देश

पोखरा-२५ हेमजामा ईभी गाडी दुर्घटना : ४ घाईते, अवस्था मध्यम

पोखरा, असार ७ पोखरा महानगरपालिका वडा नम्बर–२५ हेमजामा सवारी दुर्घटना हुँदा चार जना घाईते भएका छन् । पोखराबाट नौंडाँडातर्फ जाँदै गरेको ग.१ ज.८६९१ नम्बरको विद्युतीय गाडी चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । दुर्घटनामा परेर पोखरा–१७ घारीपाटनका ३४ वर्षिय कुशलरत्न परियार, पर्वतको जलजला गाउँपालिका वडा नम्बर–४ मल्लाज निवासी ३७ वर्षिय हर्कबहादुर विक, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ नौंडाँडाका २७ वर्षिय दीपेश परियार र २७ वर्षकै ऋतिका परियार घाईते भएको कास्की प्रहरीले जनाएको छ । घाईतेमध्ये कुशलको टाउको,… पुरा पढौ

अवैध रुपमा पोखरा भित्रिएको १ करोड ३० लाख बराबरको सुनसहित दुई जना पक्राउ

पोखरा, असार ७ भारतबाट अवैध रुपमा ठूलो मात्रामा पोखरा भित्रिएको सुनसहित दुई जना पक्राउ परेका छन् । पोखरामा बिक्री गर्ने उद्देश्यले भारतबाट अवैध रुपमा ठूलो मात्रामा सुन ल्याएको आरोपमा कास्की प्रहरीले एक किलो सुनसहित कुलदीप सिंह र रामबहादुर विकलाई पक्राउ गरेको हो । पक्राउ परेका ४९ वर्षिय सिंह भारतको अमृतसर निवासी हुन् भने उनी मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ । विक भने उनका सहयोगी मात्र रहेको कास्की प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विक रुपन्देहीका हुन्… पुरा पढौ

महिला उद्यमी संघ नेपाल, कास्कीको ७ दिने हस्तकला तालिम र एक दिने लैंगिक हिंसा र विभेदबिरुद्धको कानूनी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, असार ६ महिला उद्यमी संघ नेपाल, कास्कीको प्राकृतिक रेसाजन्य (छ्वाली) ७ दिने हस्तकला तालिम तथा लैंगिक हिंसा, छुवाछुत, सामाजिक कुरिती, अन्धविश्वास तथा लैंगिक विभेदबिरुद्दको एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्थानिय कच्चा पदार्थको सदूपयोग गर्दै आकर्षक हस्तकलाका सामग्री सिकाउने र सो तालिमको समापनको अवसर पारेर समाजमा व्याप्त लैंगिक हिंसा, छुवाछुत, सामाजिक कुरिती, अन्धविश्वास तथा लैंगिक विभेदबिरुद्द सचेतना जगाउने उद्देश्यले गरिएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । हस्तकला तालिममा जमुना पराजुली र लैंगिक हिंसा तथा विभेदबारे यूमाया थापाले… पुरा पढौ

सामाजिक अध्ययन मञ्च कास्कीको प्रतिवेदन लेखन प्रतियोगिता सम्पन्न

सामाजिक अध्ययन मञ्च कास्कीको आयोजनामा क्षेत्र भ्रमण तथा अवलोकनमा आधारित प्रतिवेदन लेखन प्रतियोगिता जनप्रिय बहुमुखी क्याम्पस पोखरामा सम्पन्न भएको छ।विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धानमा प्रेरित गर्नको लागि गण्डकी प्रदेशको पोखरा उच्च अदालतमा क्षेत्र भ्रमण गराइयो जहाँ उनीहरूले प्रत्यक्ष रूपमा अदालती प्रक्रियाहरू, न्यायालयको संरचना र न्याय प्रणालीका विविध पक्षहरूको अवलोकन गरी महत्त्वपूर्ण जानकारीहरू सङ्कलन गरी प्रतिवेदन लेखेका थिए। मंचका अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन समारोहको प्रमुख अतिथि जनप्रिय बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख कृष्णबाबु बराल रहनुभएको थियो । मंचका सचिव तिलक… पुरा पढौ

माओवादीको दबाबपछि गण्डकीको बजेटमा `जनयुद्ध´ शब्द थपिने

अन्त्तत: गण्डकीको बजेटमा ‘सशस्त्र संघर्ष’ शब्द थपिने भएकाे छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बजेटमा जनयुद्ध शब्द थप्नुका साथै जनयुद्धका सहिद परिवार, घाइते, अपाङ्ग, बेपत्ता परिवारका लागि बजेट नछुट्याएसम्म सम्सद अवरोध गर्ने चेतावनी दिएपछि सत्तारुढ दलहरू माग सम्बोधन गर्न तयार भएका थिए । साथै सडक ऐनअनुसार सडकको मर्मतका लागि बजेट नछुट्याइएको विसय पनि माओवादीले र उठाएपछि त्यसलाई पनि सम्बोधन गर्न उनीहरु तयार भएको माओवादी साम्सद तथा कृषि समिति सभापति दमयन्ती रुचालले बताइन् । सम्सदमा बोल्दै माओवादी केन्द्रका प्रदेशसभा… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर पत्रकार सम्मेलन अभ्यासको प्रस्तुतिकरण गरेका हुन् । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका कार्यक्रम संयोजक सरोज कुँवरले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेको बताइन् ।… पुरा पढौ

गण्डकी प्रदेश तेस्रो पुरुष टि-२० क्रिकेटको उपाधि स्याङ्जालाई

पोखरा, असार ६ । पोखरा रंगशालामा सम्पन्न गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ । स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो । तर जवाफी व्याटिङमा १३० रनको लक्ष्य पछ्याउन उत्रिएको स्याङ्जाले अन्तिम बल बाँकी छँदै १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै च्याम्पियन बनेको हो । यस अघि नवलपुरका लागि रिजन काफ्लेले २५ रन, दीपक डुम्रेले १९ रन, र अपराजित… पुरा पढौ

प्रतिभामा ‘फुटसल’ प्रतियोगिता सुरु

पोखरा, असार ६पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत सुरु भएको प्रतियोगिता दुइदिनसम्म चल्नेछ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फुटसल प्रतियोगिता सुरु गरेको हो ।प्रतियोगिताको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जीतले उद्घाटन गरेका थिए । प्रतियोगिताका संयोजक तथा प्रतिभा माविका प्लस टु इन्चार्ज राकेश जोशीका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका २८ वटा टिमले सहभगिता जनाएका छन् ।एसइइ परीक्षा दिएर फुर्सदिला बनेका विद्यार्थीलाई खेलकुद… पुरा पढौ

आर्थिक सहायतामा गण्डकीका मुख्यमन्त्रीको मनोमानी : गृह जिल्लामा पैसाको खोलो, मनाङ, मुस्ताङका नागरिकलाई सौतेनी व्यवहार

पोखरा, असार ५ सरकार नागरिकको अभिभावक हो । सुशासन, विकासदेखि आवश्यक पर्दा स्वास्थ्य उपचारका लागि दिईने आर्थिक सहयोगमा राज्यले समान रुपमा नागरिकलाई उपलब्ध गराउनुपर्छ । तर गण्डकी सरकारले नागरिकलाई समान रुपमा त्यो सेवा उपलब्ध नगराई विभेदपूर्ण रुपमा दिने गरेको छ । यसको पछिल्लो उदाहरण राज्यले उपलब्ध गराउने आर्थिक सहयोगमा छर्लङ्ग देखिएको छ । गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले क्यान्सर, मुटु, मिर्गौला, पार्किन्सन्स, अल्जाईमर, स्पाइनल ईञ्जुरी, हेड ईञ्जुरी, कलेजो, सिकलसेल एनिमिया, अप्लाष्टिक एनिमिया, थालिसिमिया र मस्तिष्क आघात भएका… पुरा पढौ

असार १५ गते पाचौं हेमजा हिले महोत्सव हुने

हेमजा । पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । आगामी असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । महोत्सव देविस्थान टोल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुने छ । क्लब उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिका साथ मुल आयोजक समिति गठन गरिएको छ । विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन र हेमजाका… पुरा पढौ