देश

पोखराको पृथ्वीचोकमा शालिक राजनीति : कहिले लखन थापाको त कहिले पृथ्वीनारायणको शालिक

सन्देश श्रेष्ठपोखरा, भदौ ३१ पोखराको पृथ्वीचोक शालिक राजनीतिको थलो बनेको छ । यस चोकमा हरेक राजनीतिक उथलपुथलमा शालिक फाल्ने र राख्नेको होड चल्ने गर्छ । सदाझैं यस वर्ष पनि यसले निरन्तरता पायो । पोखरा महानगरपालिकाले पोखरा–१८ ज्ञारजातीमा सहिद तथा विभूती पार्क बनाएर सहिद तथा विभूतीहरुको शालिक राख्दै आए पनि पृथ्वीचोकमा हुने शालिक राजनीति भने निरन्तर कायम छ । विगतदेखि नै शालिक राजनीतिको केन्द्र बनेको पृथ्वीचोकमा रहेको लखन थापाको शालिक यस वर्ष पनि जेनजी आन्दोलनको मौका पारेर ढलाइएको थियो । भ्रष्टाचारबिरुद्द… पुरा पढौ

नियात्रा समाज नेपालको केन्द्रीय सदस्यमा पुर्जा

पोखरा । नियात्रा समाज नेपालको केन्द्रीय सदस्यमा नियात्राकार तिलक प्रसाद पुन ‘पुर्जा’ चयन भएका छन् । समाजको रिक्त केन्द्रीय सदस्य पदमा पोखराका नियात्राकार पुर्जालाई चयन गरिएको हो । भदौ तेस्रो साता काठमाण्डौंमा बसेको संस्थाको केन्द्रीय समिति बैठकले उनलाई मनोनित गरेको जनाइएको छ । उनका पाँचवटा पुस्तकहरु प्रकाशित छन । जसमध्ये वस्तिभित्र र साइनो नामका पुस्तकहरु नियात्रा संग्रहहरु हुन् भने लोकलहरी (संयुक्त सम्पादन), लोक संस्कृतिका सुसेलीहरु तथा नेपाली सुरकर्मी र सिर्जना उनका प्रकाशित पुस्तक हुन् । उनी तीन दशकदेखि पोखरामा रहेर… पुरा पढौ

पोखरामा जारी नेपाल खुला स्नूकर प्रतियोगिताको उपाधिका लागि फुर्वा र वाङचु भिड्ने

पोखरा ३० भदौ, खेलकुदको शहर पोखरामा जारी दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधिको लागि काठमाण्डौंका फुर्वा दोर्जे शेर्पा र वाङचु तामाङ भिड्ने भएका छन् । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा आज (सोमबार) भएको पहिलो सेमिफाइनल खेलमा काठमाण्डौंका शेर्पाले हेटौडाका नितेश खण्डवाललाई ५-१ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा तय गरे । अर्को खेलमा काठमाण्डौंकै तामाङले पोखरेली खेलाडी विकास मर्हजनलाई ५-२ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा सुनिश्चित गरे । फाइनल खेल भोलि (मंगलबार) बिहान १०ः०० बजे पछि… पुरा पढौ

जिल्ला प्रशासन कार्यालय कास्कीले थाल्यो शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्यहरु

सन्देश श्रेष्ठपोखरा, भदौ ३० जिल्ला प्रशासन कार्यालय कास्कीले आफ्नो दैनिक प्रशासनिक कार्यहरु शुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा तोडफोड तथा आगजनी भएको थियो । सो आगजनीका कारण प्रशासनिक भवन जलेर क्षेती पुगेको छ भने त्यहाँ रहेका कागजातहरु जलेर नष्ट भएका छन् । सोहि कारण सेवा ठप्प रहेको कार्यालयबाट हाल शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्यहरु शुरु गरिएको कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन् । उनका अनुसार हाल दुई वटा कार्यकक्षबाट… पुरा पढौ

पोखरामा भोलि बृहद शान्ति र्याली निकालिदै

पोखरा, भदौ २९ । पोखरामा भोलि बृहद शान्ति र्याली निकालिदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा भोलि बृहत शान्ति र्याली निकालिन लागेको हो । मुलुकको दिगो शान्तिको कामना एवम् व्यावसायिक सुरक्षाको प्रत्याभूतिका लागि बृहद शान्ती र्याली निकाल्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले निर्णय गरेको थियो । बृहद मौन शान्ती र्याली भोलि मंगलबार बिहान ७ः३० बजे संघको सचिवालय गैह्रापाटनबाट सुरु हुने जनाइएको छ । जेनजी आन्दोलनको क्रममा दिवंगत भएका… पुरा पढौ

जेनजी आन्दोलनमा चोरी, लुटपाट वा हराएका जिन्सी सामान फिर्ता गर्न गण्डकी प्रदेश सरकारको आग्रह

सन्देश श्रेष्ठपोखरा, भदौ ३० गण्डकी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा चोरी, लुटपाट वा हराएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार एक विज्ञप्ती निकालेर जेनजी आन्दोलनका क्रममा यहि भदौ २४ गते भएको तोडफोड तथा आगजनीका क्रममा हराएका, चोरी वा लुटपाट भएका सामानहरु फिर्ता गर्न आग्रह गरेको हो । गण्डकी सरकारका उप–सचिव प्रविण ढकालले जारी गरेको सूचनामा आन्दोलनका क्रममा गण्डकी सरकार अन्तर्गतका विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र निवासमा भएको तोडफोड तथा आगजनी… पुरा पढौ

तोडफोड र आगजनीमा संलग्न कास्कीका दुई वडा सभापतीमाथि रास्वपाले गर्यो कारवाही

सन्देश श्रेष्ठपोखरा, भदौ ३० जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न कास्कीका दुई वडा सभापतीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारवाही गरेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएपछि रास्वपा गण्डकी प्रदेशले कास्कीको पोखरा र मादीका एक/एक वडा सभापतीलाई निलम्वन गरेको हो । रास्वपा पोखरा महानगर–१० का सभापती चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेल जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न भएका थिए । रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले गरेको छानविनमा यी दुई… पुरा पढौ

पोखरा महानगरले असोज १ गतेदेखि सेवा थाल्ने

सन्देश श्रेष्ठ पोखरा, भदौ २९ पोखरा महानगरपालिकाले असोज १ गतेदेखि पुनः सेवा थाल्ने भएको छ । पोखरा महानगरपालिकाको हालै बसेको भर्चुअल कार्यपालिका बैठकले जेनजी आन्दोलनका कारण कार्यालयमा पुगेको क्षेतीका कारण स्थगित सेवा असोज १ गतेदेखि दिने निर्णय गरेको हो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते पोखरा महानगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी भएको थियो । जसका कारण महानगरको कार्यालयमा पूर्ण रुपमा क्षेती पुगेको छ । महानगरको ५२ औं कार्यपालिका बैठकले क्षेती नपुगेका कार्यालयहरुबाट सेवा दिने निर्णय गरेको पोखरा महानगरपालिकाका प्रवक्ता… पुरा पढौ

व्यवसायीक वातावरण बनाउन पोखरा उद्योग वाणिज्य संघले मौन शान्ति र्याली निकाल्ने

पोखरा, २९ भदौ । पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ ।पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ÷संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले यही भदौ ३१ गते मंगलबार बिहान मौन शान्ति ¥यालीको आयोजना गर्न लागेको हो । बिहान ७ः३० बजे संघको सचिवालय गैह्रापाटनबाट सुरु हुने मौन ¥याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना,देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण… पुरा पढौ

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा

पोखरा, भदौ २९ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की नेतृ सुमना श्रेष्ठले पार्टी छाडेकी छन् । पूर्व शिक्षा मन्त्रीसमेत रहेकी रास्वपा नेतृ श्रेष्ठले रास्वपा छाडेको घोषणा गरेकी हुन् । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला शिक्षामन्त्री बनेकी थिईन् । सुपनाले पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुःख दिईने गरेको गम्भीर आरोप लगाएकी छन् । पार्टीका नेतालाई देशभन्दा माथि पार्टी र पार्टी भन्दा माथि नेतालाई राखेको आरोप लगाउँदै उनले भनेकी छन्,‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि… पुरा पढौ