पोखरा, ९ भदौ
पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको जील्लास्तरिय अन्तरमावि छात्रा भविबल प्रतियोगितामा बिभिन्न आठवटा बिद्यालय आज सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् ।
पोखरा बहुुमुखी क्याम्पस खेलकुद मैदानमा शुक्रबार देखि शुरु भएको उक्त प्रतियोगीतामा कास्की जील्लाभरका २३ बिद्यालयले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धाबाट पश्चिमाञ्चल मावि, गुरुकुल बिद्यासदन, शान्ता मावि , मदरल्याण्ड, करुणानिधि एजुकेशन फाउण्डेशन, तालबाराही, कन्या क्याम्पस, र न्यू ग्यालेक्सी क्वाटर फाइनलमा पुगेका छन् । उक्त बिद्यालयहरु आज सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् ।
क्याम्पसमा बिद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत पोखरा बहुमुखी क्याम्पसले बिभिन्न समयमा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यसै अन्तर्गत खेलकुदमार्फत बिद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासगर्न प्रोत्साहन गर्ने उद्देश्यले छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख शिशुकला पराजुलीले बताउनुभयो ।
प्रतियोगीतामा बिजयीहुने बिद्यालयहरुलाइ बिशेष समारोहका विच नगद , प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिने कार्यक्रमका संयोजक बिनोदराज आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगीताका लागि बिलड्रीम इन्जनियरिङ प्राली, नरु गुरुङ, मारवाडी भोजनालय प्राली, र रामकृष्ण तथा सुजा वास्तोला लगायतका व्यक्ति तथा संस्थाहरुले प्रायोजन गरेका छन् ।
क्याम्पसले प्रत्येक वर्ष अन्तर बिद्यालय स्तरिय छात्राभलिबल प्रतियोगीता आयोजना गर्दै आइरहेको छ । प्रतियोगितामा, अघिल्लो वर्ष पश्चिमांचल मावि र गुरुकुल बिद्यासदनले उपाधी जितेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।