राजनीति

कर्णालीका मुख्यमन्त्री शाहीले ओली पक्षलाई हटाएर नया मन्त्री थप्दै

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्री परिषद हेरफेर गर्ने तयारी गरेका छन् । आफूबिरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि रुष्ट रहेका उनले ओली पक्षका २ मन्त्रीलाई हटाएर ३ मन्त्री थप्ने तयारी गरेको श्रोतले बताएको छ । नेकपा भित्रको शक्ति संघर्ष र कर्णाली प्रदेशमा देखिएको विवाद उत्कर्षतर्फ जाँदै गर्दा शाहीले ओली पक्षीय मन्त्रीलाई हटाएर नेपाल पक्षका मन्त्री थप्ने तयारी गरेका हुन् । सम्भवतः आज नै उनले मन्त्री परिषद पुर्नगठन गर्नेछन् । मुख्यमन्त्री शाहीले ओली पक्षीका सामाजिक विकास मन्त्री दल रावल र उद्योग,… पुरा पढौ

राजनैतिक पार्टीका कार्यकर्ताहरुलाई एउटा यक्ष प्रश्न, तपाईहरु अनुचर कि नागरिक ?

राजा बोला रात हैरानी बोली रात हैमन्त्री बोला रात हैचपरासी वोला रात हैसुबह सुबहकी बात है ।कवि गोरख पाण्डेका शव्दहरु हुन् यी । यो सुन्दर विम्वले नेताहरु त के सिने कलाकारका मन्दिर बनाएर आरती गर्ने र मृत्युमा आत्मदाह गर्ने पटमुर्ख संस्कृतिको विशेष गरी गरीव र अविकसित औपनिवेसिक, अर्ध औपनिबेसिक देश र त्यो समाजको तथाकथित शिक्षित र जागरुक मानिएका समाजका अगुवाहरुको सजिव चित्रण गर्दछ ।आम नेपालीलाई स्मरण भएको हुनु पर्दछ नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले ग्रयाण्ड डिजाइनको अमोध अस्त्र प्रयोग गरेर… पुरा पढौ

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

कार्तिक १५ हेटौडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । गत कार्तिक ६ गते संक्रमित भएका मुख्यमन्त्री पौडेल १० दिनमा संक्रमणमुक्त भएका हुन् ।धुलिखेलमा रहेको प्रादेशिक प्रयोगशालामा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौँमा उपचाररत मुख्यमन्त्री पौडेललाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ । पुरा पढौ

मुख्यमन्त्री र अर्थमन्त्रीबीच भेट, सशर्त आयोजनाका लागि मागे बजेट

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघ सरकारका अर्थमन्त्री विष्णु पौडेललाई भेटेर विभिन्न आयोजनाहरुका लागि बजेट माग गरेका छन् । केहि दिनदेखि काठमाडौंमा रहेका मुख्यमन्त्री गुरुङले शुक्रबार अर्थमन्त्रीलाई भेटेर संघ सरकारले प्रदेशलाई हस्तान्तरण गरेका विभिन्न आयोजना तथा योजनाहरु निर्माणका लागि आवश्यक बजेट निकासाका लागि अनुरोध गरेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सामाजिक सञ्जाल फेसवुकमा स्टाटसमा उल्लेख छ । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारलाई संघले हस्तान्तरण गरेका ३२ वटा सडकका लागि २ अर्ब ८६ करोड रुपैया बजेट निकासाका लागि आग्रह गरे । त्यस्तै,… पुरा पढौ

हत्यारालाई राजनीतिक संरक्षण नगर्न अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङको चेतावनी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका केन्द्रीय सह-संयोजक रञ्जित तामाङले पर्सा हत्याकाण्डका हत्यारालाई राजनीतिक संरक्षण नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । सहसंयोजक तामाङले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै नेकपा पर्सा जिल्ला कमिटी सदस्य तथा विन्ध्यबासिनी गाउँ कमिटी सचिव मुकेश चौरसियाको अत्यन्त पासविक, बर्बर क्रुरतापूर्वक हत्या भएको भन्दै त्यसमा संलग्न अपराधीलाई राजनीतिक संरक्षण नगर्न चेतावनी दिएका हुन् । उनले दोषीलाई अविलम्व कानूनको कठघरामा उभ्याई हदैसम्मको कार्वाही गर्न माग गरेका छन् । सह-संयोजक तामाङले घटना भएको… पुरा पढौ

देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत एकार्का देशका विभिन्न शहरमा अध्यनरत नेपाल र भारत दुवै देशका विद्यार्थीले सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै नभई त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारको भएको औँल्याउनुभएको छ ।प्रवक्ता शर्माले नेपाली विद्यार्थीको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहीँ… पुरा पढौ

नेकाँ बैठक शुक्रबार

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा हुने भएको छ । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ ।रासस पुरा पढौ

डा बाबुराम र खगेन्द्र संग्रौलाको सामाजिक सञ्जालमा जुहारी

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराई र विश्लेषक खगेन्द्र संग्रौंलाको सामाजिक सञ्जाल ट्वीटरमा जुहारी चलेको छ । बाबुरामले आज (बिहीबार) बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले घुमाउरो पाराले भारतका गुप्तचर प्रमुख सामन्त गोयल र भारतीय सेनाध्यक्ष मुकुन्द नरभाणेको आगामी दिनमा हुन लागेको नेपाल भ्रमणलाई स्वागत गर्दै उनले जायज मानेको संकेत गरेका छन् । उनले विभिन्न देशबाट हुने राजनीतिक र अन्य भ्रमणलाई जायज रहेको सामाजिक सञ्जालमा ट्वीट गरेका छन् । शक्तिराष्ट्रबाट भ्रमण नहुने हो भने… पुरा पढौ

नेकपा केन्द्रीय कमिटी बैठक स्थगन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को यही कातिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण स्थगित भएको छ ।नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जनाइएको छ । आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।रासस पुरा पढौ

लिम्पीयाधुरा, लिपुलेक र कालापानी मुद्धा नसुल्झिदै भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने तयारी

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपालको भ्रमण गर्ने भएका छन् । उनले यहि कात्तिक १९ गतेदेखि २१ गतेसम्म ३ दिने नेपाल भ्रमण गर्न लागेको नेपाली सेनाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनाएको हो । नेपाल भ्रमणका बेला भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिईने भएको छ । उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ । नेपाल र भारतबीच सीमा सम्बन्धी विवाद रहेका बेला भारतीय सेनाध्यक्ष नरवणेले नेपाल भ्रमण गर्न… पुरा पढौ