राजनीति

मिलेर चुनावमा जान प्रचण्डलाई ओलीको आग्रह

काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मिलेर चुनाव लड्ने प्रस्ताव राखेका छन् । संसद विघटन गरेर मध्यावधि चुनाव घोषणाको सिफारिस गरेपछि ओलीले आज बालुवाटरमा भएको भेटमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई यस्तो प्रस्ताव गरेका थिए । भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीको कदमलाई घातक कदमको संज्ञा दिएका थिए । जवाफमा ओलीले ‘जे भयो भयो, मिलेर चुनावमा जाऔं, जितेर आऔं ’ भनेको प्रचण्डले स्थायी कमिटी बैठकमा सुनाएका हुन् । प्रधानमन्त्री एवम्… पुरा पढौ

‘राष्ट्रपति ज्यू तपाई संविधानको रक्षक कि केपी ओलीको ?’

पोखरा । विवेकशिल साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आईतबार पोखरामा धर्ना दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिस अनुसार राष्ट्रपतिले असंवैधानिक रुपमा संघीय संसद विघटन गरेको विरोधमा विवेकशिल साझा पार्टी गण्डकी प्रदेशले आईतबार दिउँसो पोखराको महेन्द्रपुलमा एक घण्टा शान्तिपूर्ण धर्ना दिदै राष्ट्रपतिको राजिनामा मागेको हो । केपी ओली नेतृत्वको सरकारले संविधानले कल्पना नै नगरेको संसद विघटन गरेर निर्वाचन घोषण गर्नु बेमौसमी बाजा भएको विवेकशिल साझा पार्टी निकट यूवा संगठनका केन्द्रिय सदस्य सरोज गौतमले बताए । उनले… पुरा पढौ

राष्ट्रपतिद्वारा संसद विघटन, बैशाख १७ र २७ गरि २ चरणमा आम निर्वाचन घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छन् । नेपाल सरकार मन्त्री परिषदको निर्णय तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् । संसद विघटनसँगै आम निर्वाचनको मितिसमेत घोषणा भएको छ । राष्ट्रपतिले आगामी बैशाख १७ र २७ गते गरि २ चरणमा हुनेगरि आम निर्वाचनको मिति घोषणा गरेकी हुन् । यसअघी आईतबार विहान आकश्मिक रुपमा बसेको मन्त्री परिषदको बैठकले संसद विघटन गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै प्रधानमन्त्रीले राष्ट्रपति समक्ष संसद विघटन गर्न सिफारिस गरेका थिए… पुरा पढौ

पोखरामा अनेरास्ववियूले केपी चोर, देश छोड भन्दै प्रधानमन्त्रीको पुत्ला जलायो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले पोखरामा प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । जनमत र संविधान विपरित संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेको भन्दै उनीहरुले पोखराको महेन्द्रपुलमा आफ्नै माउ पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । पुत्ला जलाउने क्रममा प्रहरीले रोक्न खोजेपनि असफल भएको छ । शुरुमा पहिलो समूहले महेन्द्रपुलमा केपी ओलीबिरुद्ध नाराबाजी गर्न शुरु गरेका थिए । प्रधानमन्त्रीबिरुद्ध प्रदर्शन हुने जानकारी पाएर पहिलेदेखि नै तयारीको साथ बसेको प्रहरीले सो समूहलाई… पुरा पढौ

नेकपा स्थायी कमिटी बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । एक बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक केहीबेर ढिला गरि बस्न लागेको एक सदस्यले जानकारी दिए । पूर्व निर्धारित स्थायी कमिटी बैठकका लागि नेताहरू बालुवाटारमा जम्मा भएको उनले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री ओलीको पछिल्लो कदमबारे छलफल हुने भएको छ । आजको बैठकमा पूर्व निर्धारित एजेण्डामा भने छलफल नहुने उनले बताए । विकसित घटनाक्रमका कारण आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने नेताहरुले… पुरा पढौ

संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने नेकपा नेताहरुको निर्णय

काठमाण्डौं । नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने भएका छन् । आइतबार नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा अध्यक्ष प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । यसैविच नेकपा अध्यक्ष प्रचण्ड संसद् विघटनको प्रस्ताव फिर्ता लिनका लागि प्रधानमन्त्रीलाई आग्रह गर्न बालुवाटारमा छन् । पुरा पढौ

कांग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीले संसद विघटनको सिफारिश गरेसँगैं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेले पार्टीको आकस्मिक बैठक डाकेको छ । बदलिदो राजनितिक परिवेशमा अब के कसरी जाने भन्ने विषयमा छलफल गर्न काँग्रेस पदाधिकारी र केही शीर्ष नेताहरुबीच छलफलका लागि बैठक डाकिएको कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले जानकारी दिए ।आकस्मिक बैठक बुढानीलकण्ठमा बस्न लागेको हो ।संसद विघटनको प्रस्ताव लोकतन्त्र माथिकै प्रहार भएको प्रतिक्रिया काँग्रेसले दिइसकेको छ । पुरा पढौ

नेकपा स्थायी कमिटी बैठक अनिश्चित

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलले मन्त्रिपरिषदबाट संसद विघटनको प्रस्ताब गरेपछि नेकपामा तरंग पैदा भएको छ । यसैबीच, आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि अन्योलमा परेको छ । घटनाक्रमले अर्कै मोड लिएकाले आजका लागि तय भएको बैठक अन्योलमा परेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा हिजो दिनभरी सहमति जुटाउने प्रयासमा भेटघाट तथा परामर्शमा ब्यस्त रहे । सहमतिका लागि ओलीले पुष्पकमल दाहाल प्रचण्डलगायत पार्टीका अन्य नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएका थिए ।… पुरा पढौ

आत्मघाती बाटो नरोज्न नेतृत्वलाई नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङको आग्रह

नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङले आत्मघाती बाटो नरोज्न नेतृत्वलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नका लागि सिफारिस गरेलगत्तै सामाजिक सञ्जालमा फेसवुकमा स्टाटस लेख्दै उनले आत्मघाती बाटो नरोज्न पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् । नेकपा गण्डकी प्रदेश सहईञ्चार्जसमेत रहेका नेता गुरुङले कुनैपनि हालतमा पार्टी एकता र देशलाई दुर्घटनाबाट जोगाउनुपर्ने भन्दै फेसवुकमा लेखेका छन्,‘आत्मघाती बाटो नरोजौं, कुनैपनि मूल्यमा पार्टी एकतालाई जोगाऔं र देशलाई बर्बाद हुनबाट बचाऔं ।’ गुरुङ गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीपनि… पुरा पढौ

केशरजंगपछिको खराब पात्रको रुपमा ओलीको नाम दर्ज : करण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा कास्कीका ईञ्चाज राजकाजी गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केशरजंग रायमाझीसँग तुलना गरेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेलगत्तै सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले ओलीलाई रायमाझीसँग तुलना गरेका हुन् । नेपालका कम्युनिष्टहरुले रायमाझीलाई खराब पात्रका रुपमा चित्रण गर्ने गर्छन् । शुरुमा कम्युनिष्ट नेता बनेका रायमाझी पछि कट्टर राजावादी भएर राजतन्त्रको पक्षपोषणमा लागेका थिए । तिनै रायमाझीसँग ओलीलाई तुलना गर्दै उनले भनेका छन्,‘नेपाली कम्युनिष्ट आन्दोलनमा केशरजंग रायमाझी पछिको खराब पात्रको… पुरा पढौ