राजनीति

लेकसाइडबाट एमालेको विजयी शुरुवात हुन्छ : कृष्ण थापा

वैशाख २२,पोखरा नेकपा एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मयर पदमा उम्मेदवारी दिनुभएका कृष्ण थापाले एमालेले यसपटक पर्यटकिय क्षेत्र लेकसाइडबाट जितको शुरुवात गर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले शुक्रबार आयोजना गरेको नेकपा एमाले, पर्यटन तथा उद्योगी व्यवसायीको भेलामा बोल्दै थापाले वडा नम्बर ६ मा एमालेले अध्यक्ष सहित सबै पदमा जित हाँसिल गर्ने दावी गर्नुभयो । पर्यटकिय दृष्टीकोणले नेपालकै महत्वपूर्ण गन्तव्य लेकसाइडमा विकासको ठोस योजना एमालेले ल्याउन सक्ने भन्दै उहाँले एमालेका उम्मेवारहरुलाई मतदान गर्न मतदाताहरुमा आग्रह गर्नुभयो । भेलामा बोल्दै… पुरा पढौ

गठबन्धनको घोषणा : फोहोर बैक स्थापना, प्रति महिना ५ हजार लिटर खानेपानी निशुल्क

पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापनका सम्बन्धमा आफुहरु ठोष योजनाका साथ आएको पाँच दलिय गठबन्धनका उमेदवारहरुले बताएका छन् । गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा फोहोरको वर्गीकरण गरि वेष्ट बैक मार्फत खरिद प्रणालीको सुरुवात गर्ने बताएका हुन् । उनिहरुका अनुसार शहरी स्वच्छता कार्यक्रम मार्फत फोहोरलाई मोहोरमा बदल्ने ध्येयका साथ घरघरमा उपभोक्ताहरुलाई फोहोरको वर्गीकरणका बारे आवश्यक ज्ञान समेत दिईनेछ । आफुहरु निर्वाचित भएको ६ महिना भित्र वेष्ट बैक मार्फत वर्गीकरण गरिएको फोहोरको खरिद प्रणाली सुरुवात गर्ने उनिहरुले बताएका छन् । फोहोरमैला व्यवस्थापन कार्यविधि अक्षरस पालना… पुरा पढौ

काहुँमा पर्यटकीय पूर्वाधारका लागि योजना बनाउने माओवादीको वाचा

पोखरा महानगरपालिका–११ स्थित काहुँडाडामा आवश्यक पर्यटकीय पूर्वाधार बनाउन स्थानीयले माग गरेका छन् । काहुँवासीले पर्यटनका लागि प्रसिद्ध रहेपनि आवश्यक पूर्वाधार अभाव रहेकामा मत माग्न आउने उम्मेदवार दलका नेताहरुप्रति ध्यानाकर्षण गराए ।माओवादी केन्द्रबाट आसन्न स्थानीय तह निर्वाचनमा बिहीबार वडाध्यक्षका प्रत्याशी चिन्तामणि खरेल लगायतको टोली समक्ष स्थानीयले पर्यटकीय पूर्वाधार, खानेपानी र सडक निर्माण गर्न माग गरेका हुन् । सो अवसरमा उम्मेदवार खरेलले पर्यटन विकासका लागि आफ्नो तर्फबाट योगदान गर्ने प्रतिवद्धता जनाए ।काहुँडाडाँमा भएको घरदैलो र कोणसभामा उम्मेदवार चिन्तामणिले आफू निर्वाचित भएपछि काहुँलाई… पुरा पढौ

सराङ्कोटबासी भन्छन् : हाम्रो भोट सामन्तीबाट जग्गा दिलाई दिने माओवादीलाई

पोखरा, बैशाख २२ पोखरा–१८ की सीता परियार सामन्तीबाट पीडित महिला हुन् । श्रीमान विदेश जाँदा २०५७ सालमा उनले घरबारी बन्दकी राखिन् । विदेश गएपछि श्रीमानले कमाएको पैसा पठाए । विदेशबाट पैसा आएपछि उनले साहुको ऋण किस्ता किस्ता गर्दै तिरिन् । पैसा त तिरिन् तर साहुले घरबारी फिर्ता गरेनन् । त्यसपछि उनले हारगुहार गरिन् तर कसैले उनको हारगुहार सुनेन । नत साहुले नै हारगुहार सुनेर जग्गा फिर्ता दिए । त्यसपछि सीता तत्कालीन समयमा जनयुद्ध गरिरहेको माओवादीको सम्पर्कमा पुगिन् । साहुले हडपेको… पुरा पढौ

महत्वाकांक्षी योजनासहितको यस्तो छ ढोरपाटनका उम्मेदवार अर्यालको प्रतिबद्धता..

बागलुङ । ढोरपाटन नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य चन्द्र अर्यालले आफू मेयर भएमा स्थानीय उत्पादनमा अनुदान दिने घोषणा गरेका हुन् । ‘प्रवृत्ति र पात्र फेर्ने सुनौलो अवसर, सक्षम पारदर्शी र भ्रष्टाचारमुक्त नगर सरकार’ भन्ने मूल नारा लिएर उहाँ चुनावी प्रचार प्रसारमा होमिएका छन् । मेयरका प्रत्यासी अर्यालले आफूसँग स्पष्ट भिजन भएको दाबी गर्दै ढोरपाटनवासीले आफूलाई नै विजयी गराउने विश्वास व्यक्त… पुरा पढौ

को हुन् इच्छाकामनाका उपाध्यक्ष पदका उम्मेद्वार प्रताप गुरुङ ?

चितवन । चितवनको इच्छाकामना–३ फिस्लिङका स्थायी वासिन्दा माओवादी केन्द्रका युवा नेता प्रताप गुरुङ ‘मौसम’ले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना गाउँपालिकामा पाँच दलीय गठबन्धनबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी गुरुङले गठबन्धनका कारण कांग्रेसलाई अध्यक्ष परेपछि यसपटक भने उपाध्यक्षमा उम्मेद्वारी दिएका थिए । अध्यक्षको उम्मेद्वार बनिसकेको तपाई अहिले उपाध्यक्षमा किन भन्ने प्रश्नको जवाफमा उहाँले भने, “मुलतः अहिले हामी गठबन्धनबाट निर्वाचनमा जाँदै छौँ, यदि एकल प्रतिष्पर्धामा जाँदै थियो भने… पुरा पढौ

राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छः उपराष्ट्रपति

काठमाडौ उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने बताएका हुन् । उनले लोकतन्त्रमा आमजनता सूचनाबाट सूसुचित हुनुपर्ने बताउँदै राज्यले सार्वजनिक महत्वबारे सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले अझै पनि राज्यका विभिन्न निकायमा सार्वजनिक महत्वका सूचनामा नागरिकको पहुँचलाई… पुरा पढौ

अत्यावश्यक सिफारिस सित्तैमा, एकै कोठाबाट सबै सेवा

पोखरा । अचेल गाउँले भन्छन् गाउँ गाउँमा सिंहदरबारमात्र आएन, सँगसँगै सिंहदरबारको भ्रष्टाचारसमेत आयो । गणतन्त्र आएपछि स्थानीयले तिर्नुपर्ने कर दोब्बर, तेब्बर बनाइएका छन् । सानातिना काम गर्न पनि धेरै कोठा चहार्नुपर्ने, बारम्बार कर तिर्नुपर्ने झन्झट छँदै छ । नागरिकको यो गुनासोलाई सम्बोधन गर्ने वाचासहित पोखरा महानगरमा गठबन्धनका उम्मदेवार चुनावी मैदानमा छन् । पोखरा महानगरमा आफूहरुले जितेमा एकै कोठाबाट नागरिकलाई सबै सेवा दिने मेयर उम्मेदवार धनराज आचार्य बताउँछन् । उनी भन्छन्, ‘नागरिकलाई महानगरको आभास दिलाउन पनि यो जरुरी छ । हामी… पुरा पढौ

पोखरा २५ को झिर्झिकाका स्थानीयले सम्झिए एमाले जनप्रतिनिधिले गरेका विकासका काम

पोखरा । पोखरा महानगरपालिका वडा नं २५ को उत्तरपट्टी रहेको झिर्झिका गाउँ वडाका अरु बस्तीमध्येमा विकट मानिन्छ । उक्त बस्तीमा एमालेले चुनाव केन्द्रित घरदैलो कार्यक्रम गरेको छ । घरदैलो पश्चात भएको कोणसभामा झिर्झिकाका पुराना बासिन्दा पदमलाल अधिकारीले एमाले जनप्रतिधिले गरेका विकासका काम स्मरण गरे । खानेपानीको समस्या समाधान, सडक बाटोको स्तरोन्नति, सामाजिक भवन निर्माण लगायतका विकासका काम सम्झिए र धन्यवाद दिए । उनले अब आउने जनप्रतिनिधिले पनि यसरी नै विकासका काम गर्न सुझाव दिए । झिर्झिकाको फलामे खेतबाट नयाँ सडक… पुरा पढौ

राष्ट्रिय युवा संघ कास्कीको चुनाव प्रचार अभियान तीब्र

पोखरा । नेकपा एमालेका उमेदवारहरुलाई जिताउन एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ कास्की जिल्ला कमिटिले रचनात्मक सांस्कृतिक कार्यक्रम सहित चुनाव प्रचार अभियानलाई तीब्र पारेकोे छ । युवा संघले आफ्नो मातृ पार्टी एमालेबाट कास्कीका स्थानिय तहका उमेदवारहरुलाई विजयी गराउन रचनात्मक सांस्कृतिक कार्यक्रम सहित चुनाव प्रचार अभियानलाई तीब्र पारेकोे हो । गत बैशाख २० गते अन्नपूर्ण गाउपालिका वडा नम्बर १, ३ र ५ बाट शुरु गरेको अभियानसोही दिन पोखरा महानगरपालिका वडा नम्बर ५, ८ र २ मा सम्पन्न भएको थियो । त्यसैगरी… पुरा पढौ