देश

पोखरामा लाखेनाच संरक्षणमा मालेपाटन तायाःमचा समिति

सन्देश श्रेष्ठपोखरा, साउन ३१ पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास भएको छ । मालेपाटन तायाःमचा नाच समिति पोखरा–५ ले नेवारी समुदायको अनुपम संस्कृति लाखेनाच संरक्षणको प्रयास गरेको हो । नेवाःखल कास्कीको संरक्षणमा लाखेनाच संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र पुस्तान्तरणको प्रयास स्वरुप शनिबार पोखरा–५ मालेपाटनस्थित वाराही माविको खेल मैदानमा तेस्रो संस्करणको लाखेनाच प्रदर्शन सम्पन्न भएको छ । पोखरामा लाखेनाच लोपोन्मुख अवस्थामा पुगेपछि नया पुस्तामा लाखेनाचप्रति आकर्षण जगाउन तीन वर्षअघि शुरु भएको लाखेनाच प्रदर्शन यस वर्ष पनि भव्य रुपमा भएको हो । जहाँ एउटै… पुरा पढौ

खेलकुद पदक वितरण विवाद : छानविन प्रभावित पार्ने गखेप सदस्य सचिव शर्माको प्रयास

सन्देश श्रेष्ठपोखरा, साउन ३१ गण्डकी खेलकुद परिषद् (गखेप)को पदक वितरणमा भएको अनियमितताको छानबिनलाई प्रभावित पार्न गखेप सदस्य सचिव श्रीधर शर्मा सकृय भएका छन् । मन्त्री स्तरीय निर्णयका आधारमा गत साउन २४ गते गठन भएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.शेषनारायण पौडेल नेतृत्वको ३ सदस्यीय छानविन समितिले पदक वितरणको समग्र अवस्थाको छानविन गरिरहेका बेला सदस्य सचिव शर्मा छानविन प्रभावित गर्न लागिपरेका हुन् । पहिलो पटक दिइएको साउन २९ गतेसम्मको समयअवधीमा छानविन नसकिएपछि ३ दिन थपेर गखेप कार्यकारिणी सदस्यहरुसँग वयान… पुरा पढौ

पोखरा २६ का नागरिकको गुनासो: गाउँमा बाँदर र शहरमा घरपालुवा कुकुरले आंतक मच्चाए

गाउँमा बाँदरले आंतङक मच्चायो, फलफुल तरकारी केही बाँकी राखेन, हाईवये पराकिलो भयो बाटो काट्न मुश्किल भयो, अन्डर पास र आकासेपुल हुन चाहियो, राती हिड्न सकिएन भित्री सडकमा बत्ती बाल्दीन पर्यो भन्दै नागरिकले स्थानीय वडा सरकारलाई प्रश्न गरेका छन् । पोखरा महानगरपालिका वडा नंं २६ ले शनिवार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक यत्तिमा मात्रै रोकिएनन् उनिहरुले कुकुरको विगविगी नियन्त्रण गर्न समेत माग गरे । घरपालुवा कुकुर डोराएर हिड्ने नागरिकले अर्काको घर अगाडी दिशा पिसाव गराउँदे गरेको भन्दै नियन्त्रणको माग गरेका… पुरा पढौ

शिक्षा ऐनबारे मन्त्रालयले थाल्यो प्रदेशगत छलफल, भदौं २ गते पोखरामा

शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित शिक्षा ऐन निर्माणअघि प्रदेशगत छलफल थालेको छ। सातै प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यअन्तर्गत पहिलो दिन शनिबार मन्त्रालयले कोसी प्रदेशको विराटनगरमा ‘शिक्षा संवाद’ कार्यक्रम सम्पन्न गरेको छ। गण्डकी प्रदेशस्तरीय छलफल भने भदौं २ गते पोखरामा आयोजना हुने भएको छ । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा बिहान ११ बजेदेखि सुरु हुने प्रधानाध्यापक संघ नेपालले जनाएको छ । कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा… पुरा पढौ

जाजरकोेटमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु, दुई जना बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बेपत्ता चार जनामध्ये सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सोही नगरपालिकाको चिसापानीका ७० वर्षीय भमीबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विकको… पुरा पढौ

कास्कीको बिजयपुर खोलामा बगेर २ बेपात्त, बेपत्ता हुने निक्सन र यमन

सन्देश श्रेष्ठपोखरा, साउन ३० कास्कीको बिजयपुर खोलाले बगाएर दुई जना बालक बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकैबाट विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएको कास्की प्रशासनले जनाएको हो । १०÷१२ जना साथीहरु मिलेर खोलापारी गएको र फर्किने क्रममा उनीहरुलाई बगाएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । शनिबार दिउँसो करीब १ बजेतिर खोला तर्ने क्रममा पोखरा–१४ छिनेडाँडाका १६ वर्षिय निक्सन गुरुङ र पोखरा–१४ चाउथेका १५ वर्षिय यमन राई खोलाले बगाएर बेपत्ता भएको… पुरा पढौ

विजयपुर खोलामा दुइ बालक बेपत्ता

पोखराको विजयपुर खोलामा दुई जना बालक बेपत्ता भएका छन् । वडा नम्बर २६ र १४ को सीमा सक्नेरीबाट खोला तर्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् । वडा नम्बर २६ सक्नेरीस्थित भगवती हाईड्रोपावर नजिकै वडा नम्बर १४ बिजयबस्तीबाट विजयपुर खोला तर्ने क्रममा स्याङ्जा घर भइ पोखरा बस्ने १४ निक्सन राइ र ठेगाना नखुलेका १५ वर्षीय अमन राइ बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी गर्न जनपद प्रहरी, सशत्र प्रहरीको टोली गोताखरसहित खट्टिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले… पुरा पढौ

गुफा क्षेत्र संरक्षण संस्थाको अध्यक्षमा एकराज चयन, माथिल्लो पोखराको पर्यटन विकासमा केन्द्रित हुन सुझाव

गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था, पोखराको अध्यक्षमा एकराज नेपाली चयन भएका छन् । संस्थाको शनिबार पोखरामा सम्पन्न छैंटौं अधिवेशनले नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रेम तिमिल्सीना, सचिवमा ईश्वरी नेपाली, सहसचिवमा हरि बस्नेत र कोषध्यक्षमा सुनिल बस्नेत चयन भए । सदस्यहरुमा सुशान्त बस्नेत, अमर चर्मकार, नानी परियार र मनकला नेपाली छन् । बाँकी चार जना सदस्य समितिले मनोनित गर्ने अध्यक्ष नेपालीले जानकारी दिए । यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत… पुरा पढौ

मुक्तिनाथ मन्दिरमा भेटीको थुप्रो, ११ करोड ७६ लाख मौज्दात

मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा रु सात करोड १६ लाख ३२ हजार, सांग्रिला बैंकमा रु तीन करोड ९२ लाख ९५ हजार, प्रभु बैंकमा रु ५५ लाख ६४ हजार, नेपाल बैंकमा रु ११ लाख २३ हजार र माछापुच्छे« बैंकमा रु १७ हजार ५००… पुरा पढौ

गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु 

पोखरा, २९ साउन । नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने र शुद्ध लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पोखरामा आयोजित एक औपचारिक कार्यक्रमबीच अभियानको शुभारम्भ गरेका हुन् । अभियान शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले सुरु गरेको भाषिक शुद्धताको अभियान अन्य प्रदेशका लागि समेत सिकाइ बन्न सक्ने बताए । उनले गण्डकीबाट सुरु भएको अभियानलाई आगामी दिनमा ‘शुद्ध बोल्छ नेपाल,… पुरा पढौ