राजनीति

एमाले पोखरा २८ को घरदैलोसंगै मतदाता शिक्षामा जोड

पोखरा । स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेकपा एमाले पोखरा २८ द्धारा घरदैलो कार्यक्रमसंगै मतदाता शिक्षामा जोड दिएको छ । मतदान केन्द्रमा पुगेर मतदाताले खसालेको मत बदर नहोस भन्ने मुख्य उदेश्यका साथ घरदैलोसंगै मतदाता शिक्षामा जोड दिइएको हो । हातहातमा नमूना मतपत्र लिएर मतदाताको घरदैलोमा पुगेका एमाले कार्यकर्ताले मतदाता परिचयपत्र लिएर केन्द्रमा जान र स्वस्तिक छाप लगाउने तरिका सिकाउदै ढुक्कसंग मतदान गर्न अनुरोध गरिएको एमाले पोखरा २८ का वडाअध्यक्षका उम्मेदवार बैनबहादुर गुरुङले जानकारी दिए । घरदैलो कार्यक्रमका क्रममा साविक… पुरा पढौ

पोखरामा गठबन्धनको प्रतिबद्धता: सुशासन पहिलो प्राथमिकता

पोखरा । सत्तारुढ गठबन्धनले सुशासन पहिलो प्राथमिकता भएको जनाएको छ । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्य र उपमेयर कोपिला रानाभाटले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको हो । प्रतिबद्धताको पहिलो बुँदामा भनिएको छ,‘सुशासन हाम्रो पहिलो प्राथमिकता हो । यहाँको जनतालाई हामी सुशासनको प्रत्याभूति दिलाउँछौं ।’पोखरा महानगरपालिकामा अहिले सुशासन कायम हुन नसकेको भन्दै आलोचना भइरहेको छ । अझ केहिले त पोखरा महानगरपालिका भ्रष्टाचारको अखडा बनेको भनेर टिप्पणी गर्ने गर्छन् । महानगरमा वार्षिक १४ करोड भन्दा… पुरा पढौ

पोखरा–१९ की एमाले समर्थक बृद्धाले भनिन्: यसपटक मत फेर्छु

पोखरा । नेकपा एमालेकी समर्थक एक बृद्धाले यसपटक मत फेर्ने बताएकी छन् । पोखरा–१९ मा घरदैलो गर्र्न पुगेका गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यलाई टीका लगाईदिदै पोखरा–१९ की ७० वर्षिया बृद्धा शुभद्रा गौतमले आफू एमाले समर्थक भएपनि यसपटक मत फेर्ने बताएकी हुन् । हुन त मैले अहिलेसम्म एमालेलाई भोट हाल्दै आएकी थिएँ, उनले भनिन्,‘तर एमालेलाई जतिपटक जिताएपनि काम गर्न सकेन । यसपटक म मत फेर्छु र धनराजलाई भोट हाल्छु ।’ यसअघिकाले नगरेकाले एमालेप्रति वितृष्णा जागेको भन्दै उनले धनराजबाट भने आशा लागेको… पुरा पढौ

पोखरा–३ लाई कस्तो वडा बनाउने ?

पोखरा महानगरपालिकाको वडा नं ३ पनि महानगरको प्रमुख क्षेत्र हो। नेवार जातीको बसोबास एवं संस्कृतियुक्त यस वडामा प्रसिद्ध धार्मिक क्षेत्र नारायणस्थान, शैक्षिक संस्थामा कन्या क्याम्पस र बालमन्दिर मावि पर्दछ। महानगरकै केन्द्रभागको वडा भएर पनि वडावासीले भ्रष्टाचारमुक्त, नागरिकमैत्री र शुशासनयुक्त वडाका रुपमा अनुभूती गर्न सकेका छनन्। विकास निर्माणको दृष्टिले वडा पछाडी नै छ। यहाँका भित्री टोलहरुका बाटोघाटो साँघुरा छन्। बेलाबेलामा यहाँका सडकहरुमा खाल्डाखुल्डी पर्दछ। उपयुक्त ढलको निर्माण हुन नसक्दा वर्षायाममा स्कूटी, मोटरसाइकल नै बगाउने गरी ठूलो भेलबाढी नै चल्दछ। शान्ति सुरक्षाको… पुरा पढौ

पोखरामा गठबन्धनको प्रतिबद्धता : सुशासन पहिलो प्राथमिकता

पोखरा, २३ बैशाख सत्तारुढ गठबन्धनले सुशासन पहिलो प्राथमिकता भएको जनाएको छ । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्य र उपमेयर कोपिला रानाभाटले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको हो । प्रतिबद्धताको पहिलो बुँदामा भनिएको छ,‘सुशासन हाम्रो पहिलो प्राथमिकता हो । यहाँको जनतालाई हामी सुशासनको प्रत्याभूति दिलाउँछौं ।’ पोखरा महानगरपालिकामा अहिले सुशासन कायम हुन नसकेको भन्दै आलोचना भइरहेको छ । अझ केहिले त पोखरा महानगरपालिका भ्रष्टाचारको अखडा बनेको भनेर टिप्पणी गर्ने गर्छन् । महानगरमा वार्षिक १४… पुरा पढौ

पोखरा महानगरमा राप्रपा पहिलो पार्टी : गुरुङ

राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले पोखरा महानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले जित्ने दाबी गरेका छन्। पोखरामा बुधबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राप्रपाप्रति घरदैलोमा देखिएको जनसमर्थनले आफूहरुलाई त्यो आत्मविश्वास मिलेको उनले बताए। ‘हामी अरु पार्टीले जसरी झूठो बोल्दैनौँ। धेरै भन्दा धेरै जनताले साथ दिए जित्छौँ, तर यो कुरा चाहीँ पक्का हो कि हामीले महानगरमा जित निकाल्न नसकेपनि निकटतम प्रतिद्धन्दि भने हुनेछौँँ। ‘हामी महानगरको दोस्रो ठुलो दल हुने निश्चित छ,’ गुरुङले भने। गुरुङले राप्रपाप्रति पछिल्लो समय… पुरा पढौ

पोखरा–७ मा एमालेको चुनावी घरदैलो, जित सुनिश्चित

पोखरा महानगरपालिका वडा नं ७ नेकपा एमालेले चुनावी घरदैलो अभियान गरेको छ। एमालेका उम्मेदवारहरु पोखरा–७ का मतदाताको पुगेर सूर्य चिन्हमा भोट हालेर आफूहरुलाई जिताउन अपिल गर्दैछन्। वडाको सुगमगहनमार्ग र नुुवारथोकमा घरदैलो गरेका हुन। आफुहरुले जिते आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्यलगायतका पूर्वाधार विकास क्षेत्रमा उत्कृष्ट काम गरेर वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जनाएका हुन्। घरदैलो कार्यक्रम पुष्पलालपार्कमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यले कार्यकर्ता, शुभेच्छुकहरुलाई एमाले पार्टीलाई जिताउन लागि पर्न आग्रह गरे। नेकपा… पुरा पढौ

पोखरामा शनिबार राप्रपाको चुनावी आमसभा, राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने

पोखरा । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखरा महानगरपालिकामा विशेष चुनावी आमसभा गर्ने भएको छ । पार्टीले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आमसभाको बारेमा जानकारी दिएको हो । बैशाख २४ गते शनिबार पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजेदेखि आमसभा शुरु हुने पार्टीले जनाएको छ । चुनावी आमसभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित आमसभामा पार्टीका शीर्षस्थ नेताहरुको पनि सहभागिता रहने राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । ‘हाम्रो पार्टीले चुनावमा उठाएका उम्मेदवारहरुको… पुरा पढौ

जनगुनासो नआउने गरी जनतामुखि काम गर्छु : पोखरा २२ का अध्यक्षका प्रत्यासी बराल

पोखरा । पोखरा २२ का साझा उमेदवार वडा अध्यक्षका प्रत्यासी हिमलाल बरालले जन गुनासो नआउने गरी जनता मुखी सेवा गर्न आफु तयार रहेको बताए । विहिबार चुनावी प्रचार प्रसार अभियानमा स्थानियको गुनासो सुन्दै अध्यक्षका प्रत्यासी बरालले आफुलाई स्थानियले जिताएको खण्डमा जनता मुखि निःस्वार्थ भावले काम गर्ने प्रतिवद्धत्ता व्यक्त गरेका हुन् । विहिबार घैयाखेत, तल्लो कोदी, डहरा, कालीमाटी, अर्चलवोट लगायतको स्थानमा पुगेका अध्यक्ष बराल नेतृत्वको गठबन्धनको टोलीलाई स्थानिय आमा समुह तथा क्लवहरुले समेत स्वागत गरेको कांग्रेस नेता प्रकाश बरालले बताए ।स्थानियले… पुरा पढौ

कास्कीका गाउँपालिकाहरुमा काँग्रेसका उम्मेदवारहरुको आ–आफ्नै गुरुयोजना र प्रगति विवरण

पोखरा । प्रतिबद्धता र गुरुयोजनासहित यतिबेला नेपाली काँग्रेस र गठबन्धनबाट सँयुक्त रुपमा आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । खासगरि बितेको ५ बर्षमा देखिनेगरि काम भएको कास्कीको अन्नपूर्ण गाउँपालिकामा मात्रै भएको र बाँकी ३ वटा गाउँपालिकामा उल्लेख्य प्रगती हुन नसकेको मतदाताहरुको गुनासो छ । त्यसैले पनि मतदातहरु कास्कीका ४ वटै पालिकामा काँग्रेस र गठबन्धनको उम्मेदवारहरुसँग बढि आशाबादी देखिएका छन् । अन्नपूर्ण गाउँपालिकामा काँग्रेसले यो पटक अघिल्लो पटक अध्यक्ष जितेका युवराज कुँवरलाई नै दोहो¥याएको छ । ‘हामी जनताको… पुरा पढौ