देश

आजको मौसम : पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन… पुरा पढौ

फेवा महोत्सव आजदेखि

होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ । महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । पोखरामा आयोजना गर्न लागेको २०औँ फेवा नव वर्ष महोत्सव–२०८२ मा यहाँ आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएका छन् । आयोजक सङ्घले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहने जानकारी दिए। महोत्सवमा गण्डकी प्रदेशका ११… पुरा पढौ

पोखरामा भोलि एमालेको बृहत् जागरण सभा, १८ हजार उतारेर शक्ति प्रदर्शन गर्ने एमालेको तयारी

पोखरा, २९ चैत नेकपा ९एमाले० जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदैछ । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा आयोजना गरेको हो । सभाअघि ३ ठाउँबाट बृहत् र्‍याली निकालिने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्‍याली निकालिने र उक्त र्‍याली चिप्लेढुंगा पुगेर सभामा मिसिने उनले बताए । रानीपौवाबाट सुरू हुने र्‍यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा–१०, १२, १३, १४, १५, २०, २६, २७, २८, २९,… पुरा पढौ

पोखरा महानगर अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भद्रकाली माविलाई

पोखरा, चैत २९ पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शुक्रबार भएको उपाधि भिडन्तमा वाराही माविलाई १४ रनले पराजित गर्दै भद्रकाली माविले उपाधि जितेको हो । उत्कृष्ट प्रदर्शनका बाबजुद वाराही मावि भने उपबिजेतामा सिमित भएको छ । बिजेता र उपबिजेता बनेका दुबै विद्यालयले ट्रफीसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विहीबार भएको फाईनल खेलमा भद्रकाली माविले टस जितेर पहिलो व्याटिङ… पुरा पढौ

अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझ भोलि, तयारी पूरा

पोखरा, चैत २९ अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण भोलि पोखरामा हुँदैछ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा भोलि चैत ३० गते शनिबार पोखराको बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण हुन लागेको हो । भोलि अपाराह्न ३ः४५ बजेबाट शुरु हुने कार्यक्रमको तयारी पूरा भएको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण हुने श्रेष्ठले… पुरा पढौ

पोखरामा शनिबार एमालेको बृहत् जागरण सभा

नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदैछ । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा आयोजना गरेको हो । सभाअघि ३ ठाउँबाट बृहत् र्‍याली निकालिने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्‍याली निकालिने र उक्त र्‍याली चिप्लेढुंगा पुगेर सभामा मिसिने उनले बताए । रानीपौवाबाट सुरू हुने र्‍यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा-१०, १२, १३, १४, १५, २०, २६, २७, २८, २९, ३०, ३१, ३१… पुरा पढौ

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो

नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो । यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार… पुरा पढौ

तेस्रो एबिसी भेट्रान्स कप रनिङ शिल्डकोे उपाधि हेटौडालाई

पोखरा । तेस्रो एबिसी भेट्रान्स ४५ वर्षमाथि एट ए साइड भेट्रान्स कप रनिङ शिल्डको उपाधि हेटौंडा भेट्रान्सले हात पारेको छ । अमरसिंह ब्वाइज क्लबले आयोजना बिहिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा हेटौंडा भेट्रान्सले रुपन्देही ११ लाई २ – ० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । उपाधि संगै हेटौंडाले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्राप्त गरे । उपबिजेता रुपन्देही ११ ले नगद ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे… पुरा पढौ

पोखरा महानगर अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भद्रकाली र वाराही मावि भिड्ने

पोखरा, चैत २८ पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भद्रकाली मावि र वाराही मावि आमनेसामने हुने भएका छन् । विहीबार भएको सेमीफाइनल खेलमा भद्रकालीले अमरसिंह मावि र वाराही माविले त्रिभूवन शान्ती माविलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । प्रतियोगिता अन्तर्गत विहीबार भएको पहिलो सेमीफाइनल खेलमा भद्रकाली माविले अमरसिंह माविलाई १ रनले पराजित ग¥यो । पानी परेर ५ ओभर घटाएर १० ओभरमा झारिएको खेलमा टस जितेर अमरसिंह माविले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङमा उत्रिएको भद्रकाली माविले… पुरा पढौ

आज महावीर जयन्ती मनाइँदै

सत्य, अहिंसा र ब्रह्मचर्यको सन्देश प्रवाह गर्दै आज महावीर जैनको २६२४ औँ जन्मजयन्ती मनाइँदै छ । विशेषगरी जैन धर्मावलम्बी तथा श्रावकले अहिंसामूलक यो धर्मका प्रवर्तकको स्मरणका साथ यो दिवस मनाउँदैछन् । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन राजपरिवारमा जन्मिएका महावीर जैन तपस्या गर्न दरबार त्यागेर हिँडेको जैन ग्रन्थमा उल्लेख छ । अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने महावीरको सन्देश हो । अरुलाई दुःख दिनु पनि एक प्रकारको हिंसा भएकाले त्यसो नगर्न उनले शिक्षा दिएका छन। रासस पुरा पढौ