राजनीति

पोखरामा मतगणना अन्तिम चरणमा,हालसम्म एक लाख २५ हजार ५२० मत गणना

पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा कूल एक लाख ४३ हजार २२६ मत खसेकामा आज मध्यान्ह १२ः३० बजेसम्म एक लाख २५ हजार ५२० मतको गणना सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज रातिसम्म पोखराका सबै वडाको अन्तिम परिणाम सार्वजनिक हुने जनाएको छ । पोखरामा अब १७ हजार ७०६ मत गन्न बाँकी छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्मको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका साझा… पुरा पढौ

व्यासमा कांग्रेस विजयी

तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरे । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत सो नगरपालिकाको उपप्रमुख पदमा काङ्ग्रेसका इन्दिरा दरैले १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी भएका छन । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का वसुन्धरा… पुरा पढौ

छब्बीस पालिकाको परिणाम आउन बाँकी

काठमाडौ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । बढी मतदाता रहेका काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, महानगरपालिकासहित २६ पालिकाको परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज मध्यान्ह १२ बजेसम्ममा २६९ नगरपालिका र ४५८ गाउँपालिका गरी ७२७ स्थानीय तहको अन्तिम परिणाम प्रविष्ट भइसकेको छ । कूल ७५३ पालिकामध्ये करिब ९५ प्रतिशत पालिकाको परिणाम आइसकेको हो । आयोगले यही जेठ १० गतेभित्र सबै स्थानको मतपरिणाम… पुरा पढौ

पोखरा–२१ को सबै पदमा एमाले अगाडी

पोखरा महानगरपालिका वडा नं २१ को सबै पदमा फरक मतान्तरले नेकपा (एमाले) ले लिड गरेको छ। हालसम्म गणना गरिएको २८०४ मतमध्ये वडाध्यक्षमा एमालेले नेकपा (एकीकृत समाजवादी) लाई ५२६ को फरक मतान्तरले लिड गरेको हो। एमालेले १४६६ मत ल्याउँदा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत, समाजवादी) ले ९४० मत ल्याएको छ। नेपाली काँग्रेसले भने ४५ मत मात्रै पाएको छ। त्यसैगरि, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदमा पनि एमालेले निकटतम प्रतिद्वन्द्वीलाई दोब्बर मतान्तरले अग्रता कायम राखेको छ। सार्वजनिक मत परिणाममध्ये महिला… पुरा पढौ

पोखरा–१९ को वडाध्यक्षमा काँग्रेसलाई पछ्याउँदै एमाले

पोखरा महानगरपालिका वडा नं १९ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसलाई नेकपा (एमाले) ले पछ्याउँदैछ। हालसम्म गणना गरिएको ४००० मतमध्ये २३१ मतान्तरमा काँग्रेसलाई एमालेले पछ्याउँदैछ। सार्वजनिक मत परिणामअनुसार काँग्रेसले १९५१ मत पाउँदा एमालेले १७२० मत प्राप्त गरेको छ। त्यसैगरि, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा भने एमालेले अग्रता लिएको छ। सार्वजनिक मत परिणाममध्ये महिला सदस्यमा एमालेले १९३४ मत ल्याउँदा काँग्रेसले १४२७ मत प्राप्त गरेको छ। त्यस्तै, दलित महिला सदस्यमा एमालेले १८२४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत, समाजवादी) को… पुरा पढौ

पोखरा–१८ को वडाध्यक्षमा १३ को झिनो मतान्तरले एमाले अगाडी

पोखरा महानगरपालिका वडा नं १८ को वडाध्यक्ष पदमा पनि नेकपा (एमाले)ले अग्रता लिएको छ। हालसम्म गणना गरिएको २००० मतमध्ये एमालेले काँग्रेसलाई १३ को झिनो मतान्तरले पछाडी पारेको छ। सार्वजनिक मत परिणाममध्ये नेकपा (एमाले) ले ७२९ मत ल्याउँदा काँग्रेसले ७१६ मत ल्याएको छ। महिला सदस्य, दलित महिला सदस्य र खुल्ला महिला सदस्यहरुमा पनि एमालेले नै लिड गरेको छ। सार्वजनिक मत परिणाममध्ये महिला सदस्यमा एमालेले ८३४ मत ल्याउँदा काँग्रेसले ६७० मत ल्याएको छ। त्यस्तै, दलित महिला सदस्यमा एमालेको ८३४ मत आउँदा काँग्रेसले… पुरा पढौ

पोखरामा १२२२१९ मत गणना : पोखराको मेयरमा धनराज र उपमेयरमा गुरुङ जित नजिक

पोखरा, जेठ ९ पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन् । सोमबार विहानसम्म १ लाख २२ हजार २ सय १९ मत गणनामा प्रतिष्पर्धी एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार ९ सय ७९ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन् । कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब २१ हजार ७ मत गणना गर्न बाँकी छ । आचार्यले हालसम्म ४९ हजार २ सय ४१ मत प्राप्त गरिसकेका छन् । उनलाई एमाले… पुरा पढौ

पोखरा-३३ मा कांग्रेसको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर ३३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । सो वडाको वडाध्यक्ष पदमा कांग्रेस उम्मेदवार रामचन्द्र अधिकारीले ५२९ मतसहित अग्रता लिएका हुन् । उनलाई एमाले उम्मेदवार शिवप्रसाद आचार्यले ४०१ मत ल्याएर पछ्याईरहेका छन् । वडाध्यक्षमा अधिकारी आचार्य भन्दा १२८ मतले अघि छन् । महिला सदस्यमा कांग्रेस उम्मेदवार दुर्गादेवी केसी –थापा) ४८७ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवार शान्ती पाध्याले ४१७ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, दलित महिला सदस्यमा एमाले उम्मेदवार लिलादेवी नेपालीले ४१६ मत ल्याएर अग्रता… पुरा पढौ

पोखरा–१७ मा एमालेलाई पछ्याउँदै काँग्रेस

पोखरा महानगरपालिका वडा नं १७ को वडाध्यक्ष पदमा नेकपा (एमाले) लाई काँग्रेसले पछ्याउँदैछ। हालसम्म गणना गरिएको ५५०० सय मतमध्ये एमाले काँग्रेस भन्दा १११ मतान्तरले अगाडी छ। सार्वजनिक परिणामअनुसार एमालेले २११३ मत ल्याउँदा काँग्रेसले २००२ मत ल्याएको छ। त्यस्तै, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा पनि काँग्रेसभन्दा एमालेले नै अग्रता लिएको छ।महिला सदस्यमा एमालेले २२८४ मत ल्याउँदा काँग्रेसले १८१४ मत ल्याएको छ। त्यसैगरि, दलित महिला सदस्यमा पनि एमालेले २२८७ मत ल्याउँदा काँग्रेसले १७१९ मत ल्याएको छ। खुल्ला सदस्य (१)… पुरा पढौ

पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जु जित नजिक

पोखरा, जेठ ९ पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन् । सोमबार विहानसम्म १ लाख १९ हजार ३ सय १९ मत गणनामा प्रतिष्पर्धी एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार ८ सय ५३ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन् । कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब २३ हजार ९ सय ७ मत गणना गर्न बाँकी छ । आचार्यले हालसम्म ४७ हजार ९ सय ९२ मत प्राप्त गरिसकेका छन् ।… पुरा पढौ