देश

मातृशिशु अस्पतालको चमेना गृहलाई १० हजार जरिवाना

पोखराको बाटुलेचौरस्थित मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा संचालित चमेना गृहलाई कास्की प्रशासनले कारवार्ही गरेको छ । गत जेठ १६ गते जिल्ला प्रशासन कार्यालयसहितका निकायले अनुगमन गर्दा चमेना गृहमा पर्याप्त सरसफाई नभएको, विल बिजक उपलब्ध नगराएको तथा पेशा व्यवसाय नविकरण नगरी संचालन गरेको पाईएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । अनुगमन टोलीले मागेका कागजात उपलब्ध गराउन नसके पछि सो चमेना गृहलाई १० हजार रुपैंयाँ जरिवाना तोकिएको थियो ।जरिवानाको रकम दाखिला भईसकेको बरालले बताए । टोलीले उक्त चमेना गृहलाई… पुरा पढौ

पोखरा बसपार्कका सुकुमवासी स्थानान्तरणका लागि जग्गा खोजी कार्य जारी

पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुमवासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको छ । यही जेठ १२ गते गठित जग्गा व्यवस्थापन समितिले महानगरभित्रका विभिन्न वडामा पुगेर सम्भावित जग्गाको स्थलगत अध्ययन गरिरहेको समितिका संयोजक वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगीले बताईन् । उनले भनिन, “समितिलाई दिइएको जिम्मेवारीअनुसार जग्गा खोज्ने काम भइरहेको छ, तोकिएको समायावधिमा महानगरपालिकालाई प्रतिवेदन बुझाउँछौँ”, महानगरपालिकाले वडाध्यक्ष योगीको संयोजकत्वमा सात सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा वडा… पुरा पढौ

गण्डकीका सचिवले भने : बलात्कारीलाई फासीको सजाय दिने व्यवस्था गरियोस्

सन्देश श्रेष्ठपोखरा, जेठ २० गण्डकी प्रदेशका एक सचिवले बलात्कारीलाई फासीको सजाय गर्ने व्यवस्था गर्न माग गरेका छन् । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा संघीय सरकार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बुधबार पोखरामा आयोजित ‘लैंगिक समानता नीतिलगायत मन्त्रालयबाट सञ्चालित कार्यक्रमहरुको अभिमुखीकरण’ कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलले नेपालमा बलात्कारीलाई फासीको सजाय हुने व्यवस्था गर्न माग गरेका हुन् । नेपालमा कुनै पनि अपराध गर्नेलाई… पुरा पढौ

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारत भ्रमणमा रहेका स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गरे । साथै उनले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उनको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले नेपाल ‘पहिलो छिमेकी’ नीतिअन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक… पुरा पढौ

एमालेको राष्ट्रिय कार्यशाला सुरु, सरकारलाई उत्ताउलो नबन्न अध्यक्ष ओलीको सुझाव

नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उदघाटन गरेका छन् ।२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारलाई उत्ताउलिएर धेरै अघि नबढ्न चेतावनी दिएका छन्। उनले सरकार पूर्वाग्रही ढङ्गले अघि बढेको आरोप लगाए ।विभिन्न राजनीतिक शक्तिहरूको भूमिका, उनीहरूका गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमलाई सही ढङ्गले बुझ्नुपर्ने आवश्यकता रहेको बताए । वर्तमान परिस्थितिको गहिरो समीक्षा… पुरा पढौ

पोखरा–दुबई दैनिक हवाई उडान भर्न फ्लाइ दुबई इच्छुक, उपाध्यक्ष लुकाजसहितको टोलीको निरिक्षण

विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबई पोखरा–दुबई दैनिक सिधा उडान सञ्चालन गर्न सकरात्मक देखिएको छ । फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजसहितको प्राविधिक टोलीले विमानस्थलको स्थलगत निरीक्षण तथा प्राविधिक छलफल पछि दैनिक सिधा उडान सञ्चालन गर्न इच्छुक रहेको बताईएको छ। टोलीले विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा प्राविधिक टोलीसँग करिब ६ घण्टा छलफल गर्दै धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनसँग सम्बन्धित पक्षको अध्ययन गरेको थियो।अध्ययनपछि टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ ।सो क्रममा… पुरा पढौ

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए सामुहिक राजीनामा

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेकपा एमालेका मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए । मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् । राजनीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु छन् ।मुख्यमन्त्री आचार्यले सरकारमा नयाँ अनुहारलाई अवसर दिन मन्त्री परिवर्तनको प्रक्रिया अघि बढाइएको बताए । एमालेबाट नयाँ मन्त्रीका… पुरा पढौ

वीरगन्ज नाकाबाट १० महिनामा १० अर्ब ९४ करोडको धान आयात

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए । गत आवको १० महिनामा यहाँबाट रु २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो । चालु आवमा रु १० अर्ब ९४ करोड मूल्य पर्ने… पुरा पढौ

गण्डकीको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता

सन्देश श्रेष्ठपोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको हो । गण्डकी प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाउने महत्वकांक्षी नीति लिइएको छ । गण्डकी प्रदेश सरकारले युवालाई हाल रोजगारी नपाएर बेरोजगार भइरहेको तथा कयौं युवाहरु वैदेशिक… पुरा पढौ

गण्डकी सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने

पोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम वाचन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशका सार्वजनिक सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गर्ने नीति लिने बताएका हुन् । त्यसका लागि प्रदेश सरकारले प्रोत्साहन गर्ने उनले उल्लेख गरे । नीति तथा कार्यक्रम वाचन गर्दै भट्टले भने,‘सार्वजनिक सवारी साधनलाई क्रमशः विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न विशेष प्रोत्साहन गरिनेछ । पोखरामा सञ्चालित सार्वजनिक… पुरा पढौ