देश

तीजलाई विशेष बनाउन टेवानले तीज सांस्कृतिक महोत्सव आयोजना गर्दै

सन्देश श्रेष्ठपोखरा, भदौ ४ नेपाली महिलाहरुको महान चाँड तीजको अवसरमा पर्यटनको राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा तीज सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । सांस्कृतिक पर्व तीजलाई विशेष बनाउन पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा यहि भदौ १० र ११ गते पोखरा–६ लेकसाईडस्थित वाराहीघाटमा तीज सांस्कृतिक महोत्सवको तेस्रो संस्करण हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा योगदान पुर्याऔं’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा तीज गीत प्रतियोगिता, नृत्य, रस्साकसी, साडी… पुरा पढौ

समाजसेवी के.सीद्वारा सिद्ध मा.वि.मा अक्षयकोष स्थापना

पोखरा–१५ कोलपाटन (माछापुच्छ्रे मार्ग)का समाजसेवी, मिलनसार तथा सहयोगी व्यक्तित्व झलक बहादुर के.सी. (खत्री)ले सिद्ध माध्यमिक विद्यालय, पोखरा–१५ मा अक्षयकोष स्थापना गरेका छन्। केसीले आफ्नो ८८ वर्षीय पिता भक्तबहादुर खत्रीको दीर्घायु र सु–स्वास्थ्यको कामना गर्दै विद्यालयमा आयोजित एक कार्यक्रमबीच रु. २५,०२५ (पच्चीस हजार पच्चीस रुपैयाँ) सहयोग रकम प्रदान गर्दै अक्षयकोष स्थापना गर्नुभएको प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए। श्के.सी.की धर्मपत्नी शोभा के.सी., छोरा–छोरीहरू सबैको उज्ज्वल भविष्य तथा दीर्घायु जीवनको कामना गर्दै विद्यालय परिवारले उहाँप्रति कृतज्ञता व्यक्त गरेको छ। विद्यालयका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत… पुरा पढौ

लामाचौर तीज महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, भदौ ३ गते ।  नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ हुने भएको छ । संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ ८ देखि १० गतेसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा सो महोत्सव हुन लागेको हो ।मंगलबार पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष इ.दिनेश भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए ।‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण लामाचौर कप भलिबल प्रतियोगिता हो ।… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भयो भन्ने रिपोर्ट हावादारी रुपमा बनाएको महानिर्देशक अधिकारीको टिप्पणी, पुष्टि गर्न सरकार र उप-समितिलाई चुनौति

सन्देश श्रेष्ठपोखरा, भदौ ३ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको छानविन गर्न बनेको संसदीय उप–समितिले हावादारी प्रतिवेदन बनाएको आरोप लगाएका छन् । महानिर्देशक अधिकारीले मंगलबार पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन गरेर संसदको सार्वजनिक लेखा समितिले बनाएको सो उप–समितिले मनगढन्ते रुपमा हावादारी प्रतिवेदन बनाएको टिप्पणी गरेका हुन् । सो उप–समितिले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमामा १५ अर्ब भ्रष्टाचार भएको आरोप लगाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयोजकत्वको उप–समितिले विमानस्थल निर्माणको लागत १५ अर्बबाट बढाएर २२ अर्ब… पुरा पढौ

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ । यस्तै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा तथा कर्णाली प्रदेश र मधेस प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर… पुरा पढौ

दीगो पर्यटनमा साझेदार खोज्दै पोखरा

सन्देश श्रेष्ठपोखरा, भदौ २ पर्यटनको राजधानी पोखराले पर्यटनमा साझेदार खोज्न शुरु गरेको छ । पर्यटनको राजधानी घोषणालगत्तै पोखरा भ्रमण वर्ष–२०२५ घोषणा गरेको पोखरा पर्यटनमा साझेदार खोज्दै विभिन्न पालिका पुगेको हो । भ्रमण वर्ष–२०२५ मा मात्रै १५ लाख पर्यटक भित्राउने लक्ष्य राखेको पोखराले पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिको अगुवाईमा पहाडकी रानी बन्दीपुर र नेपालको एकीकरणको शुरुवात भएको ऐतिहासिक स्थल गोरखा नगरपालिकालाई पर्यटनमा साझेदार बन्न आग्रह गरेको हो । यी दुई ठाउँबाट साझेदार खोज्ने अभियान शुरु गरेको पोखराले निकट भविष्यमा चितवनको भरतपुर… पुरा पढौ

महिला उद्यमी संघ गण्डकीको अध्यक्षमा रेग्मी

पोखरा, भदौ २ महिला उद्यमी संघ नेपालले गण्डकी प्रदेश शाखा गठन गरेको छ । गण्डकी प्रदेशका महिला उद्यमीहरुको सोमबार पोखरामा भएको भेलाले पार्वती पौडेल रेग्मीको अध्यक्षतामा महिला उद्यमी संघ गण्डकी गठन गरेको हो । संघको उपाध्यक्षमा निर्मला मल्ल, सचिवमा रिता रेग्मी अर्याल र कोषाध्यक्षमा खगिसरा लामिछाने (पुनम) सर्वसम्मत चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा शारदा बराल (सरु), चन्द्रकला राना, भीमा कोईराला, सुकुन रसाईली विक र विनिता अधिकारी चयन भएको नवनिर्वाचित अध्यक्ष पार्वती पौडेल रेग्मीले जानकारी दिईन् । महिला उद्यमीहरुको भेलालाई… पुरा पढौ

पो.म.न.पा. वडा नं १५ द्वारा सिद्ध मा.वि.लाई खेलकुद सामग्री प्रदान

पोखरा महानगरपालिका वडा नं. १५ ले सिद्ध माध्यमिक विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेको छ। वडा अध्यक्ष तोरणबहादुर बानियाँले विद्यालयका प्रधानाध्यापक गुरदत्त कोइरालालाई सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा अध्यक्ष बानियाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य भएकाले वडाले शैक्षिक विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेको बताए। स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो न भएकाले यसको रक्षाका निमित्त मानव जीवनमा खेलकुद अपरिहार्य रहेको बताए । प्रधानाध्यापक कोइरालाले सामग्री प्राप्त भएपछि विद्यार्थीहरूमा खेलप्रति रुचि र सहभागिता बढ्ने विश्वास व्यक्त गर्दै वडा कार्यालयप्रति आभार व्यक्त गरे।… पुरा पढौ

पोखरामा मनाइँयो ३१ औं मगर प्रसारण दिवस शिक्षालाई जोड दिन नसक्दा पछाडि प¥यौंः सांसद गाहामगर

पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो ।रेडियो नेपालमा २०५१ साल भदौं १ गते पहिलो पटक मगर भाषामा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै नेपाल मगर पत्रकार संघ कास्कीको आयोजनामा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो ।मगर पत्रकार संघ कास्कीले ३१ औं मगर प्रसारण दिवसको अवसरमा पोखरामा अग्रज सञ्चारकर्मी हर्क आलेमगर र खेम सारुमगरलाई… पुरा पढौ

प्रगतिशील माध्यमिक विद्यालयमा सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न

प्रगतिशील माध्यमिक विद्यालय अन्नपूर्ण–४, कास्कीले आइतबार एक विशेष समारोहको आयोजना गरी यस वर्षको कक्षा १० (SEE) र कक्षा १२ (SLC) उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । साथै, सोही अवसरमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसमेत गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. खड्गबहादुर के.सी.ले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भरतबहादुर के.सी., विशेष अतिथिका रूपमा विद्यालयका प्राचार्य श्री नमराज पौडेल तथा अतिथिका रूपमा पूर्व–प्राचार्य नारायण प्रसाद पौडेलको… पुरा पढौ