राजनीति

नगरप्रमुख तिवारीले आफ्नै गाडी प्रयोग गर्ने

पर्वत । पर्वत फलेवास नगरपालिकाका नवनिर्वाचित प्रमुख गङ्गाधर तिवारीले आफू शासक हुन नभइ जनताको सेवक बन्नको लागि आएको बताएका छन् । निर्वाचित हुनु अघिसम्म कुनै दलबाट उम्मेदवार भए पनि अब निर्वाचित भइसकेपछि आफूहरू सबै नागरिकको साझा व्यक्ति बन्ने उनको भनाइ थियो । शपथ लिएपछि पदभार ग्रहण कार्यक्रममा नगरप्रमुख तिवारीले अघिपछि आफ्ना नेतालाई भेटे पनि सरकारी कार्यालयको ‘गेट’ मा प्रवेश गरेपछि कसैले पनि राजनीति गर्न नपाउने बताउँदै आफैले त्यो कामको सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरप्रमुख तिवारीले नगरपालिकाको मोबाइल सेट… पुरा पढौ

पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

पर्वत । पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुनसकेका छैनन् । सबै वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन् । विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बनेका थिए । जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि पराजित भएका थिए । विहादी १ मा नेकपा ९एमाले०का चित्रबहादुर गुरुङसँग खड्का पराजित भएका हुन् भने कुश्मा–११ मा पनि एमालेकै बाबुराम पौडेलसँग दबाडी पराजित भएका… पुरा पढौ

पोखरा-३० को वडाध्यक्षमा कांग्रेसका सुबेदी विजयी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३० को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाप्रसाद सुबेदी बिजयी भएका छन् । सुबेदी एमालेका उम्मेदवार सोमनाथ बास्तोलालाई १ सय ७९ मतान्तरले पछि पार्दै बिजयी भए । बिजयी सुबेदीले १ हजार ५ सय ४१ मत प्राप्त गरे । पराजित बास्तोलाले १ हजार ३ सय ६२ मत प्राप्त गरे ।खुल्ला सदस्यमा कांग्रेसका नवराज मंगलकाजी मानन्धरले २ हजार २ सय ४ र विनोद प्रसाद लामिछानेले २ हजार २ सय ६ मत प्राप्त गर्दै बिजयी भए । महिला… पुरा पढौ

तनहुँमा ३७३ जनप्रतिनिधि निर्वाचित

तनहुँ । स्थानीय तह निर्वाचनबाट तनहुँमा नौ स्थानीय तहमा ३७३ जनप्रतिनिधि निर्वाचित भएका छन् । व्यास नगरपालिकामा मतगणना जारी रहँदा अन्य स्थानीय तहमा ती तहमा जनप्रतिनिधि निर्वाचित भइसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी उक्त सङ्ख्यामा जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । जिल्लामा सबैभन्दा बढी नेपाली कांग्रेसबाट १८२ निर्वाचित भएका छन् । नेकपा ९एमाले०बाट १५१, नेकपा ९माओवादी केन्द्र०बाट ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक र स्वतन्त्रबाट पाँच… पुरा पढौ

नवनिर्वाचित जनप्रतिनिधिका पहिलो निर्णय

बागलुङ । बागलुङका दशवटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले शपथ र पदभार ग्रहण गरेका छन् । पदभार सम्हाल्लेसँगै उनीहरुले लोकप्रिय निर्णय र प्रतिबद्धता सार्वजनिक गरेका छन् । कति घोषणा स्थानीय तहको दीर्घकालीन विकाससँग सम्बन्धित छन् त कतिपय सार्वजनिक सेवा प्रवाहसँग जोडिएका । केही जनप्रतिनिधिले चुनावअघि मतदातासामु गरेका मुख्य प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने निर्णयसमेत गरेका छन् । ताराखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धनबहादुर विकले पदभार ग्रहणसँगै दुई महत्वपूर्ण निर्णय लिए । उनले आफुले पाउने सबै तलबभत्ता सहिद, बेपत्ताजनका परिवार, अपाङ्गता भएका व्यक्ति र असहायका… पुरा पढौ

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

धनगढी । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २६ हजार ८६५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उपमहानगरका निवर्तमान प्रमुख नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार उपमहानगरको उपप्रमुखमा नेकपा ९एमाले०का प्रत्यासी कन्दकला राना थारु १५ हजार ४७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गरे । यसैबीच धनगढी उपमहानगरको… पुरा पढौ

पोखरा–३० को वडाध्यक्षमा काँग्रेसलाई पछ्याउँदै एमाले

पोखरा महानगरपालिका वडा नं ३० को वडाध्यक्ष पदका लागि अग्रता कायम राखेको काँग्रेसलाई नेकपा एमालेले पछ्याउँदै छ। हालसम्म गणना गरिएको ४४५४ मतमध्ये काँग्रेस एमाले भन्दा १८० मतान्तरले अगाडी छ। सार्वजनिक मत परिणाममध्ये काँग्रेसले १९७७ मत ल्याएको छ भने एमालले १७९७ मत ल्याएको छ। त्यस्तै, उक्त वडाको महिला सदस्य र दलित महिला सदस्यमा भने भारी बहुमतसहित एमाले अगाडी छ। मत परिणाममध्ये महिला सदस्यमा एमालेको निकटतम प्रतिद्वन्द्व नेकपा (माओवादी, केन्द्र) बनेको छ । एमालेले १९३९ मत पाउँदा माओवादीले १४३१ मत ल्याएको छ।… पुरा पढौ

एमाले गढ पोखरा–१७ को वडाध्यक्षमा पनि काँग्रेसकै अग्रता

पोखरा महानगरपालिकाको वडा नं १७ को वडाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकै अग्रता छ। एमालेको गढ मानिने उक्त वडाको वडाध्यक्ष पदमा काँग्रेसले एमालेमाथि ३७ मतान्तरले लिड गरेको हो। वडाको २७०० मत गन्दा वडाध्यक्ष पदमा काँग्रेसले १०२० मत पाउँदा एमालेले ९८३ मत पाएको छ। तर, हालसम्मको जारी मत गणनामा वडाका महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा भने नेकपा एमालेले काँग्रेसलाई पछाडी पारेको छ। महिला सदस्य पदमा एमालेले १११८ मत पाउँदा काँग्रेसले ८६८ मत पाएको छ। त्यसैगरि, दलित महिला सदस्य पदमा… पुरा पढौ

पोखरा–१० मा कांग्रेसको प्यानल झण्डै दोब्बर मतसहित बिजयी

पोखरा महानगरपालिका वडा नम्बर–१० मा कांग्रेसको प्यानल नै बिजयी भएको छ । आज विहान सम्पन्न मत गाणनामा कांग्रेसका वडाध्यक्षसहित सबै सदस्य बिजयी भएका हुन् । वडाध्यक्षमा कांग्रेसका राजेश कांग्रेसका राजेश गुरुङ १८५८ मतसहित बिजयी भएका छन् । उनले एमालेकी पवित्रादेवी गुरुङलाई ८७५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । पराजित गुरुङले ९८३ मत प्राप्त गरिन् । महिला सदस्यमा कांग्रेसकी नरदेवी गुरुङले १६७६ मतसहित बिजयी हुँदा एमालेकी उम्मेदवार सीमा राई गुरुङ १०२५ मत ल्याएर पराजित भईन् । दलित महिला सदस्यमा कांग्रेसकी… पुरा पढौ

पोखरा–१६ को वडाध्यक्ष पदमा काँग्रेसकै अग्रता

पोखरा महानगरपालिकाको वडा नं १६ मा पनि काँग्रेसकै अग्रता छ। महानगरका लागि मेयर पदमा एमालेबाट उम्मेदवार बनेका कृष्ण थापाको गृहवडामा वडाध्यक्ष पदमा काँग्रेसले एमालेलाई ८३ मतले पछाडी पारेको छ। हालसम्म ५४०१ गन्दा वडाध्यक्षमा काँग्रेसले २३८६ मत ल्याएको छ भने एमालेले २३०३ मत ल्याएको छ। महिला सदस्यमा भने अत्यधिक भारी मत सहित एमाले अघि छ। महिला सदस्यका लागि एमालेले २५५८ मत पाएको छ भने काँग्रेसले ७७१ मात्रै पाएको छ। त्यस्तै, दलित महिला सदस्य पनि भारी मतसहित एमाले अगाडी छ। एमालेले २४६९… पुरा पढौ