देश

लोकतन्त्रमाथिको खतरा को बाट देखे गण्डकीका जनताले ?

पोखरा, असार २६ गण्डकी प्रदेशका जनताले विदेशी शक्तिबाट लोकतान्त्रिक प्रणालीमाथि खतरा रहेको औंल्याएका छन् । पुरक एसियाले गण्डकी प्रदेशका जिल्लाहरुमा गरेको सर्भेक्षणमा विदेशी शक्तिबाट लोकतान्त्रिक प्रणालीमाथि खतरा रहेको औंल्याएका हुन् । मनाङ र मुस्ताङ बाहेक गण्डकी प्रदेशका ९ जिल्लामा गरिएको सर्भेक्षणमा अहिलेको लोकतान्त्रिक प्रणालीमाथि कोबाट खतरा छ भन्ने प्रश्नमा सबैभन्दा धेरै ४४.६ प्रतिशतले विदेशी शक्तिबाट खतरा रहेको अभिमत दिएका छन् । त्यस्तै, ठूला दलहरु कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुबाट खतरा रहेको बताउने १८.७ प्रतिशत, धर्मनिरपेक्षता विरोधी शक्तिबाट ९.१ प्रतिशत, संघीयता… पुरा पढौ

कांग्रेस कास्कीका निवर्तमान सभापती केसी पार्टी सदस्यबाटै निलम्बित

पोखरा, असार-२६ नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापती कृष्ण केसी पार्टीको साधारण साधारण सदस्यबाटै निलम्वित भएका छन् । उनलाई २०७९ सालको चुनावमा पाटीलाई असहयोग गरेको भन्दै पार्टी अनुशासन आयोगले ३ महिनाका लागि कारवाही गरेको हो । कास्की क्षेत्र नम्वर १ मा केसी उम्मेद्‌वारको दावेदार थिए । तर पार्टीले वर्तमान सभापती किशोरदत्त बराललाई टिकट दिएपछी विवाद छताछुल्ल भएको थियो । निर्वाचनमा बराल पराजित भएपछी केसीमाथि बराललाई हराएको आरोप लागेको थियो । उनीमाथि कारवाहीको माग गर्दै उजुरीपनि परेको थियो। यसैबिच केसीले कारवाहीको प्रतिवाद… पुरा पढौ

भाषा बिधेयक पारित भएकोमा गुरुङ र मगर संस्थाहरुले पोखरामा खुशियाली मनाए

गण्डकी प्रदेश सभाबाट गण्ड‌की प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा प्रयोग गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको खुशीयालीमा बुधवार पोखरामा हार्दिक बधाई, धन्यवाद, दिप प्रज्वलन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। तमु धिं नेपाल, नेपाल पुन मगर समाज केन्द्रिय समिति, तमु प्ये ल्हु संघ, नेपाल मगर संघ कास्की र वौद्द अर्थों सदनले संयुक्त रूपमा लखनचोक र तमु ह्युल चोकमा कार्यक्रम गरी खुशीयाली मनाएको हो। लखनचोकमा आयोजित कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमवहादुर गुरुङ, नेपाल पुन मगर… पुरा पढौ

गण्डकीका नागरिकको अभिमत : पुराना दलले नेतृत्व परिवर्तन नगरे दल परिवर्तन

पोखरा, असार २५ गण्डकी प्रदेशका जनताले पुरानै दलप्रति आशावादी भएको मत जाहेर गरेका छन् । पुरक एसियाले हिमाली जिल्लाहरु मनाङ र मुस्ताङबाहेक गण्डकी प्रदेशका ९ जिल्लामा सुशासन सम्बन्धी गरेको सर्वेक्षणमा उनीहरुले नया नेतृत्व आएमा पुरानै दलप्रति आशावादी हुने मत जाहेर गरेका हुन् । यदि नया नेतृत्व नआएमा भने नया दल वा स्वतन्त्र रोज्ने उनीहरुको चेतावनी मत सर्भेक्षणका क्रममा देखिएको पुरक एसियाले बुधबार पोखरामा पत्रकार भेटघाटमा सो सभेक्षण सार्वजनिक गरेको हो । पछिल्लो समय आम नागरिकमा पुराना दलहरुप्रति वितृष्णा रहेको भाष्य… पुरा पढौ

कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई

पोखरा पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनौट समितिका संयोजक एमबी आस्था मगरको संयोजकत्वमा गठिन ५ सदस्यीय समितिले श्रीस मगरलाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो ।मगर पत्रकार संघ कास्कीको आयोजना र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको सहकार्य साउन १ गरिने कार्यक्रममा उहाँलाई पुरस्कार प्रदान गरिने मगर पत्रकार संघका कास्कीका अध्यक्ष सुरज थापा मगरले जानकार दिए ।उनका… पुरा पढौ

गण्डकी प्रदेशमा अबदेखि मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

पोखरा, असार २४ गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषा पनि थपिएको छ । गण्डकी प्रदेश सभाले आज (मंगलबार) मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेसँगै गण्डकीमा सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषापनि थपिएको हो । यसअघि देवनागिरीमा लेखिने नेपाली भाषा मात्रै सरकारी कामकाजको भाषाका रुपमा रहेको थियो । गण्डकी प्रदेश मगर र गुरुङ बाहुल्य प्रदेश हो । यहाँको कुल जनसंख्याको १९.७९ प्रतिशत मगर र ११.३१… पुरा पढौ

गगनकालिका सहकारीको रक्तदानमा ४२ युनिट रगत संकलन

पोखरा, २४ असार । गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं स्थापना दिवसका अवसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् ।रक्रदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गरेका थिए ।कार्यक्रममा गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष किसान परियारले सहकारी पोखरा महानगरपालिकाका वडा नं २९, ३०, ३१, ३२ र ३३ मा सेवा क्षेत्र बनाइ कृयाशिल सहकारी भएको बताए ।सहकारीका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष… पुरा पढौ

गण्डकी सहित पाँच प्रदेश प्रमुखहरूले संघीयताको प्रभावकारी कार्यान्वयनबारे गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाण्डौ, असार २४ । गण्डकी प्रदेश प्रमु ख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। काठमाण्डौमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा संघीयताको कार्यान्वयन, प्रदेश सरकारको कामकारबाही तथा संघ र प्रदेश सरकारको समन्वयका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रदेश प्रमुखहरुले आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा ब्रिफिङ गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीसँग भेट गर्न पाँच प्रदेशका प्रदेश प्रमुखहरू सोमबार अबेर बालुवाटार… पुरा पढौ

पोखरा-२५ हेमजाको सार्वजनिक सुनुवाइ कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका– २५ को वडा कार्यालयले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका बारेमा केन्द्रित रहेर माछापुच्छ«े मिडिया एण्ड मल्टीपर्पोज प्रा.लिको समन्वयमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । सार्वजनिक सुनुवाईमा सहभागी नगारिकहरुले खुलेरै गुनासा तथा सुझावहरू राखेका थिए । उक्त गुनासा र सुझावलाई पोखरमा महानगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष तिम्सिनासँग जनप्रतिनिधि, वडाका विषयगत प्रमुखहरूले संवोधन गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा पछिल्लो समय… पुरा पढौ

विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना भविष्य निर्माणतर्फको ठूलो कदम हो : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखरा–९ स्थित श्री सहारा बाल आधारभूत विद्यालयमा नवस्थापित विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै यसलाई बालबालिकाको उज्यालो भविष्य निर्माणतर्फको महत्वपूर्ण कदमको रूपमा टिप्पणी गरेका छन् ।प्रयोगशाला शुभारम्भका साथै विद्यालयलाई विभिन्न दाताहरूको सहयोगमा प्राप्त प्रोजेक्टर, साउन्ड सिस्टम र फर्निचर सामग्रीको पनि औपचारिक हस्तान्तरण गरिएको उक्त कार्यक्रममा मन्त्री थापाले भने, “हामीले चाहेको परिवर्तन यस्ता विद्यालयमै हुन्छ, जहाँ विज्ञान पढिन्छ, प्रयोग गरिन्छ र बालबालिकाले भविष्य कोर्छन्।”उनले शिक्षा क्षेत्रमा प्रदेश सरकारको प्राथमिकता अनुसार सार्वजनिक–निजी… पुरा पढौ