देश

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव शुरु

पोखरा, असोज ५ पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा भोलिदेखि नवदुर्गा महोत्सव शुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नेपालीको महान चचाँड बडादशैंको पहिलो दिन आज घटस्थापनाका दिनदेखि नवदुर्गा महोत्सव शुरु भएको हो । नवरात्री भरी सञ्चालन हुने महोत्सव असोज १५ गते महानवमीका दिन समापन हुने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । नवदुर्गा महोत्सव महोत्सवको अवसरमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ पनि शुरु भएको छ । उनका अनुसार महोत्सव अवधिभर नवरात्रीको नौ दिन बिहान ९ः०० देखि मध्याह्न… पुरा पढौ

पोखराका ट्याक्सीमा प्रविधि क्रान्ति : अबदेखि ‘मुभईन’ एप्सबाट बाट चल्ने

सन्देश श्रेष्ठपोखरा, असोज ६ कुनैबेला पोखराका ट्याक्सी व्यवसायी तथा चालकहरु राईड सेयरिङको नाम पनि सुन्न चाहँदैनथे । राईड सेयरिङ व्यवसायी विरोधी हो भन्ने उनीहरुको बुझाई थियो । त्यहि भएर गण्डकी सरकारले राईड सेयरिङलाई मान्यता दिने निर्णय गर्दा उनीहरु आन्दोलनमासमेत होमिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा ५ दिने हड्ताल भएपछि सरकार ब्याक भएपछि मात्रै आन्दोलन रोकिएको थियो । त्यतिबेला राईड सेयरिङका कारण आफूहरुको रोजीरोटी गुम्नसक्ने भन्दै उनीहरु आक्रोस पोख्थे । त्यहि कारण उनीहरु राईड सेयरिङको विरोधीका रुपमा चित्रित भए… पुरा पढौ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् । सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय… पुरा पढौ

सुनको मूल्य हालसम्मकै उच्च , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । पुरा पढौ

बडादशैं शुरु, आज घटस्थापना

नेपालीको महान चाड बडादसैँ आजदेखि सुरु भएको छ । प्रत्यक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर… पुरा पढौ

विन्ध्यबासिनीमा नवदुर्गा महोत्सव भोलिदेखि

पोखरा, असोज ५ पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा भोलिदेखि नवदुर्गा महोत्सव शुरु हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नेपालीको महान चचाँड बडादशैंको पहिलो दिन भोलि असोज ६ गते घटस्थापनाका दिनदेखि नवदुर्गा महोत्सव शुरु हुन लागेको हो । नवरात्री भरी सञ्चालन हुने महोत्सव असोज १५ गते महानवमीका दिन समापन हुने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । नवदुर्गा महोत्सव महोत्सवको अवसरमा नौ दिनसम्म श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने उनले बताए । उनका अनुसार महोत्सव अवधिभर… पुरा पढौ

चाँडपर्व केन्द्रीत यामाहाको ब्लु फेष्ट अमरसिंहमा शुरु

पोखरा, असोज ५ पोखरामा यामाहाको चाँडपर्व केन्द्रीत ब्लु फेष्ट शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले अमरसिंहचौरको पश्चिमपट्टीको खेल मैदानमा आजदेखि नेपालीको महान चाँडपर्वहरु बडादशैं, तिहार, नेपाल र छठ केन्द्रीत यामाहाको ब्लु फेष्ट शुरु गरेको हो । असोज १३ गतेसम्म हुने ब्लु फेष्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने जनाइएको छ । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर एक्सचेञ्ज अफर गरिएको भि.ए.डब्लु… पुरा पढौ

एल.जि. युकेको सहयोगमा सहारा एकेडेमीका बालकहरुलाई ट्रयाक सुट हस्तान्तरण

पोखरा । लालीगुराँस एशोसियसन एल.जि. युकेको सहयोगमा सहारा एकेडेमीका बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको छ । एल. जि. एशोसियशन नेपालका संस्थापक एवम् एल. जि. फेष्ट कार्यक्रम युकेका संयोजक राजेन्द्र गुरुङ (कान्छा)को पहलमा युकेमा आयोजित एल.जि. फेष्टमा संकलित रकमबाट सामाजिक कार्य अन्तर्गत एल.जि. एशोसियशन नेपालका अध्यक्ष डम्मर जंग गुरुङको सहकार्यमा पोखरा १७ दोबिल्लामा रहेको सुर्यबहादुर केसी स्मृति सहारा आवसिय फुटबल एकेडेमीमा रहेका ३० जना बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको हो । सो अवसरमा वोल्दै एल. जि. एशोसियशन नेपालका अध्यक्ष डम्मर जंग… पुरा पढौ

जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन गण्डकी सरकारमो आग्रह

सन्देश श्रेष्ठपोखरा, असोज ४ गण्डकी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको छानविन गर्न संघ सरकारसँग आग्रह गरेको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्री परिषद बैठकले आन्दोलनका क्रममा सार्वजनिक तथा नीजि भवन, राजनीतिक दलहरुको कार्यालयमा भएको तोडफोड र आगजनीको निन्दा गर्दै त्यसको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले जानकारी दिए । उनले भने,‘जेनजी आन्दोलनका नाममा जे जति तोडफोड र आगजनी भए, त्यसको छानविन गरिनुपर्छ… पुरा पढौ

कार्यक्रम, सेमिनार, भ्रमण र तालिमको खर्च पुर्ननिर्माणमा लगाउने गण्डकी सरकारको निर्णय

सन्देश श्रेष्ठपोखरा, असोज ४ गण्डकी प्रदेश सरकारले आफू र आफू मातहतका कार्यालयहरुले गर्ने तालुख कार्यक्रम, सेमिनार, भ्रमण र तालिम खर्च पुर्ननिर्माणमा लगाउने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार बसेको बैठकले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये तालुक कार्यक्रम, सेमिनार, भ्रमण र तालिम स्थगित गरेर सो बापतको खर्च पुर्ननिर्माण र मर्मतसम्भारमा लगाउने निर्णय गरेको हो । कार्यक्रम गर्नै पर्ने भए होटल तथा रिसोर्टमा नभई मन्त्रालयकै हलमा गर्न निर्देशन दिइएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका… पुरा पढौ