राजनीति

पोखरा-१९ मा गठबन्धनको घरदैलो तिव्र

पोखरा, १८ बैशाख सत्तारुढ दलहरुको गठबन्धनले पोखरा १९ मा घरदैलो अभियान तिव्र बनाएको छ। पोखरा महानगरपालिकाको उत्तरी क्षेत्रमा रहेको पोखरा १९ मा गठबन्धनको तर्फवाट वडाध्यक्षका उम्मेदवार पुष्पेन्द्र पाण्डे सहितको टोलीले घार्मी , लामाचौर लगायतका क्षेत्रमा घरदैलो गरेको हो । घरदैलोमा पुगेका गठबन्धनका उम्मेदवारहरुले स्थानियको गुनासोसमेत सुनेका छन् । जनताबीच पुगेका वडाध्यक्षका उम्मेदवार पुष्पेन्द्र पाण्डेले पोखरा १९ मा जनमुखी कार्य गर्न र जनतालाई स्थानीय सरकारको अनुभुति दिन आफुहरुको जितवाट मात्रै सम्भव हुने बताए ।नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र… पुरा पढौ

कास्कीकोटको विकासमा पोखराका मेयर र वडाध्यक्षहरुको साझा प्रतिबद्धता

पोखरा , १८ बैशाखकास्कीकोटमा पोखरा महानगरपालिका मेयर उप मेयर तथा वडाध्यक्षहरुले विकास गर्ने योजना सहित प्रतिबद्धता जनाएका छन् ।हाम्रो कास्कीकोट युवा सञ्जालले मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता” प्रस्तुतीकरण कार्यक्रममा पोखरालाई व्यवस्थीत बनाउने योजना देखि रोजगार बढाउन पहल गर्ने जनाएका छन् ।पोखरा महानगरपालिका वडा नं। २४ कास्कीकोटलाई केन्द्र बनाएर स्थापित भएको हाम्रो कास्कीकोट युवा सञ्जाल कास्कीकोटको सामाजिक, आर्थिक, सांस्कृतिक एवं पर्यटकीय विकासमा क्रियाशील संस्थाले बैशाख ३० गते सम्पन्न हुने स्थानिय निकायको निर्वाचनलाई लक्षित गरि पोखरामा विभीन्न राजनीतीक दलवाट मेयर वडा अध्क्षयका… पुरा पढौ

मादीमा गठबन्धनका उम्मेद्वारको घरदैलो

पोखरा । मादी गाउँपालिकमा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो सुरु गरेका छ । गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान लिएर मादी ४ तारकाङ, ध्रुवचोक, डाँडाथोक, मजुवा मादी ५, चित्रे, मगर गाउँ पुगेका छन् । साथै, मादी ३ याङ्जाकोट घर भई पोखरा बस्नु भएका चेलिबेटीहरुसँग साक्षात्कार र गठबन्धन समुहले प्रतिबद्धता व्यक्त गरेको छ । साझा गठबन्धनका उम्मेद्वारहरु अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट देवी जंग गुरुङ र उपाध्यक्ष पदका लागि माओवादी केन्द्रबाट लालबहादुर गुरुङ उम्मेद्वार छन् । गठबन्धनका साझा उम्मेद्वारहरु भोट माग्दै जनताको घरदैलोमा पुगेको… पुरा पढौ

पोखरा २२ मा हिमलाल बराल कांग्रेस, माओवादी र नेकपा एसको साझा उमेदवार

पोखरा १८, वैशााख ५ दलिय गठबन्धन पोखरा २२ निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । पोखरा २२ स्थित आलेश्वाँरा (तिहार) मा उक्त सम्पर्क कार्यालय एक समारोहका बिच आइतबार उद्घाटन गरिएको हो । नेपाली काग्रेंसका नेता राज बहादुर गुरुङले उक्त सम्पर्क कार्यालयको उद्घाटन गर्दै देशमा अहिले यो वा त्यो पार्टी भन्दा प्रतिगमन बिरुद्ध एक हुनुपर्ने अबस्था रहेको बताए । उनले पोखरा २२ का साझा उमेदवार अध्यक्षका प्रत्यासी हिमलाल बराललाई भूई कटरमा पुम्दी भुम्दी बासीले आफ्नो अमुल्य भोट दिलाउदै अत्याधिक… पुरा पढौ

अधुरा काम गर्न फेरि आएँः आचार्य

वैशाख १८, पोखरा ।नेकपा (एमाले) को तर्फबाट पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष पदका प्रत्यासी उमेद्वार शिवप्रसाद आचार्यले आफ्नो अघिल्लो कार्यकालका अधुरा योजना पूरा गर्न फेरी उमेद्वार बनेर जनताको घर दैलोमा आएको बताएका छन् । उनले समृद्ध वडाको अभिभारा पूरा गर्न आफू थप १ कार्यकाल काम गर्न चाहेको र थप केही नयाँ योजना सहित आएको उल्लेख गरे ।उनले आफ्नो पार्टीको अर्जुन दृष्टि समृद्ध वडा बनाउमा केन्द्रित भएको भन्दै सो को लागि अबको ५ वर्षमा पुर्ण भौतिक पूर्बाधार सहितको विकासको… पुरा पढौ

पोखरा वडा नम्बर-५, ११, १५, २१, २३ मा एमालेको घरदैलो तिव्र

पोखरा, १८ वैशाख ।पोेखरा महानगरपालिका वडा नं २३ मा नेकपा एमालेको चुनावी प्रचारप्रसारको कार्यक्रमलाई तीव्र बनाइएको छ । वडाका रैकर, मैदान, पोखरी, बाम्दी लगायतका गाउँमा प्रचारप्रसार गरिएको एमाले नेता अर्जुन क्षेत्रीले जानकारी दिएका छन् । उनले वडा न।२३ का मतदाता एमाले उमेद्वार देखेर उत्साहित भएको बताए उनले बताए । अबको निर्वाचनमा ७ सूर्यमा ७ छाप लगाएर एमालेमय बनाउने मतदाताले उद्घोष गरेका छन् ।पोखरा २३ को वडाध्यक्षमा शिवलाल पराजुलीको उमेद्वारी छ । २०३९ र २०४४ मा गरी २ पटकसम्म प्रधानपञ्चमा निर्वाचित… पुरा पढौ

पोखरा-१९ मा एमालेको घरदैलो तिव्र

पोखरास्थानीय चुनावको मिति नजिकिँदै गर्दा नेकपा एमालेले पोखरा १९मा घर दैलो अभियानलाई तिब् वनाएको छ। एमालेको गढका रूपमा चिनिएको पोखरा १९ मा वडाध्यक्षका उमेदवार ईमानराज पौडेल सहितको प्रचार टोलीले घार्मि, पुरून्चौर लगायतका क्षेत्रमा पुगि मतदातालाई भेटेका मात्र छैनन् उनिहरूका गुनासो समेत सुनेका छन् । जनताका विचमा पुगेका वडाध्यक्षका उमेदवार पौैडेलले १९ वडामा अघिल्लो पटक थुप्रै काम भएको र वाकि काम पूरा गर्न आफ्नो जितवाट मात्रै सम्भव हुने वताएका छन् ।एमालेका केन्द्रीय सदस्य सीता गिरी, जिल्ला सदस्य सुरेन्द्र मानसिह भण्डारी ,… पुरा पढौ

माओवादी पार्टी मात्र नभई जनताको साथी हो, त्यसैले जित्नुको विकल्प छैन : उम्मेदवार तिमिल्सिना

पोखरा । पोखरा महानगरपालिका १८ हरे डाडाँमा ४९ सालका स्थानिय जनप्रतिधी र काँग्रेसका वडा इकाइ समितिका अध्यक्ष माओवादीमा प्रवेश गरेका छन् । ४९ सालकी जनप्रतिनीधी लक्ष्मी नेपाली माओवादीमा प्रवेश गर्दै माओवादीको जनप्रतिधीको उम्मेदवार भएर दलितको अधिकार र जताको अधिकार दिलाई दिनुपर्ने बताइन । पोखरा १८ देउराली पाटनमा विकास निर्मार्णको काम नभएको गुनासो गदै उनले यस भन्दा अघिका वडा सरकारले जनताको लागि काम नगरेको बताइन । नेपाली काँग्रेस जनमैत्री टोल इकाइ सभापत गणेश तिमिल्सिना माओवादीमा प्रवेश गर्दै आफु भ्रमबस अन्य पार्टीमा… पुरा पढौ

मादीमा चुनाव सम्पन्न पार्न गठबन्धनको ९ समिति गठन

पोखरा । आसन्न स्थानीय तह निर्वाचन सफल पार्न मादी गाउँपालिकाको गठबन्धनले विभिन्न ९ समिति गठन गरेको छ । सत्तापक्ष कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहितको संयुक्त चुनावी गठबन्धनले मादी गाउँपालिकास्तरिय बैठक गर्दै समिति गठन गरेको हो । पोखरा १३ शितलादेवीमा बसेको बैठकले चुनावी प्रचार प्रसारका लागि समिति गठन गरेको हो । नेपाली कांग्रेस मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार यामबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका मादी गाउँपालिका अध्यक्ष तोरण गुरुङ, एकिकृत समाजवादी मादी गाउँपालिका अध्यक्ष घननाथ सापकोटाको अध्यक्षतमा बसेको बैठक बसेको थियो ।… पुरा पढौ

पोखरा ६ बैदाममा गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यलय स्थापनसँगै उम्मेदवार परिचयात्मक कार्यक्रम

पोखरा बैशाख १८ पोखरा महानगर पालिका वडा नं ६ मा नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र तथा नेपाल कम्युनिष्ट पाटी एकीकृतको संयुक्त प्रचार प्रसार कार्यलय स्थापना गरेको छ । गठबन्धनले पोखरा महानगर पालिका वडा नं ६ मा चुनाब अभियान आज बाट सुरु गरेसँगै अभियानको पहिलो दिन गठबन्धनका साझा उम्मेदबारहरुको प्ररिचय गरिएको थियो ।पोखरा महानगर पालिका वडा नं ६मा नेपाली काग्रेसको तर्फबाट निर्वतमान वडा अध्यक्ष तथा अध्यक्षका प्रत्याशि जगतबहादुर पहारी, खुलासदस्य नेकपा माओबादीका तर्फबाट कृष्ण प्रसाद आर्चाय तेसैगरी खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट… पुरा पढौ