देश

पोखरा महानगरपालिकाको स्थापना दिवसको अवसरमा भोलि पोखरामा बृहद रक्तदान कार्यक्रम हुँदै

पोखरा, मंसिर २८ पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा पोखरामा भोलि बृहद रक्तदान कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा पोखरा सभागृह परिसरमा भोलि बृहद रक्तदान कार्यक्रम हुन लागेको हो । रक्तदान कार्यक्रम विहान ८ बजेदेखि शुरु हुने महानगरपालिकाले जनाएको छ । रक्तदान कार्यक्रममा सहभागिता जनाउन महानगरबासीमा मेयर धनराज आचार्यले अपिल गरेका छन् । पोखरा महानगरपालिकाले यस वर्षदेखि पुस २ गते स्थापना दिवस मनाउने भएको छ । यसअघि महानगरपालिका बनेको दिन फागुन २७ गतेलाई स्थापना दिवस मान्दै आएको… पुरा पढौ

एमालेमा तीन महिनामै विधान महाधिवेशनको निर्णय संशोधन, पदाधिकारीको संख्या १९, बरिष्ठ उपाध्यक्ष हट्यो

नेकपा एमालेले पार्टी कमिटीलाई पुरानै संरचनामा फर्काएको छ । दोस्रो विधान महाधिवेशनको तीन महिनामै नेतृत्वको संख्या फेरबदल गरिएको हो। आज बिहान बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधनको निर्णय गरेको हो । अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ९पोलिटब्युरोको एक तिहाई, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाउने निर्णय भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव… पुरा पढौ

मुग्लिन पोखरा सडक चाँडो सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् । मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पश्चिम खण्डमा भौतिक प्रगति ५९ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ८० प्रतिशत भएको छ । आयोजना प्रमुख… पुरा पढौ

पोखरा भ्रमणको निम्तो बाँड्दै टोली कोशी प्रदेशमा

पोखरा भ्रमणका लागि निम्तो बाँड्दै पोखराका पर्यटनकर्मी देशका विभिन्न सहरमा पुगेका छन् । २७ औँ पोखरा सडक महोत्सवमा सहभागी हुन निम्ता बाँड्दै हिँडेको पोखराका होटल तथा पर्यटन व्यबसायीको टोली कोशी प्रदेश पुगेको छ ।सो टोलीले पर्यटन व्यवसायी , पत्रकार , स्थानीय पालिकाका प्रतिनिधि र राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको छ । उनीहरूले भेटका क्रममा पोखरा घुम्न आउन निम्ता गरे । टोलीले कोशी प्रदेशका इटहरी, धरान, विराटनगर लगायतका सहरमा पुग्दै पोखरा घुम्नआउनका लागि निम्तो गरेका हुन् । निम्तो बाड्दै कोशी प्रदेशमा… पुरा पढौ

सहकारी लुटपाटका ‘नटवरलाल’ गजुरेल काठमाडौंमा पक्राउ

पोखरा सहित देशका बिभिन्न सहकारीमा लुटपाट गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एउटै प्रकृतिको अपराध गरेको अभियोगमा, नुवाकोटका २८ वर्षीय दीपक गजुरेललाई प्रहरीले २३औँ पटक पनि पक्राउ गरेको छ । पटक पटक पक्राउ परेका गजुरेलले काठमाडौं–पोखरासहित सहरका विभिन्न १९ वटा सहकारी लुटेको खुलासा भएको छ । देशका बिभिन्न ठाँउका सहकारी संस्था लुटपाट गर्ने कार्यमा संलग्न गजुरेललाई प्रहरी वृत्त गौशालाको विशेष टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गजुरेलले सिनामंलगस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड गरेर… पुरा पढौ

कन्यामार्गका दिदिबहिनीहरुलाई क्षमता अभिबृद्धि तालिम

पोखरा महानगरपालिका वडा नं ३ स्थित कन्यामार्ग टोल विकास संस्थाले टोलका दिदिबहिनीहरुका लागि एकदिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाकी निवर्तमान अध्यक्ष लक्ष्मी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उत्प्रेरक विकल शेरचनले सामाजिक संजाल र विभिन्न खेलहरुको नकारामक प्रभाव बारे सहजिकरण गरे । बालबालिकाहरुमा बढ्दै गएको मोबाईलको प्रयोगले भविष्यमा निकै अफ्ठेरो पार्न सक्ने भएकोले स्वयं अभिभावक यसबाट सचेत हुनुपर्ने र बालबालिकालाई अन्य सिर्जनात्मक, अध्ययन लगायतका विषयहरुमा अभ्यस्त गराउन आवश्यक भएको बताए । अधिवक्ता सरिता तिमिल्सिना पगेनीले महिला हिंसा तथा यसका… पुरा पढौ

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार, समानुपातिक उम्मेदवार र राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १० जना सिफारिस गरिएको पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । यस्तै क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य शङ्कर भण्डारीसहित सात जनाको नाम सिफारिस गरिएको छ… पुरा पढौ

एमाले महाधिवेशनस्थल सल्लाघारीमा कार्यकर्ताको भीड

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्णरूपमा सम्पन्न भइसकेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए । उनका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन,… पुरा पढौ

पोखरा महानगरले पुस २ गते स्थापना दिवस मनाउने

सन्देश श्रेष्ठपोखरा, मंसिर २६ पोखरा महानगरपालिकाले पुस २ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । पोखरा महानगरपालिकाले ६७ औं स्थापना दिवस पुस २ गते विविध कार्यक्रम गरेर मनाउन लागेको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यसअघि पोखरा महानगरले फागुन २७ गते स्थापना दिवस मनाउँदै आएको थियो । सरकारले २०७३ साल फागुन २७ गते काठमाडौंसहित पोखरा, ललितपुर, भरतपुर, विराटनगर र बिरगञ्जलाई महानगरपालिका घोषणा गरेको थियो । सोहि दिनलाई पोखरा महानगरपालिकाले गत वर्षसम्म स्थापना दिवस मनाउँदै आए पनि… पुरा पढौ

निट पत्रकारिता पुरस्कारबाट भरत कोइराला सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् । पुरस्कार स्थापना गर्ने निट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखरामा आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार कोइरालालाई नगद र सम्मानपत्र प्रदान गरे । उनलाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको हो । फोनिज गण्डकीले सञ्चालन गर्ने गरी निट डेन्टलले पत्रकारिता पुरस्कारका यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । पुरस्कृत व्यक्तित्व कोइराला… पुरा पढौ