देश

आज ४३ औं बीपी स्मृति दिवस मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति… पुरा पढौ

पोखरा २६ का जेष्ठ नागरिक र परियार समाजलाई बाद्य सामाग्री हस्तान्तरण

लेखनाथ/साउन ०५पोखरा महानगरपालिका वडा नं. २६ ले वडाका विभिन्न जेष्ठ नागरिक समूहलाई बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेको छ । वडा अध्यक्ष नरेन्द्र थापाले जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरा लगायतका बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेका हुन ।घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटा शंकरमा रहेको सिलिङ्गे जेष्ठ नागरिक दिवा सेवा केन्द्र, खाष्टेताल जेष्ठ नागरिक समाज, खरानोचोक फराकको चौतारा जेष्ठ नागरिक समुहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।यसैगरी देउराली मन्दिरको समूहलाई पनि एक… पुरा पढौ

पोखरामा १२ लाख चोरी गरेको आरोपमा एक जना पक्राउ

पोखरा, साउन ५ पोखरामा १२ लाख बढी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–५ मालेमाटनस्थित दाङ भ्याली फ्रेस हाउसका सञ्चालक संगिता भण्डारीको कोठाभित्र दराजमा राखेको १२ लाख ३० हजार रुपैयाँ चोरी गरेको आरोपमा कास्की प्रहरीले ओमबहादुर भुजेललाई पक्राउ गरेको हो । चोरी गरेको आरोपमा पक्राउ परेका भुजेल कास्की माछापुच्छ«े गाउँपालिका वडा नम्बर–९ का हुन् । उनलाई पोखरा–६ डिहिकोपाटनबाट शुक्रबार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । भुजेलको… पुरा पढौ

मदरल्याण्ड माविमा स्वागत, देश बिग्रेको छैन, बरु सप्रेको छ : डा.भगवान कोइराला

पोखरा, साउन ५वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला देश बिग्रेको भनेर मात्र मान्न तयार छैनन् । आफुले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेकोले देश बिग्रेको नभई सप्रेको डा.कोइराला बताउँछन् ।पछिल्लो समय नेपाल खत्तमै भयो, सबैतिर बिग्रियो, भत्कियो, कामै केही भएन भन्ने मात्र भाष्य सिर्जना भएको छ । युवाको विदेश पलायनको ताती, बढ्दो बेरोजगारी समस्या जस्ता विषयलाई उठान गर्दै देश बिग्रेको भन्ने गुनासो सर्वत्र छ । तर, डा. कोइराला यस्ताखाले भाष्यप्रति फरक मत राख्छन ।पोखराको मासवारस्थित मदरल्याण्ड माविले सोमबार माध्यमिक शिक्षा परीक्षा… पुरा पढौ

कोभिड–१९ का कारण पोखरा फूलबारीकी एक महिलाको मृत्यू

पोखरा, साउन ५ नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण पोखरामा एक महिलाको मृत्यू भएको छ । कोभिड–१९ भएर पोखराको नागढुंगास्थित चरक अस्पतालमा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर–११ की एक महिलाको मृत्यू भएको हो । ७० वर्षिया बृद्दा ती महिलाको आइतबार मृत्यू भएकी प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । कोभिडका कारण उनमा स्वासप्रश्वासको समस्या देखिएको थियो । स्वास्थ्य जटिल बनेपछि असार २५ गते अस्पताल भर्ना भएकी उनको आइतबार मृत्यू भएको निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । कोभिड भएकी… पुरा पढौ

आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको भीड

आज यो वर्षको पहिला साउने सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ । साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दानलगायत कार्य गर्छन् । शिव पुराणमा उल्लेख भएअनुसार समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विष शिव भगवान्ले साउन महिनामा नै निलेको र पछि सन्सारको रक्षा भएको विश्वास गरिन्छ । ज्योतिषीय दृष्टिकोणले पनि साउन महिना आरम्भ… पुरा पढौ

विद्युतको सबैभन्दा धेरै र समयमा तिर्ने उपभोक्ता शिवम सिमेन्ट, सिजी, गोर्खा ब्रुअरीलगायत

पोखरा,नेपाल विद्युत प्राधिकरण गण्डकीले २०८१ सालमा उच्चतम खपत गरि समयमै महसुल दाखिला गर्ने उत्कृष्ट उद्योगी व्यवसायी तथा संघ संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट ग्रहाकहरुलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले सम्मान गरेका हुन । सम्मानित सेवाग्राहीलाई धन्यवाद व्यक्त गर्दै कार्यकारी प्रमुख शाक्यले उपभोक्ताको कारण नै प्रधिकरणको विकास हुने र प्राधिकरणको विकास भए समग्र देशको विकास हुने बताए । उपभोक्ताहरुले प्रयोग गर्ने विद्युत दैनिक जिवनशैलीमा भन्दा बढी व्यवसायीक या औधोगिक कार्यमा लगाउन आग्रह गर्दै विद्युतीय संसाधनको प्रयोग गर्दा सजग… पुरा पढौ

कास्कीका घान्द्रुक, सिक्लेस र ताङतिङ पनि रातीमा जान लगाइएको रोकलाई निरन्तरता

प्रशासनले कास्कीका प्रमुख पर्यटकीय गन्तव्यहरु घान्द्रुक, सिक्लेस र ताङतिङ पनि रातीमा जान रोक लगाएको छ । लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरोको जोखिम देखिएपछि प्रशासनले रातीको समयमा ती गन्तव्यहरुमा जान रोक लगाएको हो । कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कास्कीको विरेठाँटीदेखि उल्लेरी, घान्द्रुक, लुम्लेदेखि लान्द्रुक, पोखराको काहुँखोलादेखि सिक्लेस र ताङतिङ जाने बाटोमा रातीको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको बताईन् । यी बाटाहरुमा निगरानीसमेत बढाइएको बताउँदै उनले भनिन्,‘यी गन्तव्यमा जाने मोटरबाटो बाढी र पहिरोको जोखिम भएकाले रातको समय सवारी चलाउन… पुरा पढौ

पोखराबाट स्याङ्जाहुँदै चल्ने सिद्दार्थ राजमार्गमा रातीमा सवारी चलाउन रोक

पोखरा, साउन ४ पोखराबाट स्याङ्जाहुँदै चल्ने सिद्दार्थ राजमार्गमा रातीमा सवारी साधन चलाउन रोक लागेको छ । अविरल वर्षासँगै पहिरोको जोखिम बढेकाले पोखराको छोरेपाटनबाट स्याङ्जाहुँदै सिद्दार्थ राजमार्गमा रातको समयमा सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालय कास्कीले रोक लगाएको हो । जल तथा मौषक पूर्वानुमान महाशाखाका अनुसार अझै केहि समय गण्डकी प्रदेशका विभिन्न ठाउँमा भारी तथा मध्यम वर्षा हुनसक्ने अनुमान रहेकाले सुरक्षा सतर्कता अप्नाई मानवीय तथा भौतिक क्षेती न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जासँगको समन्वयमा सूचना जारी गरिएको कास्की प्रशासनद्वारा जारी सूचनामा… पुरा पढौ

लामाचौर तीज महोत्सवको तयारी शुरु, २२ उपसमिति गठन

पोखरा पोखराको लामाचौरमा हुने तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन भएको छ । नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष गर्दै आइरहेको तीज महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए। नेपाली नारीको महान् पर्व हरितालिका तीजलाई थप साँस्कृतिक पर्व बनाउन समाजले आफ्नो बार्षिकोत्सवका अवसरमा महोत्सवमा संचालन गर्दै आएको छ। समाजले महोत्सवका लागि विभिन्न २२ वटा उपसमिति गठन गरि तयारी शुरु गरेको जनाएको छ। गठित उपसमितिमा अर्थ… पुरा पढौ