पोखरा, असार ९ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेटपनि आफ्नै क्षेत्रमा खन्याएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कडा रोग लागेका गरीब तथा विपन्नहरुलाई वितरण गरिने आर्थिक सहयोग आफ्नै गृहजिल्लामा खन्याएकोमा विरोध भइरहँदा उनले बजेटपनि आफ्नै क्षेत्र गोरखा निर्वाचन क्षेत्र नम्बर–२ (क)मा केन्द्रीत गरेका हुन् । उनले क्यान्सर, मुटु, मिर्गौला, पार्किन्सन्स, अल्जाईमर, स्पाइनल ईञ्जुरी, हेड ईञ्जुरी, कलेजो, सिकलसेल एनिमिया, अप्लाष्टिक एनिमिया, थालिसिमिया र मस्तिष्क आघात भएका गरीब तथा विपन्न विरामीहरुलाई वितरण गर्ने आर्थिक सहयोग मनाङ, मुस्ताङलाई उपेक्षा गरेर गृहजिल्लामा…
पुरा पढौ