देश

विद्यालय तहको पाठ्यक्रम सुधार गर्न, पचास हजारसँग सुझाव सङ्कलन गरिने

विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न ५० हजार विज्ञसँग सुझाव सङ्कलन गरिने भएको छ । शैक्षिक वर्ष २०८० देखि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को पाँचवर्षे चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्न लागिएकाले विज्ञसँग सुझाव जम्मा गर्न लागिएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज आयोजना गरेको ‘विद्यालय तहको पाठ्यक्रम पुनरावलोकनः सरोकारवालाको दृष्टिकोण र सुझाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा कार्यदलका संयोजक डा बालचन्द्र लुइँटेलले कार्ययोजनाअनुसार मुख्य १२ विषयगत क्षेत्र र समिति गठन गरी व्यापक सुझाव… पुरा पढौ

अन्तत: रास्वपाले सच्चायो केन्द्रीय सदस्यको सूची, पोखराकी पूजा बास्तोला केन्द्रीय समितिमा(सूची सहित)

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचित केन्द्रीय सदस्यहरुको सुची सच्चाएको छ । चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूमा बढी मत ल्याएर पनि केन्द्रीय सदस्यमा नपरेको भन्ने गुनासोलाई सम्बोधन गर्दै अद्यावधिक सूची सार्वजनिक गरेको हो। निर्वाचन आउोगका अध्यक्ष भुवन केसीको अध्यक्षामा रहेको समितिले यसअघि महाधिवेशनमा भएको निर्वाचनमा हराइएका पोखराकी पूजा बास्तोला र ध्रुव थापा मगरको नाम थपेर सुची प्रकाशित गरेको जनाईएको छ । सूची सच्याउने क्रममा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ… पुरा पढौ

वाराही मा.विलाई चमेनागृह भवन हस्तान्तरण

पोखरा महानगरपालिका ५ स्थित वाराही माध्यमिक विद्यालयमा करिब दुई करोड १७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको अत्याधुनिक चमेनागृह भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ। भवन निर्माणमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जेको पहल तथा लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनको आर्थिक सहयोग रहेको थियो।भवनको सोमबार उद्घाटन गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो । प्रमुख अतिथि तथा लायन्स मल्टिपल काउन्सिल चियरपर्सन मिलन थापाले आफू डिस्ट्रिक्ट गभर्नर रहेका बेला देखेको सपना साकार भएको बताउँदै कठिन मेहनत र निरन्तर प्रयासपछि भवन निर्माण सम्पन्न भएको उल्लेख गरिन्।पूर्व डिस्ट्रिक्ट… पुरा पढौ

तमु बिद्यार्थी समिति कास्की अध्यक्षमा सतिस गुरुङ

तमु धिं नेपाल कास्की जिल्ला समिति अन्तर्गत तमु बिद्यार्थी समिति कास्की अध्यक्षमा सतिस गुरुङको अध्यक्षतामा १४ सदस्यीय सदस्यीय समिति गठन गरेको छ ।तमु धिं नेपालमा आइतबार आयोजित भेलाल बिद्यार्थी समितिको उपाध्यक्षमा अनुष्का गुरुङ, सचिवमा सुमित गुरुङ, महिला सचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा बिनिता गुरुङ र सदस्यहरुमा आस्था गुरुङ, मेग्मा गुरुङ, एन्जिला गुरुङ, इम्प्रेस्का गुरुङ,अपिल गुरुङ, बिबेक गुरुङ, मुनाल गुरुङ, राहुल गुरुङ र सुस्मिता गुरुङ रहनुभएको छ।नवनिर्वाचित विद्यार्थी समितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको… पुरा पढौ

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरुका लागि आज आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उनले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए । “अहिले प्रतिनिधिसभामा धेरै नयाँअनुसार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,” सभामुख अर्यालले भने, “संसदीय… पुरा पढौ

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर… पुरा पढौ

प्रशासनको सार्वजनिक सुनवाइमा मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलाईप्रति मादीवासीको असन्तुष्टि पोखियो

पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्। वर्षौंदेखि निर्माणाधीन सडक समयमै सम्पन्न नहुँदा दैनिक आवागमनदेखि स्थानीय अर्थतन्त्रसम्म प्रभावित भएको उनीहरूको गुनासो थियो।मादी गाउँपालिकाको संयोजन तथा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा वडा नं. ७ छाचोकमा सम्पन्न सार्वजनिक सुनुवाइमा सहभागीहरूले सडक निर्माणमा देखिएको सुस्त गति, धुलो, हिलो तथा निर्माण कम्पनीको लापरबाहीका कारण स्थानीयले सास्ती खेप्नुपरेको बताएका थिए। उनीहरूले निर्माणको गति बढाई तोकिएकै समयमा काम सम्पन्न गराउन प्रशासनले प्रभावकारी… पुरा पढौ

बजेट कार्यान्वयनमा स्रोतको कमी हुन नदिने गण्डकीका मुख्यमन्त्री पाण्डेको दावी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पारेका छन् । प्रदेशसभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रदेश सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याइएको बताए । “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, उनले भने । तलब वृद्धि र महँगी भत्ताका कारण चालु खर्चतर्फको बजेट बढाउनुपरेको मुख्यमन्त्री पाण्डेले बताए । नागरिकका माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गरिएको उनको भनाइ छ ।… पुरा पढौ

पोखराको रोपाईं महोत्सवमा रमाए विदेशी पर्यटक

पोखरा, असार १४ पोखरामा वर्षायाममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको असारे रोपाइँ महोत्सवमा यस वर्ष पनि विदेशी पर्यटक उत्साहका साथ सहभागी भएका छन्। पोखरा पर्यटन परिषद्ले २१औँ संस्करणको महोत्सव असार १५ मा पूर्णिमा परेकाले एक दिनअघि आइतबार आयोजना गरेको हो।पोखरा महानगरपालिका–३० देउराली खोला किनारस्थित खेतमा आयोजित महोत्सवमा भारतीयसहित विभिन्न मुलुकका पर्यटकले हिलोमा खेलेर रोपाइँ गर्दै नेपाली कृषि संस्कृतिको अनुभव लिए। स्थानीय किसानको करिब आठ रोपनी क्षेत्रफलमा चार हल गोरुले जोतेको खेतमा महोत्सव सञ्चालन गरिएको थियो।परिषद्का अध्यक्ष तारानाथ पहारीले… पुरा पढौ

नेकपा गण्डकीको एकता बैठक तथा प्रशिक्षण असार १७ गते, प्रचण्ड र माधवले सम्बोधन गर्ने

सन्देश श्रेष्ठपोखरा, असार १४ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश स्तरीय एकता बैठक असार १७ गते बुधबार हुने भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको एकतापछि नेकपाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम हुन लागेको हो । कार्यक्रम बुधबार पोखरा जिरोकिलोमिटरस्थित गोल्डेन हाउस पार्टी प्यालेसमा हुने नेकपाका गण्डकी प्रदेश सह–संयोजक गायत्री गुरुङ (कुसुम)ले जानकारी दिईन् । कार्यक्रम विहान ११ बजे शुरु हुने उनले बताईन् । एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र… पुरा पढौ