पोखरा, मंसिर ३० उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकी प्रदेशको दोस्रो अधिवेशनले डा.रामजी शर्माको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । हिसान गण्डकी प्रदेशको हालै सम्पन्न अधिवेशनले कास्कीका शर्मालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । हिसान गण्डकीको बरिष्ठ उपाध्यक्षमा छविलाल कंडेल ( नवलपुर), उपाध्यक्षमा बालकृष्ण शर्मा (बागलुङ), सचिवमा डिल्लीराम अधिकारी (कास्की), कोषाध्यक्षमा टुवराज बास्तोला (कास्की), सह सचिवमा अशोक शाही (कास्की) र सह–कोषाध्यक्षमा दीपक शर्मा मरासिनी (स्याङ्जा)लाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा लक्ष्मण कँडेल (नवलपुर), पम्फा गुरुङ…
पुरा पढौ