देश

बडादशैं शुरु, आज घटस्थापना

नेपालीको महान चाड बडादसैँ आजदेखि सुरु भएको छ । प्रत्यक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर… पुरा पढौ

विन्ध्यबासिनीमा नवदुर्गा महोत्सव भोलिदेखि

पोखरा, असोज ५ पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा भोलिदेखि नवदुर्गा महोत्सव शुरु हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नेपालीको महान चचाँड बडादशैंको पहिलो दिन भोलि असोज ६ गते घटस्थापनाका दिनदेखि नवदुर्गा महोत्सव शुरु हुन लागेको हो । नवरात्री भरी सञ्चालन हुने महोत्सव असोज १५ गते महानवमीका दिन समापन हुने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । नवदुर्गा महोत्सव महोत्सवको अवसरमा नौ दिनसम्म श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने उनले बताए । उनका अनुसार महोत्सव अवधिभर… पुरा पढौ

चाँडपर्व केन्द्रीत यामाहाको ब्लु फेष्ट अमरसिंहमा शुरु

पोखरा, असोज ५ पोखरामा यामाहाको चाँडपर्व केन्द्रीत ब्लु फेष्ट शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले अमरसिंहचौरको पश्चिमपट्टीको खेल मैदानमा आजदेखि नेपालीको महान चाँडपर्वहरु बडादशैं, तिहार, नेपाल र छठ केन्द्रीत यामाहाको ब्लु फेष्ट शुरु गरेको हो । असोज १३ गतेसम्म हुने ब्लु फेष्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने जनाइएको छ । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर एक्सचेञ्ज अफर गरिएको भि.ए.डब्लु… पुरा पढौ

एल.जि. युकेको सहयोगमा सहारा एकेडेमीका बालकहरुलाई ट्रयाक सुट हस्तान्तरण

पोखरा । लालीगुराँस एशोसियसन एल.जि. युकेको सहयोगमा सहारा एकेडेमीका बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको छ । एल. जि. एशोसियशन नेपालका संस्थापक एवम् एल. जि. फेष्ट कार्यक्रम युकेका संयोजक राजेन्द्र गुरुङ (कान्छा)को पहलमा युकेमा आयोजित एल.जि. फेष्टमा संकलित रकमबाट सामाजिक कार्य अन्तर्गत एल.जि. एशोसियशन नेपालका अध्यक्ष डम्मर जंग गुरुङको सहकार्यमा पोखरा १७ दोबिल्लामा रहेको सुर्यबहादुर केसी स्मृति सहारा आवसिय फुटबल एकेडेमीमा रहेका ३० जना बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको हो । सो अवसरमा वोल्दै एल. जि. एशोसियशन नेपालका अध्यक्ष डम्मर जंग… पुरा पढौ

जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन गण्डकी सरकारमो आग्रह

सन्देश श्रेष्ठपोखरा, असोज ४ गण्डकी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको छानविन गर्न संघ सरकारसँग आग्रह गरेको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्री परिषद बैठकले आन्दोलनका क्रममा सार्वजनिक तथा नीजि भवन, राजनीतिक दलहरुको कार्यालयमा भएको तोडफोड र आगजनीको निन्दा गर्दै त्यसको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले जानकारी दिए । उनले भने,‘जेनजी आन्दोलनका नाममा जे जति तोडफोड र आगजनी भए, त्यसको छानविन गरिनुपर्छ… पुरा पढौ

कार्यक्रम, सेमिनार, भ्रमण र तालिमको खर्च पुर्ननिर्माणमा लगाउने गण्डकी सरकारको निर्णय

सन्देश श्रेष्ठपोखरा, असोज ४ गण्डकी प्रदेश सरकारले आफू र आफू मातहतका कार्यालयहरुले गर्ने तालुख कार्यक्रम, सेमिनार, भ्रमण र तालिम खर्च पुर्ननिर्माणमा लगाउने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार बसेको बैठकले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये तालुक कार्यक्रम, सेमिनार, भ्रमण र तालिम स्थगित गरेर सो बापतको खर्च पुर्ननिर्माण र मर्मतसम्भारमा लगाउने निर्णय गरेको हो । कार्यक्रम गर्नै पर्ने भए होटल तथा रिसोर्टमा नभई मन्त्रालयकै हलमा गर्न निर्देशन दिइएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका… पुरा पढौ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौं, भदौ ३ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटको वरिपरि रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन् । संविधान दिवसको अवसरमा आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भइरहेको संकेत गर्दै गम्भीर चुनौतीहरूसँग जुध्न अहिलेको आवश्यकता राष्ट्रिय एकता रहेको बताएका छन्। बैठकमा अध्यक्ष प्रचण्डले संघिय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा जनयुद्धको भूमिकालाई उल्लेख गर्दै… पुरा पढौ

कास्कीका प्रहरी प्रमुख फेरिए, ओलीयाको ठाउँमा को ?

सन्देश श्रेष्ठपोखरा, असोज २ कास्कीका प्रहरी प्रमुख फेरिएका छन् । सरकारले प्रहरीका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको व्यापक सरुवा गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख पनि फेरिएका हुन् । सरकारले बुधबार ४८ जना एसपी र ९० जना डिएसपीहरुको सरुवा गरेको थियो । जसमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीया पनि परेका छन् । उनलाई कास्कीबाट केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखा लाजिम्पाट सरुवा गरिएको छ । एसपी ओलीयाको ठाउँमा नवीन कार्की आएका छन् । काठमाडौं उपत्यका… पुरा पढौ

जेनजी आन्दोलन : गण्डकी प्रदेश मातहतका दुई दर्जन कार्यालय जले

सन्देश श्रेष्ठपोखरा, असोज १ जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश सरकार मातहतका दुई दर्जन भवनमा क्षेती पुगेको छ । भ्रष्टाचारबिरुद्द भएको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश सरकार मातहत रहेका दुई दर्जन बढी कार्यालयका भवनहरुमा तोडफोड तथा आगजनीबाट क्षेती पुगेको गण्डकी प्रदेश सरकारले प्रारम्भिक तथ्याङ्क निकालेको हो । त्यसमध्ये ११ वटा भवनमा आगजनीहुँदा पूर्ण रुपमा क्षेती पुगेको छ भने बाँकी ११ वटामा तोडफोड र सामान्य आगजनी भएकाले आंशिक क्षेती पुगेको प्रारम्भिक निश्कर्ष निकालेको प्रदेश सरकारले जारी गरेको सूचनामा उल्लेख छ । गण्डकी… पुरा पढौ

क्षेतीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले भने : आन्दोलनलाई भड्काएर ध्वंश गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ

सन्देश श्रेष्ठपोखरा, भदौ ३१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी कार्यालयमा पुगेको क्षेतीको निरीक्षण गरेका छन् । मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सरकारी कार्यालयहरुमा भएको तोडफोड तथा आगजनीको मंगलबार निरीक्षण गरेका हुन् । जेनजी आन्दोलनका बेला मुख्यमन्त्री पाण्डे युएईमा थिए । कास्की समाज यूएईको कार्यक्रममा सहभागी हुन युएई गएका उनी सोमबार मात्र पोखरा फर्किएका हुन् । जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश तनावग्रस्त भइरहँदा मुख्यमन्त्री पाण्डे भने विदेश सयरमा मस्त भएपछि उनको आलोचना भएको थियो । स्वदेश… पुरा पढौ