देश

दुबईमा डि–मर्चाको धमाका

पोखरा, असार १ पोखरेली चर्चित ब्याण्ड डि–मर्चाले दुबईमा धमाका मच्चाएको छ । दुबईस्थित क्लव एसके सेभेनमा शनिबार आयोजित कार्यक्रममा गुञ्जिएको डि–मर्चाले ऐतिहासिक दर्शकमाझ धमाका मच्चाएको हो । सो क्लव दुबईस्थित कनकोर्डी क्रिक भ्यू होटल होटलको एम भ्यू फ्लोरमा आयोजित कार्यक्रममा यसअघिका कार्यक्रम भन्दा बढी दर्शक आउँदा रौनकता नै छुट्टै भएको थियो । जहाँ डि–मर्चाले आफ्ना दर्जन भन्दा बढी चर्चित गीतहरु गुञ्जाउँदा दर्शकहरु मज्जाले रमाएका थिए । हल भरिएको थियो,आयोजक आरएस इभेन्टका रविन श्रेष्ठले भने,‘सबै टेबलहरु बुक भएका थिए । दर्शकले… पुरा पढौ

गण्डकीमा ३२ अर्बको बजेट, प्राथमिकतामा पूर्वाधार र पर्यटन

पोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करीब ३२ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री डा.टकराज गुरुङले आज प्रदेश सभा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा करीब एक अर्ब कम हो । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट कार्यान्वयन भइरहेको छ । गण्डकीको बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड, ६६… पुरा पढौ

कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्रका लागि फेरीपनि बजेट

गण्डकी प्रदेश सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्रका लागि फेरीपनि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले वर्षौंदेखि यस क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । तर अहिलेसम्मपनि सो क्षेत्रमा औद्योगिक क्षेत्र सञ्चालनका लागि कुनैपनि प्रगती भएको छैन । यतिसम्मकी अहिलेसम्म जग्गा प्राप्ति नै भएको छैन । गण्डकी प्रदेशका अर्थमन्त्री डा.टकराज गुरुङले आज बजेट प्रस्तुत गर्दै प्रादेशिक उद्योगको विकास र प्रदेशको समुन्नतीको सोंचलाई आत्मसाथ गर्दै प्रदेश स्तरीय औद्योगिक क्षेत्र विकासका लागि लोकाहा… पुरा पढौ

पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं कार्यक्रमका लागिपनि बजेट

गण्डकी प्रदेश सरकारले पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं कार्यक्रमका लागिपनि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले सो कार्यक्रम सञ्चालन गरी पर्यटनको राजधानी पोखरा स्याटलाईट अन्तर्गतको रुपमा पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माण, पदयात्राको संरक्षण, विकास र प्रवद्र्दनका लागि विद्यमान पदमार्गको स्तरोन्नती, वैकल्पिक पदमार्गको निर्माण र धार्मिक तथा प्रमुखपर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । त्यस्तै, पहिला घरदेश, अनि परदेश अभियान सञ्चालनका लागिपनि बजेट विनियोजन गरिएको छ… पुरा पढौ

गण्डकीको बजेट : भ्यू फेवा : राउण्ड फेवा कार्यक्रम कार्यान्वयनमा जोड

गण्डकी प्रदेश सरकारले भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रम कार्यान्वयन गर्ने बताएको छ । गण्डकी प्रदेश सरकारले आज ल्याएको बजेटमा भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रमको कार्यान्वयनमा जोड दिदै त्यसका लागि बजेट विनियोजन गरेको जनाएको हो । गण्डकी प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले त्यसको कार्यान्वयन गर्ने भनेपनि कति बजेट विनियोजन गरिएको छ भन्नेबारेमा केहिपनि खुलाएनन् । पुरा पढौ

पोखरामा लेक टु लेक साईक्लिङ मार्ग निर्माणका लागि बजेट

गण्डकी प्रदेश सरकारले साईक्लिङ मार्ग निर्माणका बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले साईक्लिङ मार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनले साईक्लिङमार्फत पर्यटन प्रवद्र्दनका लागि पोखराको लेक टु लेक साईक्लिङ मार्ग निर्माण गरिने बताए । त्यस्तै, तनहुँको बन्दीपुर र मुस्ताङको जोमसोममा पनि साईक्लिङ मार्ग निर्माण गर्ने बताउँदै उनले त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । पुरा पढौ

तमु धिं नेपाल पर्वतको अध्यक्षमा प्रभु गुरुङ निर्वाचित ,गुरुङहरु एकतावद्ध एवम उत्कृष्ठ बनौंः गाँउपालिका अध्यक्ष गुरुङ

पर्वत जिल्लाको सदरमुकाम कुश्मामा सम्पन्न तमु धिं नेपाल पर्वत जिल्ला भेलाले दुर्लुङका प्रभु गुरुङको अध्यक्षतामा १७ सदस्यीय तमु धिं नेपाल पर्वत जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा क्षितिज गुरुङ, सचिवमा दुर्लुङका प्रितम गुरुङ, सहसचिवमा चित्रेका महेन्द्र गुरुरु, कोषाध्यक्षमा फलेवासकी रेवती गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ। यसरी नै सदस्यहरुमा बाजुङका भिमबहादुर गुरुङ, विहादीका गणेश गुरुङ, बालाकोटका धन प्रसाद गुरुङ, दुर्लुङका अशोक(प्रेम कुमार गुरुङ), लामेका सु.डम्बर बहादुर गुरुङ, कुश्माकी पार्बती गुरुङ, खाल्टेका दिलीप कुमार गुरुङ, चित्रेका जयप्रकाश गुरुङ, भँगराका सागर… पुरा पढौ

गण्डकीमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड बजेट

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड ६७ लाख ५० हजार रुपैयाँको विनियोजन गरेको छ । प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङ कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि सो बजेट विनियोजन गरेको बताएका हुन् । उनले कृषि क्षेत्रको व्यवसायीकरणसँगै उत्पादन र उत्पादकत्व बृद्धि केन्द्रीत बजेट विनियोजन गरेको बताए । पुरा पढौ

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटी अध्यक्षमा भण्डारी, जनार्दन समूह प्यानल नै पराजित

पोखरा, असार १ नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीमा जनार्दन समूहलाई पराजित गर्दै प्रचण्ड पक्ष प्यानल नै बिजयी भएको छ । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको तेस्रो अधिवेशन अन्तर्गत आईतबार भएको निर्वाचनमा संस्थापन पक्ष प्यानल नै बिजयी भएको हो । केन्द्रमा संस्थापन पक्ष र जनार्दन पक्ष भएपनि कास्कीमा भने संस्थापन पक्षका राजकाजी गुरुङ र रामजीप्रसाद बरालको संयुक्त समूह र जनार्दन पक्षका दीपक कोईराला समूह बीच जुंगाको लडाईंको रुपमा रहेको थियो । जसमा गुरुङ र बरालको संयुक्त समूहले बाजी मार्दै… पुरा पढौ

नेकपा माओवादी केन्द्र पोखरा अध्यक्षमा भण्डारी

पोखरा, असार १ नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटी अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अधिवेशन अन्तर्गत आईतबार भएको निर्वाचनमा जनकराज पराजुलीलाई १६ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । महानगर कमिटीमा रहेका ८६ सदस्य नै मतदाता रहेकोमा निर्वाचित अध्यक्ष भण्डारी ५१ मत प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिष्पर्धी जनकराज पराजुलीले ३५ मत प्राप्त गरे । पुरा पढौ