजी मारेको छ । यसअघि थ्रीस्टारले सहारालाई २०६३ सालमा ३–१ र २०६९ सालमा १–० ले पराजित गरेको थियो । युवा खेलाडीले भरिएको आयोजक सहारा… पुरा पढौ

मगर खाम गायक गोपाल र गायिका सुमित्राले छमछमी नचाए निसेल दर्शक

पोखरा । मगर खाम गायक गोपाल पुनमगर (सिङरोन) र गायिका सुमित्रा बुढामगरले निसेल दर्शकलाई छमछमी नचाएका छन् । माघेसंक्रान्तिको अवसरमा बागलुङको निसीखोला ६ भल्कोटमा आयोजना गरिएको साँस्कृतिक तथा ऐतिहासिक पुतली मेलाका अवसरमा उनीहरूले निसेल दर्शकलाई नचाएका हुन् । पछिल्लो समयमा मगर खाममा “जोस लेउ,होस लेउ ङा धापा ङालेउबेलाक”,“सी यु पराती ”लगायतका बोलको गीत गाएर लाखौँ युवा र बुढापाकाको रोजाईमा पर्न सफल भई चर्चा कमाएका गायक गोपाल पुनमगरले निसीखोलामा पनि निकै दर्शकलाई नचाएका छन् । सोही अवसरमा उनले आफ्नै आवाज र… पुरा पढौ

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४० अङ्कले घटेर दुई हजार ९८ दशमलव २९ को बिन्दुमा कायम भएको हो । यो सातामा कारोबारको तगातार तेस्रो दिन नेप्से घटेको हो । आज तीन सय १० कम्पनीको एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता शेयर एक लाख १७ हजार पाँच सय ७७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ बराबरको कारोबार… पुरा पढौ

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४० अङ्कले घटेर दुई हजार ९८ दशमलव २९ को बिन्दुमा कायम भएको हो । यो सातामा कारोबारको तगातार तेस्रो दिन नेप्से घटेको हो । आज तीन सय १० कम्पनीको एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता शेयर एक लाख १७ हजार पाँच सय ७७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१… पुरा पढौ

राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गरिने

दमौली । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । विसं २०७८ फागुन १६ गते गठन भएको आयोगले पहिलो पटक भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । आयोगको गत पुस २३ गतेको निर्णयअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय भएको आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार आँबुखैरेनी गाउँपालिका–२ का १३ जनालाई जग्गा वितरण गर्न लागिएको हो । उनले भने, “निजहरुलाई माघ २ गतेदेखि १५ दिनभित्र जग्गा दर्ताका… पुरा पढौ

आयुषलाई वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुष घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान अर्पण गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा मंगलबारदेखि पोखरा रङ्गशालामा सुरु भएको ‘आहा रारा पोखरा गोल्डकप’को २३औँ संस्करणको उद्घाटन समारोहमा उनलाई सो सम्मान अर्पण गरिएको हो । उनलाई उद्घाटन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, क्लब अध्यक्ष केशवराज बराल लगायतले सम्मान अर्पण गरेका हुन् ।सम्मानको राशि नगद ५० हजार ५ सय ५५ रूपैयाँ र सम्मानपत्र थियो । राष्ट्रिय टिमका नियमित सदस्य घलाल… पुरा पढौ

जुम्ला-डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने सडकको ग्राबेल गरिदै

जुम्ला । जुम्ला-डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको १४ किलोमिटरमध्ये हाल दुई किलोमिटर सडक ग्राबेल गरिएको सो कार्यालयका प्राविधिक कृष्ण महतले जानकारी दिए । गज्र्याङ्कोटको खोडेखोलादेखि गुठीचौरको लाग्नासम्म दुई किलोमिटर सडक ग्राबेल भएको छ । बर्खा सिजनमा हिलाम्यहुने र गाडी डुब्ने ठाउँमा पहिलो चरणमा ग्राबेल भएको कार्यालयका फिल्ड प्राविधिक महतले बताए । ग्राबेल भएको सडकमा गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा… पुरा पढौ

अक्षते–लेखानी सडक स् ट्रयाक खुलेको २० वर्षपछि स्तरोन्नति गरिँदै

ढोरपाटन । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाका थुप्रै ग्रामीण सडकको अवस्था निकै नाजुक छ । दुई दशक अगाडि ट्रयाक खोलिएका सडक अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलो र बर्खामा हिलोले सडक वरपरका स्थानीयवासी आजित छन् । तर अब भने विसं २०६० मा जनसहभागिता ट्र्याक निर्माण गरिएको अक्षते-सुल्डाँडा(लेखानी सडक २० वर्षपछि स्तरोन्नति गरिने भएको छ । यसलाई लोकमार्गको वैकल्पिक सडकका रुपमा लिइएको छ । स्थानीयले कोदालो, गैँटी र बेल्चाले महिनौँ लगाएर… पुरा पढौ