देश

कास्कीका निजी विद्यालय आज र भोलि पनि बन्द रहने

पोखरा । कास्की जिल्लाका संस्थागत विद्यालयहरू आज (भदौ २६ गते) र भोलि (भदौ २७ गते) पनि बन्द रहने भएका छन्। जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण सार्वजनिक यातायात तथा बजार बन्द लगायतका कारण विद्यार्थी र शिक्षकहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। मन्टेश्वरी एसोसिएसन, कास्की अध्यक्ष भवानी अधिकारी, हिसान कास्की अध्यक्ष दिवाकर जैसी एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी र प्याब्सन, कास्की अध्यक्ष षडानन्द गौतमद्वारा जारी संयुक्त विज्ञप्तिमा उक्त जानकारी गराइएको हो । विद्यालय सञ्चालकहरूले अभिभावकहरूलाई जारी गरेको विशेष… पुरा पढौ

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ । सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै भनेको छ-मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन… पुरा पढौ

कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै स्थगनबारे जानकारी गराएको हो । विज्ञप्तिमा भनिएको छ, ‘पूर्व निर्धारित तालिका अनुसार २०८२ भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक) परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।’ साथै स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ दिनको समयावधि दिई पछि प्रकाशन गरिने जनाएको छ । पुरा पढौ

सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः सञ्चालनमा आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल दिउँसो साढे २ बजेबाट पुनः सञ्चालनमा आएको हो । विभिन्न परिस्थितिका कारण मंगलबारदेखि रोकिएका उडानलाई बुधवार दिउसो बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकले पुनः सुचारु गर्ने निर्णय गरेको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै हवाई यात्राका लागि विमानस्थल पुग्ने यात्रुले आफ्ना सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिन र आधिकारिक टिकट तथा परिचयपत्रसहित मात्र विमानस्थल आउन आग्रह गरेको छ । यसैगरी, यात्रुले… पुरा पढौ

पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको जलेको शव भेटियो

पोखरामा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । जेनजीको आन्दोनका क्रममा मंगलबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा र उनका भाइ ध्रुव थापाको नयाँबजारस्थित घर र गाडी सोरुममा आगजनी गरेका थिए। आज विहान ध्रुवको गाडी सो रुममा काम गर्ने महिला सोहि आगोमा परेर मृत अवस्थामा भेटिएका हुन् । उनको अधिकांश भाग जलेको अवस्थामा शव भेटिएको बताइएको छ । उनको शव भर्‍याङनेर भेटिएको थियो। ती महिला आगो लागेपछि भाग्ने क्रममा उनी भर्‍याङनेर लडेको हुन सक्ने स्थानियको भनाई छ । हतारमा… पुरा पढौ

संयममता अप्नाउन जेनजीलाई अपिल !

प्रिय जेनजी–युग क्रान्ति सफल बनाएकोमा हार्दिक बधाई । यहाँहरुको नेतृत्वमा शासक ढलिसकेको छ । देशको परिस्थिति नया अध्यायमा अगाडि बढिसकेको छ । यस्तो परिस्थितिमा अब संयमता अप्नाउनका लागि हामी हार्दिक अपिल गर्दछौं । यहाँहरु शोकमा हुनुहुन्छ र यहाँहरुमा आक्रोस छ भन्ने थाहा छ । तर पछिल्लो समय सरकारी कार्यालयलगायतका भौतिक संरचना तथा नीजि सम्पतीमा जसरी आक्रमण, तोडफोड र आगजनी भइरहेको छ, यो पक्कै पनि राम्रो होईन । प्रिय जेनजी, ती संरचना तपाईं हाम्रै हो । अहिले भत्काईएका संरचना भोलि तपाईंहरुले… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान, अवतरण अनिश्चितकालका लागि बन्द

पोखरा अन्र्तराष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले मंगलबार एक विज्ञप्ती निकालेर विमानस्थलबाट उडान अवतरण अनिश्चितकालका लागि बन्द गरेको जनाएको हो । जेनजी आन्दोलनका कारण लगाइएको आगोको धुवाँबाट वायूमण्डलमा भएको प्रदूर्षणले भिजिविलिटी कम हुन गएकाले विमानस्थल बन्द गर्नुपरेको विज्ञप्तीमा उल्लेख छ । जेनजी प्रदर्शनका क्रममा भएको आगजनीले पोखराको वायुमण्डल तुवाँलो र धुवाँले ढाकेको छ । पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयदेखि सबै मन्त्रालय, पोखरा महानगरपालिकाको कार्यालय, महानगर अन्तर्गतका विभिन्न वडा कार्यालय, सरकारी कार्यालय, अदालत,… पुरा पढौ

जेनजीले लगाए गण्डकीको मुख्यमन्त्री कार्यालय, पोखरा महानगरदेखि सबै सरकारी कार्यालयमा आगो

सन्देश श्रेष्ठपोखरा, भदौ २४ जेनजी प्रदर्शनकारीले पोखरास्थित सबै सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । भ्रष्टाचारबिरुद्द आन्दोलनमा होमिएको जेनजीले पोखरास्थित गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयसहित सबै मन्त्रालयहरुमा तोडफोड तथा आगजनी गरेका छन् । उनीहरुले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय भित्रै पसेर आगजनी गर्नुका साथै तोडफोड गरेका हुन् । त्यस्तै, गण्डकी प्रदेशका अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय,… पुरा पढौ

नागरिक समाजले भन्यो : जेनजी पुस्तामाथि सरकारले गोली वर्षाउनु अक्षम्य अपराध

पोखरा, २४ भदौ ।नागरिक समाज कास्कीले जेनजी पुस्ताको सोमबार शान्तिपूर्ण आन्दोलनका क्रममा सरकारका तर्फबाट भएको नरसंहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जार्दै इतिहासमै कलंकित हुने गरी भएको नरसंहारको जति भत्र्सना गरे पनि कमी हुने ठहर गरेको छ ।देशमा व्याप्त चरम भ्रष्टाचार बेथिति तथा नेताहरु र तिनका परिवारको उच्च बिलासी जीवनशैलीका साथै सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्दप्रति व्यापक असन्तुष्टि जनाउँदै भएको शान्तिपूर्ण प्रदर्शनमा नरसंहार र गोलाबारीबाट दर्जनौं किशोरकिशोरी र युवाहरुले अनाहक ज्यान गुमाएकोमा दुःख व्यक्त… पुरा पढौ

जेनजी आन्दोलनले देश आक्रान्तहुँदा गण्डकीका मुख्यमन्त्री र पोखराका मेयर विदेश सयरमा मस्त

सन्देश श्रेष्ठपोखरा, भदौ २४ जेनजी आन्दोलनले देश आक्रान्तहुँदा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य विदेश सयरमा छन् । भ्रष्टाचारबिरुद्द जेनजी आन्दोलनले जेहाद छेड्दा गण्डकीका मुख्यमन्त्री पाण्डे श्रीमती विना शर्मासहित र मेयर आचार्य विदेश सयरमा मस्त भएका हुन् । जेनजी आन्दोलनमा दमनहुँदा देशभर १९ जनाको ज्यान जानुका साथै सयौं घाईते भएर अस्पतालमा छटपटाईरहेका छन् । यता मुख्यमन्त्री पाण्डे दम्पती र मेयर आचार्य युएईमा घुमफीरमा छन् । उनीहरु कास्की आदर्श समाज अन्र्तराष्ट्रिय समन्वय परिषदद्वारा आयोजित पहिलो अन्र्तराष्ट्रिय… पुरा पढौ