देश

लायन्स क्लब अफ पोखराद्वारा आश्रममा खाद्यान्न तथा सरसफाई सामग्री वितरण

पोखरा, असार २३ लायन्स क्लब अफ पोखराले पोखरा महानगरपालिका वडा नम्बर ७ स्थित नीलसागर सेवा आश्रममा खाद्यान्न तथा सरसफाई सामग्री वितरण गरेको छ। क्लवले सेवा सप्ताहको अवसरमा आश्रममा बसोबास गरिरहेका आमा, बुबाहरुलाई लक्षित गरेर अत्यावश्यक खाद्यान्न र सरसफाई सामग्री प्रदान गरेको हो। कार्यक्रम संयोजक लायन होमनाथ बास्तोला र लायन बिक्रान्त ताम्राकारको सौजन्यमा आश्रममा सामग्री उपलब्ध गराइएको क्लबले जनाएको छ। क्लबका अध्यक्ष लायन देबेन्द्र नकर्मीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यले आश्रमका बासिन्दालाई राहत मिल्ने विश्वास व्यक्त गरे । उनले यस्ता… पुरा पढौ

ल्यानको आयोजनामा पोखरामा मनाइयो जापनिज पर्व ‘तानाबाता´

ल्याङ्वेज एशोसियसन अफ नेपाल (ल्यान) को आयोजनामा सोमबार जापानिज साँस्कृतिक पर्व 'तानाबाता' मनाइएको छ । जापान जान चाहने विद्यार्थीलाई त्यहाँकाे साँस्कृतिक पर्व 'तानाबाता' बारे जानकारी दिने उदेश्यले पर्व मनाइएको ल्यानका अध्यक्ष सृजन भान्साकार्यले जानकारी दिए । जुलाई ७ का दिन मनाइने 'तानाबाता (ताराको पर्व) जापानको एक सांस्कृतिक पर्व भएको उनले बताए । यो पर्वका बारेमा विभिन्न किम्वदन्ती तथा कथाहरु रहेको र यसलाई मनाउने तरिका पनि फरक/फरक) रहेको उनले जानकारी दिए। यस पर्वमा हरियो निगालोकाे हाँगाहरूमा रंगीचङ्गी कागजहरू‌मा आफ्‌नो मनोकामना लेखेर… पुरा पढौ

पोखराको दुई ठाउँबाट जुवातास खेलिरहेका १७ जना पक्राउ

पोखरा, असार २३ पोखराको दुई ठाउँमा जुवातास खेलिरहेका १७ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेका बेला पोखरा–१० रक्षा मार्गबाट ९ जना र पोखरा–१५ घलेचोकबाट ८ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । पोखरा–१० रक्षा मार्गमा जुवातास खेलिरहेका ९ जनाको साथबाट ४ बुक तास र २ लाख २२ हजार ८० रुपैयाँसमेत बरामद भएको प्रहरीको भनाई छ । रक्षा मार्गबाट पक्राउ पर्नेहरुमा पोखरा–१९ लामाचौरका ३८ वर्षिय ईन्द्रप्रसाद छन्त्याल, पोखरा–११ फुलबारीका ३९ वर्षिय हे नारायण गर्बुजा, पोखरा–१२ माटेपानीका ४१ वर्षिय लिलप्रसाद… पुरा पढौ

सुपरमादी हाइड्रोपावरको लापरवाहीले मादी–६ चाँसुका एक किशोर गम्भीर घाईते

पोखरा, असार २३ सुपरमादी हाइड्रोपावरको लापरवाहीले एक किशोर गम्भीर घाईते भएका छन् । सो हाइड्रोपावरले हाईटेन्सन तार व्यवस्थापन नगर्दा कास्कीको मादी–६ चाँसुका स्थानीय विजय बराल गम्भीर घाईते भएका हुन् । कक्षा १२ मा अध्ययनरत बराल मकैको ढोड हटाउने क्रममा असार १५ गते पूर्वाह्न १०ः१५ बजेतिर हाईटेन्सन तार छोइएर करेन्ट लाग्दा घाईते भएको मादी–६ वडा कार्यालयले एक सूचना निकालेर जानकारी दिएको हो । हाइटेन्सन लाइन छोएर घाईते किशोरको ५० प्रतिशत शरिरहेको भाग जलेको छ । पोखरामा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका… पुरा पढौ

गण्डकीमा उद्योग, शिक्षालय र प्रशिक्षार्थी पुरस्कृत

पोखरा ।गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्यक्रमका उत्कृष्ट शिक्षालय, उद्योग र प्रशिक्षार्थीलाई एक कार्यक्रममा सम्मान गरिएको छ ।शिक्षालय तर्फ निर्मल मावि, व्यास तनहुँ प्रथम घोषित हुँदै रु ५० हजारसहित सम्मानित भयो भने धवलागिरी बहुप्राविधिक शिक्षालय, थासाङ मुस्ताङ द्वितीय रु ३० हजार, पोखरा प्राविधिक शिक्षालय तृतीय रु २० हजार र रणविर जनहित मावि, वालिङ स्याङ्जा चौथो रु १० हजार नगद सहित सम्मानति भए… पुरा पढौ

‘हाम्रो खुशी पाठ्यक्रम’कार्यशाला लुम्लेमा सम्पन्न

पोखरा । ‘हाम्रो खुशी पाठ्यक्रम दृष्टिकोण निर्माण कार्यशाला’ कास्कीको लुम्लेस्थित कृषि अनुसन्धान निर्देशनालयमा आईतबार सम्पन्न भएको छ। कालीगण्डकी गाउँपालिकाको आयोजनामा पाँच सञ्चालित उक्त कार्यशालामा कालीगण्डकी गाउँपालिकाबाट ८९ जना र कावासोती तथा मध्यमिन्दु नगरपालिकाबाट ८ जना गरी कुल ९७ जना सहभागी भएका थिए। कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले संघीय संरचनापछि स्थानीय तहलाई पाठ्यक्रम निर्माणको अधिकार मिल्नु निकै ठूलो उपलब्धि हो भएकाे बताए । 'अब आफ्नै गाउँ, आफ्नै माटोमै बसेर शिक्षादिन पाउने अवस्था छ। म त्यस्ता शिक्षकहरूप्रति… पुरा पढौ

चलचित्र पत्रकार संघ कास्कीले मनायो २२ औं स्थापना दिवस

पोखरा ।चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ ।चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यसमितिमा देखिएको समस्याको समाधान गर्न आफूले जिम्मा लिएको बताउँदै केन्द्रबाट अधिवेशनका लागि परिपत्र आएपछि छैटौं अधिवेशन गरिने जानकारी गराए । उनले २०६० साल असार २२ गते संस्थाको स्थापना भएको र संस्थाले विविध चुनौति पार गर्दै यहाँसम्म आएको उल्लेख गरे ।संघका सल्लाहकार सुरेश रानाभाटले संघलाई… पुरा पढौ

प्रथम प्रगति एसई.ई. कप छात्रतर्फको उपाधि मुखिया समूहलाई

पोखरा प्रथम प्रगति एस.इ.इ. कपको छात्र फुटबलको उपाधि मुखिया समुहले उचालेको छ। एस इ इ परीक्षा दिएर बसेका विद्यार्थीलाई केन्द्रित गरी पोखराको बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी स्कुलले पहिलो पटक आयोजना गरेको खेल प्रतियोगिता अन्तर्गत छात्र फुटबलको उपाधि मुखिया समुहले उचालेको हो। प्रतियोगितामा भलाम बि दोस्रो भएको छ । प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ ।८ टिमले सहभागिता जनाएको छात्र बास्केटबलमा मर्दीखोला समुह प्रथम र अन्नपूर्ण कास्की समुह दोस्रो भयो । छात्रा बास्केटबलमा अमिची समुह प्रथम र मर्दीखोला समुह… पुरा पढौ

बक्स पोखराको आयोजनामा पोखरामा ‘खुल्ला फुटसल प्रतियोगिता’ आयोजना हुँदै

पोखरा, असार २२ पोखरामा असार २७ गतेदेखि खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । बक्स पोखराको आयोजनामा पोखरा रंगशालाको बहुउद्देश्यीय खेल भवन (कभर्ड हल)मा हुने प्रतियोगिता असार २९ गतेसम्म हुने आयोजकले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । एक्सपोजर दिएर प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा करीब ३० टिमको सहभागिता हुने आयोजकको अनुमान छ । खुल्ला फुटसल प्रतियोगिता भएकाले देशभरका जुनसुकै टिमलेपनि सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । टिममा राष्ट्रिय खेलाडीहरु आवश्यक्ता अनुसार सहभागी गराउन… पुरा पढौ

अन्तर कलेज क्रिकेट लिग कपमा डब्लुआरसी र पियु बिजयी

पोखरा, असार २१ पोखरामा जारी अन्तर कलेज क्रिकेट लिग कप–२०८२ मा पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस (डब्लुआरसी) र पोखरा विश्वविद्यालय (पियु) बिजयी भएका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना तथा कंगारु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा जारी प्रतियोगितामा शनिबार डब्लुआरसी जनप्रिय बहुमुखी क्याम्पस (जेएमसी)लाई र पियु गण्डकी विश्वविद्यालय (जियु)लाई पराजित गर्दै बिजयी भएका हुन् । प्रतियोगिता अन्तर्गत आज भएको लिग चरणको तेस्रो खेलमा डब्लुआरसी जेएमसीलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै बिजयी भयो । वर्षाका कारण… पुरा पढौ