राजनीति

सेतीनदी माथि पटनेरी र सितापाईला जोड्ने पुल सञ्चालन

रासस)गण्डकी,३१ असार पोखराको दक्षिणी भेगस्थित पोखरा १७ को सितापाईला र १५ को पटनेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागिता सहित २२ लाख १४ हजार ६४५ रुपैयाको लागतमा सो पुल निर्माण सम्पन्न गरिएको हो ।अठार मिटर लम्वाई र एक दशमलव पाँच मिटर चौडाईको सो ट्रष्ट ब्रिज निर्माणसंगै पटनेरीका करिव तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीसमेत लाभान्वित हुनेछन् ।गण्डकी प्रदेश… पुरा पढौ

नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)द्वारा छोरेपाटन माविका अध्यक्ष पहारीमाथि कालोमोसो

पोखरा, असार २७ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले पोखरा–१७ छोरेपाटन माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको छ । अध्यक्ष पहारीले छोरेपाटन माविको स्वामित्वमा रहेको पोखराको चर्चित पर्यटकीय स्थल पातले छाँगो (डेभिड फल्स)को भएको जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएर मिलेमतोमा लुटतन्त्र मच्चाएको आरोप लगाउँदै अखिल (क्रान्तिकारी)ले कालोमोसो दलेको हो । भ्रष्टाचारविरोधी अभियान अन्तर्गत पहारीलाई कालोमोसो दलेर सांकेतिक कारबाही गरेको अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिले जनाएको छ । अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश संयोजक राजन साउदले एक… पुरा पढौ

जैविक विषादीको प्रयोग बढाउन पोखरामा कार्यशाला आयोजना

पोखरा, असार २६ जैविक विषादीको प्रयोग बढाउन पोखरामा ‘प्राकृतिक समाधानहरुमा केन्द्रीत जलवायु स्मार्ट बाली संरक्षण’ सम्बन्धी क्षेत्रीय प्रशिक्षण तथा कार्यशाला शुरु भएको छ । रासायनिक विषादी प्रयोग घटाएर जैविक विषादीको प्रयोगमा जोड दिने उद्देश्यले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको आयोजना तथा गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा शनिबारसम्म आयोजना हुने कार्यशालाको गण्डकी प्रदेशकी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले उद्घाटन गरिन् । कार्यशालामा नेपालसहित ६ देशका जैविक विषादीको क्षेत्रमा काम गरिरहेका विज्ञहरुको सहभागिता रहेको गण्डकी… पुरा पढौ

सर्भेक्षण : वर्तमान गठबन्धन र सरकारप्रति गण्डकीका जनताको चरम असन्तुष्टि

पोखरा, असार २६ गण्डकी प्रदेशका जनताले राजनीति र सरकारप्रति चरम असन्तुष्ट रहेको जनाएका छन् । पुरक एसियाले गरेको सर्भेक्षणमा वर्तमान गठबन्धन सरकार र राजनीतिप्रति गण्डकीका जनताले चरम असन्तुष्टि जनाएका हुन् । अहिलेको सरकारप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा ८३.४ प्रतिशत जनताले असन्तुष्ट रहेको जनाएका छन् भने ८.४ प्रतिशत जनताले मात्रै सन्तुष्ट रहेको र ६.७ प्रतिशत जनताले भने सहमत वा असहमत दुबै नरहेको तथा ०.८ प्रतिशत जनताले थाहा छैन वा भन्न चाहन्न भन्ने अभिमत दिएका छन् । त्यस्तै, अहिलेको मुलुकको… पुरा पढौ

लोकतन्त्रमाथिको खतरा को बाट देखे गण्डकीका जनताले ?

पोखरा, असार २६ गण्डकी प्रदेशका जनताले विदेशी शक्तिबाट लोकतान्त्रिक प्रणालीमाथि खतरा रहेको औंल्याएका छन् । पुरक एसियाले गण्डकी प्रदेशका जिल्लाहरुमा गरेको सर्भेक्षणमा विदेशी शक्तिबाट लोकतान्त्रिक प्रणालीमाथि खतरा रहेको औंल्याएका हुन् । मनाङ र मुस्ताङ बाहेक गण्डकी प्रदेशका ९ जिल्लामा गरिएको सर्भेक्षणमा अहिलेको लोकतान्त्रिक प्रणालीमाथि कोबाट खतरा छ भन्ने प्रश्नमा सबैभन्दा धेरै ४४.६ प्रतिशतले विदेशी शक्तिबाट खतरा रहेको अभिमत दिएका छन् । त्यस्तै, ठूला दलहरु कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुबाट खतरा रहेको बताउने १८.७ प्रतिशत, धर्मनिरपेक्षता विरोधी शक्तिबाट ९.१ प्रतिशत, संघीयता… पुरा पढौ

कांग्रेस कास्कीका निवर्तमान सभापती केसी पार्टी सदस्यबाटै निलम्बित

पोखरा, असार-२६ नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापती कृष्ण केसी पार्टीको साधारण साधारण सदस्यबाटै निलम्वित भएका छन् । उनलाई २०७९ सालको चुनावमा पाटीलाई असहयोग गरेको भन्दै पार्टी अनुशासन आयोगले ३ महिनाका लागि कारवाही गरेको हो । कास्की क्षेत्र नम्वर १ मा केसी उम्मेद्‌वारको दावेदार थिए । तर पार्टीले वर्तमान सभापती किशोरदत्त बराललाई टिकट दिएपछी विवाद छताछुल्ल भएको थियो । निर्वाचनमा बराल पराजित भएपछी केसीमाथि बराललाई हराएको आरोप लागेको थियो । उनीमाथि कारवाहीको माग गर्दै उजुरीपनि परेको थियो। यसैबिच केसीले कारवाहीको प्रतिवाद… पुरा पढौ

गण्डकीका नागरिकको अभिमत : पुराना दलले नेतृत्व परिवर्तन नगरे दल परिवर्तन

पोखरा, असार २५ गण्डकी प्रदेशका जनताले पुरानै दलप्रति आशावादी भएको मत जाहेर गरेका छन् । पुरक एसियाले हिमाली जिल्लाहरु मनाङ र मुस्ताङबाहेक गण्डकी प्रदेशका ९ जिल्लामा सुशासन सम्बन्धी गरेको सर्वेक्षणमा उनीहरुले नया नेतृत्व आएमा पुरानै दलप्रति आशावादी हुने मत जाहेर गरेका हुन् । यदि नया नेतृत्व नआएमा भने नया दल वा स्वतन्त्र रोज्ने उनीहरुको चेतावनी मत सर्भेक्षणका क्रममा देखिएको पुरक एसियाले बुधबार पोखरामा पत्रकार भेटघाटमा सो सभेक्षण सार्वजनिक गरेको हो । पछिल्लो समय आम नागरिकमा पुराना दलहरुप्रति वितृष्णा रहेको भाष्य… पुरा पढौ

गण्डकी प्रदेशमा अबदेखि मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

पोखरा, असार २४ गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषा पनि थपिएको छ । गण्डकी प्रदेश सभाले आज (मंगलबार) मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेसँगै गण्डकीमा सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषापनि थपिएको हो । यसअघि देवनागिरीमा लेखिने नेपाली भाषा मात्रै सरकारी कामकाजको भाषाका रुपमा रहेको थियो । गण्डकी प्रदेश मगर र गुरुङ बाहुल्य प्रदेश हो । यहाँको कुल जनसंख्याको १९.७९ प्रतिशत मगर र ११.३१… पुरा पढौ

गण्डकी सहित पाँच प्रदेश प्रमुखहरूले संघीयताको प्रभावकारी कार्यान्वयनबारे गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाण्डौ, असार २४ । गण्डकी प्रदेश प्रमु ख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। काठमाण्डौमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा संघीयताको कार्यान्वयन, प्रदेश सरकारको कामकारबाही तथा संघ र प्रदेश सरकारको समन्वयका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रदेश प्रमुखहरुले आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा ब्रिफिङ गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीसँग भेट गर्न पाँच प्रदेशका प्रदेश प्रमुखहरू सोमबार अबेर बालुवाटार… पुरा पढौ

विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना भविष्य निर्माणतर्फको ठूलो कदम हो : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखरा–९ स्थित श्री सहारा बाल आधारभूत विद्यालयमा नवस्थापित विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै यसलाई बालबालिकाको उज्यालो भविष्य निर्माणतर्फको महत्वपूर्ण कदमको रूपमा टिप्पणी गरेका छन् ।प्रयोगशाला शुभारम्भका साथै विद्यालयलाई विभिन्न दाताहरूको सहयोगमा प्राप्त प्रोजेक्टर, साउन्ड सिस्टम र फर्निचर सामग्रीको पनि औपचारिक हस्तान्तरण गरिएको उक्त कार्यक्रममा मन्त्री थापाले भने, “हामीले चाहेको परिवर्तन यस्ता विद्यालयमै हुन्छ, जहाँ विज्ञान पढिन्छ, प्रयोग गरिन्छ र बालबालिकाले भविष्य कोर्छन्।”उनले शिक्षा क्षेत्रमा प्रदेश सरकारको प्राथमिकता अनुसार सार्वजनिक–निजी… पुरा पढौ