राजनीति

मादी गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन

पोखरा । मादी गठबन्धन २०७९ को सम्पर्क कार्यालय पोखरा १२ शितलादेवीमा विधिवत उद्घाटन गरिएको छ । सोमबार गठबन्धनका साझा उम्मेद्वार द्वय देवी जंग गुरुङ र लालबहादुर गुरुङले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।  सम्पर्क कार्यालय उद्घाटनपछि मादी गाउँपालिका अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेद्वार देवी जंग गुरुङले मादीको विकासका लागि गठबन्धना साझा उम्मेद्वारहरुले उम्मेद्वारी दिएको बताए । आफूहरुको साझा उम्मेद्वारी नै आधार भएको उनले बताए ।  माओवादी केन्द्रबाट मादी उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले मादीको विकासका लागि गठबन्धन आएको बताए । गठबन्धनका… पुरा पढौ

“मलाई भाषण दिन आउदैन्,काम गरेर देखाउने मान्छे हुँ”: उपमेयर उम्मेद्धार परियार

कविता घर्तीमगर, कास्की । स्थानिय तहको निर्वाचन आउन अव १३ दिन मात्रै बाँकी रहेको छ । कास्कीमा दलहरुले चुनावी प्रचारप्रसार कार्यक्रम तिव्र बनाएका छन् । गाँउदेखि शहर, सडकदेखि किसानहरुले काम गर्दै गरेको खेतका गरा र बेँसीका आलीहरुमा विभिन्न पाटीका रंगिविरंगि झण्डाहरु देखिएका छन् । कास्कीमा विशेषगरि केहि समय पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका लागि चर्चा भयो । सचेत नेपाली पार्टीबाट सोहि उपमेयर पदमा उम्मेद्धार उठाएको नाम हो सोनी परियार । राज्यबाट पछाडी पारिएको वर्ग दलित समुदायको हकहितका लागि सोहि… पुरा पढौ

जनप्रतिनिधि र कर्मचारीलाई फुल ड्युटी गर्नेमात्र होइन, ड्यूटीफुल बनाउँछौं : आचार्य

पोखरा, १९ वैशाख । पोखरा महानगरकापालिकाका मेयर पदका उम्मेद्वार धनराज आचार्यले आफूहरु निर्वाचित भएमा आफूहरुसहित महानगरका कर्मचारीलाई फुल ड्युटी मात्र गर्ने नभई ड्युटीफुल महानगर बनाउने बताएका छन् । पोखरामा सोमबार प्राइम टेलिभिजनले आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ विषेश कार्यक्रममा आचार्यले निर्वाचित जनप्रतिनिधिदेखि महानगरको कर्मचारी सम्मलाई जिम्मेवार र ड्यूटीफुल बनाउने बताएका हुन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा प्रस्तुत आचार्यले २०७४ सालमा निर्वाचित एमाले नेतृत्वले जनप्रतिनिधि र महानगरका कर्मचारीलाई ड्यूटीफुल बनाउन नसकेको आरोप लगाए । उनले भने,‘महानगरले अहिले १० देखि… पुरा पढौ

जन्मथलोमा चुनावी घरदैलो गर्दै धनराज

पोखरा, १९ बैशाख पोखराका मेयर पदका उम्मेदवार धनराज आचार्य र उपमेयर पदका उम्मेदवार कोपिला रानाभाटले आज पोखरा–३३ घरदैलो गर्ने भएका छन् । सत्तारुढ दलहरुको साझा गठबन्धनका उम्मेदवार आचार्य र रानाभाटले मेयर पदका उम्मेदवार धनराज आचार्यको जन्मथलोमा घरदैलो गर्न लागेका हुन् । पोखरा ३३ धनराज र उनको सहपाठी रबीन्द्र अधिकारीको जन्मथलो हो । जहाँ उनीहरुले बाल्यकाल बिताएका थिए । पोखरा ३३ निर्णायक मतदाता भएको ठाउँपनि हो । यसअघि रबीन्द्रलाई जिताउँदै आएको पोखरा ३३ ले यसपटक रबीन्द्रका सहपाठीसमेत रहेका स्थानिय धनराजलाई जिताउने… पुरा पढौ

रुपाका घरदैलोमा मत माग्दै एमाले उमेदवार

नेकपा एमालेको तर्फबाट रुपा गाउँपालिकाका उमेद्वारले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। रुपाका ७ वटै वडामा टोल तथा वडा कमिटी परिचाल गरेर उमेद्वारको घरदैलो अभियान जारी राखिएको अध्यक्षका उम्मेदवार नवराज ओझाले जानकारी दिएका छन्। अध्यक्ष उमेद्वार ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ, वडा नं ३ अध्यक्ष दिपेन्द्र गौतमसहितको टोलीले आइतबार वडा नं ३ का पिपलटार, ठाँटीथर, छापपाखा, जैउचौर र मोहोरियाटारमा घरदलौ गरेका हुन्। अघिल्लो पाँच वर्ष भौतिक विकासमा फड्को मारेको रुपमा गाउँपालिकालाई अब आर्थिक, सामाजिक र मानवीय विकासमा अगाडी बढाउने वाचा गर्दै उमेद्वारले… पुरा पढौ

मादीमा पक्षपातरहित विकास गर्छुः गुरुङ

नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेदवार शिवबहादुर गुरुङ (महेन्द्र)ले आफूले पक्षपातरहित विकास गर्ने प्रतिबद्धता जनाएका छन्। मादी–८ मा आइतबार चुनावी सभामा बोल्दै उनले विपक्षी पार्टीले पक्षपाती विकास गर्ने हल्ला फैलाएको तर आफूले त्यस्तो नगर्ने स्पष्ट पारे। कास्कीको मादी गाउँपालिकामा १२ वटा वडा छन्। अध्यक्ष उम्मेदवार महेन्द्रको घर मादी १० मा पर्छ।‘प्रतिपक्षी दलका साथीहरुले मादीको माथिल्लो बेल्टमा गएर महेन्द्र तल्लो बेल्टको मान्छे हो र त्यसलाई भोट दिए विकास तल्लो बेल्टमा गर्छ भनेछन्,’ उनले भने, ‘हामी कुनै वडा केन्द्रीत होइन, १२… पुरा पढौ

पोखरा–१२ मा नेपाली काँग्रेसको घरदैलो कार्यक्रम

पोखरा–१२ मा नेपाली काँग्रेसको घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ। पोखरा–१२ का वडाध्यक्षका उम्मेदवार सन्तोष बास्तोलाले घरदैलो कार्यक्रममा आफू वडा अध्यक्षमा निर्वाचित भएमा वडाका अधुरा कामलाई प्राथमिकता दिने मतदातासमक्ष प्रतिबद्धता जनाए। वडामा अधुरा कामहरु सम्पन्न गर्नका लागि आफू निरन्तर लागि रहने उल्ले्ख गरे। घरदैलो कार्यक्रममा पोखरा–१२ को पुरानो धारादेखि पिपलडाली, सीटीभीटइ, सफा मार्ग लगायतका ठाउँमा गरिएको थियो। नेपाली काँग्रेसकी नेत्री सरस्वती गुरूङ, काँग्रेस क्षेत्र नं १ ख का सभापति कृष्ण कोइरालालगायत वडा सदस्यका उम्मेदवारहरू शान्ता बहादुर थापा, गोविन्दप्रसाद सिग्देल, शान्ति कोइराला,… पुरा पढौ

पोखरा–२८ मा काँग्रेसको चुनावी घरदैलो कार्यक्रम

नेपाली काँग्रेस पोखरा–२८ को निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ। पोखरा–२८ रैकरमा उक्त सम्पर्क कार्यालय एक समारोहबीच आइतबार उद्घाटन गरिएको हो। नेपाली काँग्रेसका निवर्तमान सभापति कृष्ण केसीले उक्त सम्पर्क कार्यालयको उद्घाटन गर्दै देशमा अहिले यो वा त्यो पार्टी भन्दा प्रतिगमनबिरुद्ध एक हुनुपर्ने अबस्था रहेको बताए। पोखरा–२८ का वडाध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण लामिछानेले आफू र आफ्नो टिमका ५ जनालाई विजयी गराउन आग्रह गरे। वडा नम्बर २८ लाई काँग्रेसको किल्ला बनाउने उद्देश्यसहित घरदैलो कार्यक्रमलाई तीब्र पारिएको नेपाली काँग्रेस पोखरा–२८ का… पुरा पढौ

अन्नपूर्ण–१ नागडाँडामा नेपाली काँग्रेसको चुनावी सम्पर्क कार्यालय

स्थानीय तहको चुनावका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित नागडाडामा नेपाली काँग्रेसको चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ। एक कार्यक्रमकावीच आइतवार नेपाली काँग्रेसका तर्फबाट अन्नपूर्ण गाउँपालिकाका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार एवं नेपाली काँग्रेस कास्कीका उपसभापति समेत रहेका युवराज कुँवरले सम्पर्क कार्यालयको उद्घााटन गरेका हुन्। कुँवरले आफूहरुलाई पुनः जिताउन मतदातासमक्ष अपील गरे। एनले अन्नपूर्ण गाउँपालिकामा पाँच बर्षको अवधिमा हाम्रो टिमले धेरै काम सम्पन्न गरेको बताए। ‘केही कामहरू अझै अधुरो अवस्थामा छन, ती कामहरू पूरा गर्नका लागि पनि अझै एक… पुरा पढौ

पोखरा बनाउने प्यासन र प्लानसहित आएको छु : गठबन्धनका उम्मेदवार आचार्य

पोखरा, बैशाख १८ पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पोखरा बनाउने प्यासनसहित आफू उम्मेदवार बनेको बताएका छन् । गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्यले पोखरा बनाउने प्यासन र प्लान लिएर आफू उम्मेदवार बनेको बताएका हुन् । पोखरा बनाउन चार कुरा चाहिन्छ,उनले भने,‘प्यासन, प्लान, डेडिकेसन र लिडरसीप । त्यो हामी ५ दलीय गठबन्धनमा छ ।’ उनले पोखरा बिगार्ने छुट कसैलाई नभएको बताउँदै उनले थपे,‘सँधैभरी समस्या मात्र देख्ने, सँधै कम्फर्ट जोनमा मात्रै… पुरा पढौ