देश

जुवातास खेल्दै गरेका कास्कीका ५ जना पक्राउ

जुवातास खेलिरहेको आरोपमा कास्की प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कास्की जिल्ला माछापुच्छ्रे गा.पा.–७ फेदीको एक घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा गएको जिप्रका कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलिले फेदीका स्थानिय ४१ वर्षिय बिनोद गुरुङ, ५३ वर्षिय कोधिरबहादुर गुरुङ, ४७ वर्षिय कृष्णबहादुर गुरुङ, माछापुच्छ्रे गा.पा. वडा नं.–८ ल्वाङघलेलका ४० वर्षिय चन्द्रमान तामाङ र पोखरा–२५ सुईखेतका ४० वर्षिय गंगाबहादुर थापालाई पक्राउ गरेको हो । पक्राउ परेका ५ जनाको साथबाट चार बुक ताससहित नगद ७३ हजार… पुरा पढौ

कास्की जिल्लाका चार उत्कृष्ट कृषक पुरस्कृत

पोखर, असार ३१ कास्कीका उत्कृष्ट चार कृषक पुरस्कृत भएका छन् । कृषि ज्ञान केन्द्र कास्कीले वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाईको अवसर पारेर आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट हुन सफल चार कृषकहरुलाई पुरस्कृत गरेको हो । कार्यक्रममा पोखरा महानगरपालिकाकी पिन शोभा गुरुङ, अन्नपूर्ण गाउँपालिकाका नरेन्द्रप्रसाद पौडेल, रूपा गाउँपालिकाका जोरेली मिया र माछापुच्छ्रे गाउँपालिकाका कृष्णप्रसाद दाहाललाई जनही दश/दश हजारसहित दोषल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको हो । पुरस्कृत कृषकहरुलाई जिल्ला समन्वय समिति (जिसस) कास्कीका प्रमुख लीलाधर पौडेल, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा,… पुरा पढौ

शुक्लाले जनकवि केशरी धर्मराज थापाको १०१ औं जन्मजयन्तीमा विशेष कार्यक्रम गर्ने

पोखरा जनकवि केशरी धर्मराज थापाको १ सय १ औं जन्मजयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रम गरिने भएको छ। पोखराको बाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले ूसम्झनामा जनकवि केशरीू विशेष स्मृति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको सचिव रामप्रसाद पौडेलले जानकारी दिए । कवि स्वर्गीय थापाको जन्म दिनको अवसरमा यही साउन १ गते बिहान बाटुलेचौरमा स्मृतिमा शब्द, साधना र संगीतका विषयमा चर्चा गरिने बताईएको छ। लोक साहित्य र गीत, संगीतका शिखर पुरुष जनकवि थापाले लोक संस्कृतिमा आधारित विभिन्न पुस्तक प्रकाशन गरी र विभिन्न लोक… पुरा पढौ

सेतीनदी माथि पटनेरी र सितापाईला जोड्ने पुल सञ्चालन

रासस)गण्डकी,३१ असार पोखराको दक्षिणी भेगस्थित पोखरा १७ को सितापाईला र १५ को पटनेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागिता सहित २२ लाख १४ हजार ६४५ रुपैयाको लागतमा सो पुल निर्माण सम्पन्न गरिएको हो ।अठार मिटर लम्वाई र एक दशमलव पाँच मिटर चौडाईको सो ट्रष्ट ब्रिज निर्माणसंगै पटनेरीका करिव तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीसमेत लाभान्वित हुनेछन् ।गण्डकी प्रदेश… पुरा पढौ

‘आमा’ खण्ड काव्यभित्र अभिव्यक्त देशप्रेम

विषयप्रवेशआमा हुन् जननी यिनै भगवती हुन् सृष्टिकर्ता यिनीयी हुन् सत्य र शक्ति स्रोत करुणा त्यागी तपस्वी पनिकौ हैनन् र यिनी ? सबै चिज यिनी, को हुन्छ आमा सरी ?श्रद्धा भाव उराली भन्छु जननी सम्पूर्णकी ईश्वर । (वन्दना) आमा शब्द स्वयंमा माया, प्रेम, करुणा, सहनशीलता, त्याग र बलिदानको प्रतीक हो । संसारका सबै भाषा र संस्कृतिभित्र आमाको स्थान सबैभन्दा उच्च र पवित्र मानिन्छ । हाम्रा जीवनका हरेक पाटामा आमाको भूमिका असाधारण हुन्छ ।आमा जीवनकी आधार हुन् । आमा नै सन्तानका जीवनकी… पुरा पढौ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीद्वारा अनुदान प्राप्त योजनाहरुको प्रगति सन्तोषजनक

पोखरा, असार ३० प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कास्की जिल्लामा आर्थिक वर्ष २०८१÷८२ मा सयौं योजनाहरु छनौट भए । ती योजनाहरुमा परियोजनामार्फत ६ करोड भन्दा बढी अनुदान प्रदान गरियो । कुल ६ करोड ६५ लाखको बजेट भएपनि २८ लाख रुपैयाँ भने रोक्का भएपछि ६ करोड ३७ लाख रुपैयाँ बजेट रहेको थियो । जसको करीब ९० प्रतिशत वित्तीय प्रगति हासिल भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कास्कीका प्रमुख माधवप्रसाद लम्सालले जानकारी दिए । परियोजनाले पशुपन्छी, फलफूल तथा तरकारी, स्वास्थ्यलगायतका… पुरा पढौ

विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, गण्डकीको संयोजकमा कृष्ण आचार्य

पोखरा, २९ असार अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले नेपाली युवा उद्यमीलाई विश्वभर जोड्दै छ । फिनेले नेपालबाट युवा उद्यमीलाई जोड्नका लागि प्रदेशहरु कमिटि विस्तारमा लागेको बताएको छ । बागमती प्रदेशमा कमिटि गठन गरी सकेको र गण्डकी प्रदेशमा कमिटि गठनका लागि संयोजक तोकेको फिनेका आइसी महासचिब दिपेन घलेले बताए । गण्डकी प्रदेशमा पर्यटन व्यवसायी कृष्ण आचार्यलाई संयोजक तोकेको छ । अगस्ट २ तारिकमा पोखरामा भेला गरेर समिति बनाउने आचार्यले बताए । विदेशमा भएका नेपाली उद्यमीहरूले नेपालसँग जोड्न संस्थाको स्थापना… पुरा पढौ

भानु जयन्तीक अवसरमा ‘रूपा काव्य’ उत्सव सम्पन्न

२१२ औँ भानु जयन्तीको अवसरमा रूपा वाङ्मय प्रतिष्ठानले रूपा काव्य उत्सव सम्पन्न गरेको छ । रूपा-६, खोलाको छेउमा सम्पन्न भएको उक्त कार्यक्रममा ५ जना कविले विशेष कविता वाचन शृङ्खलामा कविता वाचन गरेका थिए भने १५ जना कविले खुल्ला सृजना वाचन शृङ्खलामा प्रस्तुती दिएका थिए । विशेष कविता वाचनमा डा. गणपति ओझा, नवराज अधिकारी, हरिकला गौतम, तारानाथ पराजुली र सुप्रिया खनाल रहेका थिए । भानुभक्त को व्यक्तित्त्वको परिचर्चा गर्दै उनको सम्झनामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रकट पगेनी स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम… पुरा पढौ

राष्ट्रिय माविको हीरक महोत्सवमा ५८ लाख खर्च

पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आफ्नो हीरक महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । शनिबार विद्यालयले आर्थिक प्रतिवेदन समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रमसहित हीरक महोत्सव २०८०/०८१ को आयव्यय सार्वजनिक गरेको हो । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटाले हीरक महोत्सवका सबै कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले गरेका हुन् । उक्त आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यो असार २७ गतेसम्म हीरक महोत्सवको कुल आम्दानी ५८ लाख ९७ हजार… पुरा पढौ

र्‍यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा

पोखरा, असार २८ गते ।  र्‍यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले रैथाने ज्ञान पद्धतिमा आधारित रहेर कृतिको चर्चा गरे । रैथाने ज्ञान प्रणालीमा ज्ञान सामूहिक हुने बताउँदै त्रिवेणीले हिउँको गीतमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान पनि सँगसँगै बगिरहेको धारणा राखे । उनले हिउँको गीतमा… पुरा पढौ