देश

तीर्थ श्रेष्ठका सम्मानमा ‘हिउँमा नलेखिएका तीर्थ-पाँच आयामका साथ’ आयोजना

पोखरा, ३ साउन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोकसंस्कृतिमा सम्पन्न रहेको बताएका छन् । पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ–पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गरे । ‘आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका… पुरा पढौ

एमाले कास्कीले भन्यो : घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री अधिकारीलाई पनि बर्खास्त गरियोस्

पोखरा, साउन ३ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले) कास्कीले घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ । एमाले कास्कीको शनिबार बसेको पूर्ण बैठकले पोखराको १३५ रोपनी लिची बगैंचा हडप्ने योजनाको घुस डिल भएको अडियोमा मुछिएका मन्त्री अधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष माग गरेको हो । घुस डिल भएको अडियोमा मुछिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजिनामा दिइसकेको तर सोहि काण्डमा मुछिएका अधिकारी पदमा कायम रहनु गलत हुने भन्दै अधिकारीलाईपनि बर्खास्त… पुरा पढौ

पोखरामा असोज ४ गते दोस्रो पुम्दी-भुम्दी पर्वतीय दौड हुने

पोखरा २, साउन खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगितालाई पुम्दी–भुम्दीकै उत्सवको रुपमा मनाउन स्थानीयले सुझाव दिएका छ्न् । पोखरा क्लिक प्रालीको आयोजनामा आउँदो असोज ४ गते पोखरामा हुने उक्त प्रतियोगितालाई पोखरा २२ पुम्दी भुम्दीका स्थानीयले गाउँकै उत्सवको रुपमा उक्त प्रतियोगिता बनाउन सुझाव दिएका हुन् । मिति घोषणा सहित स्थानीय क्लब,टोल विकास संस्था, जनप्रतिनिधि लगायतका विभिन्न संघ संस्था एवं स्थानीयसँग भएको छलफल क्रममा सहभागिहरूले अघिल्लो बर्षमा भएका कमीकमजोरी सुधार गर्दै उत्कृष्ट व्याबस्थापनमा जुट्न समेत आग्रह… पुरा पढौ

नेवाः संस्कृति सम्बन्धि चलचित्र ‘लाखे आजु’ भोलि पोखरामा प्रदर्शन हुँदै

पोखरा, साउन २ नेवारी संस्कृतिमा आधारित सांस्कृतिक चलचित्र 'लाखे आजु; भोलि पोखरामा प्रदर्शन हुने भएको छ । नेवा संस्कृतिको संरक्षण तथा प्रवर्धनमा सदैव लागिरहेको नेवाः मिसा पुचः पृथ्वीचोकको आयोजनामा भोलि शनिबार पोखरामा 'लाखे आजु' प्रदर्शन हुन लागेको हो । बाराही चलचित्र मन्दिर, तेर्सापट्टी, पोखरामा विहान ८ बजेदेखि चलचित्र प्रदर्शन हुने जनाइएको छ । नेवारी, परम्परा, संस्कृति र भाषामा बनाइएको चलचित्रमा सोहित मानन्धर र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ भने नेपाली चलचित्रका प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ तथा मदनदास श्रेष्ठकोसमेत भूमिका… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि

अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा पर्यटक आगमन २५ प्रतिशतले बढेको छ। गत आवमा २ लाख ७८ हजारभन्दा बढी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए, जसमा दक्षिण एसियाली र अन्य देशका पर्यटक थिए।कोभिड–१९ महामारीपछि अन्नपूर्ण क्षेत्रको पर्यटन पुरानै लयमा फर्किएको छ, र पदयात्राका लागि यो क्षेत्र विश्व प्रसिद्ध छ।गण्डकी। पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८०र८१ को तुलनामा गत आवमा पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०र८१… पुरा पढौ

गण्डकी प्रदेशको बजेट खर्च ६९ प्रतिशत

पोखरा, साउन १ गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा करीब ६९ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा गण्डकी सरकारले ६९.५४ प्रतिशत बजेट खर्च गरेको हो । यो अघिल्लो वर्षको तुलनामा २.९५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष गण्डकी सरकारले ६६.५९ प्रतिशत बजेट खर्च गरेको थियो । आर्थिक वर्ष २०८१÷८२ का लागि गण्डकी सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमा २२ अर्ब ९३ करोड ४० लाख ८१ हजार ६… पुरा पढौ

आज साउने सङ्क्रान्ति , लुतो फाल्ने दिन

आज साउने संक्रान्ति पर्व, सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ । अधिकांश… पुरा पढौ

सराङकोट धाममा श्रावण विशेष कार्यक्रम

पोखरा । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १८ सराङकोटस्थित सराङकोट धाममा श्रावण महिना विशेष कार्यक्रम हुने भएको छ । आशुतोष भगवान सदाशिवको अत्यन्त प्रिय महिना श्रावण भएकाले श्रावण महिनामा परेको चार वटै सोमबार विशेष कार्यक्रम गरिने धामका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । श्रावणको ५, १२, १९ र २६ गते सोमबार परेको छ । प्रत्येक सोमबार शिवपुजन, रुद्राभिषेक, भजन कीर्तन, महाआरतीसहित विभिन्न कार्यक्रम हुनेछ । साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमिकालिका र भैरवको… पुरा पढौ

फेवाताल संरक्षणमा कोशेढुंगा : तालघर सिमाङ्कनका लागि पोल गाड्ने काम सकियो

पोखरा, असार ३२ पोखराको फेवाताल किनार (तालघर) सिमाङ्कन गर्ने पहिलो चरणको काम सम्पन्न भएको छ । नेपालकै प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनार (तालघर) छुट्याउनका लागि प्राविधिकले डिजिटल रुपमा यकीन गरेको ठाउँमा भौतिक पोल गाड्ने काम सम्पन्न भएको हो । यसलाई फेवाताल संरक्षणमा कोशेढुंगा मानिएको छ । यसअघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले गठन गरेको प्राविधिक उप–समितिले फेवाताल किनार (तालघर)मा १ हजार ५५ वटा डिजिटल पोल गाड्न सिमाङ्कन गरेको थियो । प्राविधिक टोलिले प्राविधिक रुपमा मार्किङ गरेका सबै ठाउँमा भौतिक… पुरा पढौ

ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट

पोखरा, ३२ असार । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताएका छन् । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उनले जोड दिए । जेष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा ३१ मा सञ्चालित शिव महापुराण धार्मिक समारोहको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले जेष्ठ नागरिकहरूलाई संगठित गरी उनीहरुका समस्याको पहिचानको साथै समाधानका उपायको खोजी गर्नुपर्नेमा जोड दिए । नेपालमा हरेक वर्ष पुस ११ लाई राष्ट्रिय… पुरा पढौ