देश

मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ

नवनियुक्त चार मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई सपथ गराए । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले आज नियुक्त गरेका हुन् । गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १४ पुगेको छ । त्यस… पुरा पढौ

पाल्पामा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु, आठ घाइते

पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो ।दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल… पुरा पढौ

विन्ध्यवासिनी माविमा सुचनाको हक सम्बन्धि प्रशिक्षण

पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले विद्यालयका शिक्षक कर्मचारीलाई सूचनाको हक सम्बन्धी प्रशिक्षण दिएको छ । सुचनाको पहुँच सबैसम्म पुर्याउने हेतुले एकदिवसिय प्रशिक्षण दिईएको सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए । कार्यक्रममा सहभागि शिक्षक कर्मचारीलाई सूचनाको हकका लागि जिल्ला सन्जाल कास्कीका अध्यक्ष यदुनाथ बन्जाराले प्रशिक्षण दिएका थिए । उनले शिक्षकहरुलाइ सुचनाको हक कार्यान्वयन बारे प्रशिक्षण गराउदा बिध्यार्थी सम्म पुग्न जाने र यसले समाजलाइ सचेत र जागरुक बनाउन मद्दत गर्ने बताए । प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले विद्यालयका शिक्षकहरु समाजका… पुरा पढौ

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्रा मरे

मुस्ताङको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्याङ्ग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ । किसान परियारको मार्फास्थित गाउँभित्रको भेडाच्याङ्ग्रा खोरमा ४५ भेडाच्याङ्ग्रा रहेका थिए । तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । यसबाट करिब रु छ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको… पुरा पढौ

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै,४ जना मन्त्री थपिदै

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छिन् । कार्कीले चौथोपटकको क्याविनेट विस्तारमा ४ जना मन्त्री थप्न लागेकी हुन् । स्रोतका अनुसार कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छ्न् ।स्रोतका अनुसार कुमार इङनामलाई भूमि, माधव चौलागाईँलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र श्रद्धा श्रेष्ठलाई महिला मन्त्री बनाइनेछ।भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक हुन् भने श्रद्धा नेपाल पर्यटन बोर्डको कर्मचारी हुन् । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय… पुरा पढौ

हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु-१६ अन्तर विद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता शुरु

पोखरा । पोखरा क्रिकेट मैदानमा आजदेखि हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु १६ अन्तर विद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता शुरु भएको छ । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा प्रतिभा सेकेण्डरी स्कुलले २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ४९ रन बनाउन सफल भयो । प्रतिभा र हार्वड एकेडेमी विचको खेलमा प्रतिभाले टस जितेर ब्याटिङ लिएको थियो । उक्त खेलमा प्रतिभाका सावुदिन अनसारीले २९… पुरा पढौ

बाल प्रतिभा पहिचान महोत्सव सिकाईको थलो

पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको भिड लागेको हो । बाल प्रतिभा पहिचान अन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ । महोत्सवमा आएका विद्यार्थी तथा अभिभावकहरुले विद्यार्थीका प्रतिभा देखेर खुलेरै प्रशंशा गरेका थिए । महोत्सवमा… पुरा पढौ

निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

पोखरा, २५ मंसिर । निर्वाचन आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले बिहीबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको १९ औं वार्षिक प्रतिवेदन पेस गरे। नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन पेस भएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गरे । प्रदेश निर्वाचन अधिकारी ढकालले… पुरा पढौ

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा : सेमीफाइनल समिकरण पुरा

पोखरा, २५ मंसिर । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कम्प्लेक्समा जारी आईटीएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–२ को चौथो दिन रोमाञ्चक खेलहरुसँगै सेमीफाइनल समिकरण पुरा भएका छन् । सम्पन्न खेलमा नेपाली गल्र्सतर्फ शिभाली गुरूङ बाहेक अन्य खेलाडीहरु सेमीफाइनलमा स्थान बनाउनबाट चुकेका छन् । जारी दोस्रो सर्किटमा समेत सिभालीले डबल्सतर्फ समेत उपाधि भिडन्त पक्का गरेकी छन् । ब्वाइज सिंगल्स क्वाटरफाइनलमा टिङ–हो याङ (ताइपेई)ले यांशुओ पान (चीन) लाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनका… पुरा पढौ

निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

निर्वाचन आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले बिहीबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको १९ औं वार्षिक प्रतिवेदन पेस गरे । नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन पेस भएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाउने विश्वास व्यक्त गरे । प्रदेश निर्वाचन अधिकारी ढकालले फागुन २१ गते… पुरा पढौ