देश

नारायणस्थान मन्दिरमा श्रीमद्भागवत महापुराण जारी

पोखरा, साउन २८ पोखरा–३ नदीपुरस्थित नारायणस्थान मन्दिरमा श्रीमद्भागवत महापुराण जारी छ । हिमालयन सिद्द महायोग ध्यान साधना केन्द्र नदीपुरमा साउन २५ गतेदेखि शुरु भएको महापुराण एक हप्तासम्म चल्नेछ । महायज्ञको संकल्पकर्ता अनन्त श्री विभूषित आध्य जगत गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज (महायोगी सिद्ध वावा) छन् । श्रीमद्भागवत महापुराणमा श्री मद्भागवत कथा अनन्त श्री श्री १००८ श्री वैष्णव महन्त श्री हरि शंकर दास “वेदान्ती“ जी महाराजको मुखारविन्दुबाट भइरहेको छ । गत हरिशयनी एकादशीवाट शुरु भएको चतुर्मास व्रत अनुष्ठान… पुरा पढौ

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १०० रुपैयाँमात्रै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । पुरा पढौ

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । ्कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई… पुरा पढौ

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ । आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा… पुरा पढौ

रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन

गण्डकी, २७ साउन पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थियो ।अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको पर्खाल वाहिरको खाली जग्गामा स्थानीय पहलमा निर्माण गरिएको चौतारामा प्रदर्शन गरिएको लाखे नाच हेर्नका लागि विभिन्न स्थानबाट हजारौको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।पोखराका नेवार समुदायले घण्टाकर्णदेखि श्रीकृष्ण जन्माष्टमी पर्वसम्म पन्ध्र दिन प्रदर्शन गरिने यो नाचमा विशेष गरि ढोलक भ्mयाम्टाको जिउनै थर्किने… पुरा पढौ

पोखराको लेकसिटी कलेजमा विद्यार्थीका लागि ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु

पोखरा । पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम 'पढ्दै कमाउदैँ' परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् । मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थीहरुलाई नियुक्तीपत्र प्रदान गरिएको छ । परियोजनामा लेकसिटी कलेजका ६ जना विद्यार्थीहरु नियुक्त भएका छन् ।… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसमा कर्मचारीहरुलाई तालिम

पोखरा, साउन २७ कालिका बहुमुखी क्याम्पस पोखरामा कर्मचारीहरुका लागि त्रिभुवन विश्वविद्यालयका परीक्षाहरुसँग सम्बन्धित तालिम आयोजना गरिएको छ । त्रि.वि परिक्षा नियन्त्रण कार्यलयको सहयोगमा त्रिभुवन विश्वविद्यालयका परीक्षाहरुसँग सम्बन्धित क्रियाकलापहरुलाई प्रभावकारी र समयसापेक्ष गर्ने उद्देश्यले कर्मचारीहरुलाई सुचना प्रविधिमैत्री बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाका सम्पूर्ण कार्यहरु अनलाईन मार्फत सम्पादन गरिने भएकाले सम्बन्धीत कर्मचारीहरु प्रविधिमा सक्षम र नयाँ सफ्टवयर्का बारेमा ज्ञान हुनु आवश्यक रहेको बताए । त्यसैले कालिका बहुमुखी क्याम्पससँगको… पुरा पढौ

सिटिजन फर्निचरको आयोजनामा पोखरामा भएको पाल्पाको लाखे नाचमा रमाए पोखरेली

पोखरा, २७ साउन ।पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा प्रदर्शन गरिएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा सोमबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि प्रदर्शन गरिएको हो ।करिब ४ घण्टासम्म चलेको नाच हेर्न दर्शकको ठूलो संख्यामा उपस्थिति थियो । विभिन्न भेषभूषामा सजिएका लाखे र भुच्चाको हाउभाउ कलात्मक थियो । लगातार बाजाको तालमा उनीहरु असिनपसिन भइ नाचेका थिए । पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले गत वर्ष झैं यसपालि पनि सो कार्यक्रम गरिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी… पुरा पढौ

कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार गुरुङ र गोरखाका श्रेष्ठ सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित भएका छन् ।पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा स्वर्गीय बुवाआमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित यस पुरस्कार यो वर्ष पत्रकारद्वय गुरुङ र श्रेष्ठलाई प्रदान गरिएको हो । मङगलबार पोखरा-२५ सुइखेत रिभर भ्याली रिसोर्टमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला,… पुरा पढौ

खर्च कटौती गर्दै गण्डकी सरकार ः ७ निर्देशनालय खारेज, १५ निकाय गाभिदा १८५ दरबन्दी कटौती

सन्देश श्रेष्ठपोखरा, साउन २६ गण्डकी प्रदेशका विभिन्न ७ निर्देशनालय खारेज गरिएको छ । गण्डकी प्रदेश सरकारको सोमबार विहान बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकार मातहत रहेका ७ निर्देशनालय खारेज गर्ने निर्णय गरेको हो । मन्त्री परिषद बैठकले पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । गण्डकी… पुरा पढौ