देश

रास्वपा जिल्ला अधिवेशन: छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

राष्ट्रिय स्वतन्त्र पार्टीले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन तोकेको थियो । शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएका थिए भने आइतबार २८ जिल्लामा अधिवेशन सुरु भएको थियो । आइतबार अधिवेशन सुरु भएका अधिकांश जिल्लामा नयाँ कार्यसमिति चयन भइसकेका छन् ।रास्वापका प्रवक्ता मनिष झाका अनुसार कोशीका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, पाँचथर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, खोटाङ, इलाम र धनकुटामा अधिवेशन सम्पन्न भइसकेका छन् ।… पुरा पढौ

पत्रकारलाई अनुसन्धानमूलक लेख लेखन तालिम

नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ । जेठ २७ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मेयर आचार्यले पत्रकारिता क्षेत्रलाई अझ बढी जिम्मेवार र अद्यावधिक बनाउनु पर्ने बताए । उनले नेपालमा डिग्री हासिल गरेपछि वा परीक्षा सकिएपछि सिक्ने प्रक्रिया सकियो भन्ने गलत धारणा रहेको भन्दै यसलाई चिर्नुपर्ने धारणा राखे ।विशेष गरी पत्रकारिता जस्तो संवेदनशील र गतिशील क्षेत्रमा आबद्ध व्यक्तिहरूका लागि हरेक मिनेट र सेकेन्ड महत्वपूर्ण हुने… पुरा पढौ

बजेटले निजि क्षेत्रलाई प्रमुख साझेदारको रुपमा लिएको छ ः अञ्जन श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अहिलेको बजेटले निजि क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारको रुपमा लिएको वताएका छन् । आईतबार लेखनाथ उद्योग वाणिज्य संघले भरखरै मात्र सम्पन्न महासंघको ६० औं वार्षिक साधारण सभाबाट निर्बाचित टिमलाई राखेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले बजेटमा निजि क्षेत्रले लामो समयदेखी उठाँउँदै आएका कुराहरुलाई समावेश गरिएकोमा निजी क्षेत्र अहिलेको बजेट प्रति सकारात्मक रहेको वताए । बजेटले उत्पादन, लगानीका पुर्वाधार, कृषिमा आधुनिकिकरण, सुचना प्रविधि, स्र्टाटअप र निर्यात व्यवसायीलाई प्राथमिकता दिएकाले यो वजेट निजी… पुरा पढौ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ: पूर्वगृहमन्त्री गुरुङ

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले बिरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गदैं उनले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताए । पूर्वगृहमन्त्री गुुरुङले देश बनाउन सबै मिलेर अघि बढनुपर्ने भन्दै रास्वपा देश बनाउन आएको पार्टी भएको उल्लेख गरे । “राम्रो कुरालाई सबै दलले साथ दिनुप¥यो”, उनले भने, “विरोधका लागि विरोध गरेर मात्र हुँदैन ।” गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद्समेत… पुरा पढौ

परराष्ट्रमन्त्रीको भारत भ्रमण: नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुगेका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रीद्वयले विभिन्न क्षेत्रमा भएको द्विपक्षीय सहकार्यको प्रगतिप्रति… पुरा पढौ

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले खानपानको सुनिश्चितामार्फत जनस्वास्थ्य सुधार ल्याउन सरकार सदैव प्रतिबद्ध रहेको बताईन् । उनले सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यन्वयनलाई उच्च प्राथमिकता राखिएको बताईन् । यसका साथै खाद्य परीक्षण प्रयोगशालाको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत… पुरा पढौ

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीले गरेको ‘स्विप अप्रेसन’का क्रममा ४० जना पक्राउ परेका छन् । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने कार्यविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘स्विप अप्रेसन’लाई निरन्तरता दिएको छ । जस अन्तर्गत शनिबार कास्कीका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्लामा जाँच गर्दा मादकपदार्थ सेवन ९मापसे० गरी सवारीसाधन चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनालाई कारबाही गरिएको हो । पोखरा–२३ र २४… पुरा पढौ

कास्कीका सिडिओको धनकुटा सरुवा, कास्कीमा कुमानसिंह

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको छ । शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयबाट १५ जिल्लाका सीडीओ परिवर्तन गरिएको छ । सो निर्णय अनुसार शर्मा जिल्ला प्रशासन कार्यालय, धनकुटामा सरुवा भएकी छन् । कास्कीको प्रमुख जिल्ला अधिकारीका रुपमा कुमान सिंह गुरुङ आउने भएका छन् । गृह मन्त्रालयमा सहसचिव रहेका गुरुङको कास्कीमा पदस्थापन भएको मन्त्रालयले जनाएको छ । त्यस्तै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको पनि जिल्ला प्रशासन कार्यालय, संखुवासभामा सरुवा भएको छ । अर्यालको ठाँउमा गृह मन्त्रालयका सहसचिव निराजन घिमिरे आउने… पुरा पढौ

पोखरामा रक्तिम साँझ हुने

रक्तिम साँस्कृतिक अभियानले पोखरामा ‘रक्तिम साँझ २०८३’ को आयोजना गर्ने भएको छ । ‘राष्ट्रियताको रक्षा, रक्तिमको सदिच्छा’ भन्ने नाराका साथ संचालन भएको अभियानले यही जेठ २५ गते पोखरा सभागृहमा विशेष साँझको आयोजना गर्न लागेको राष्ट्रिय जनमोर्चा, निकट युवक संघका केन्द्रिय अध्यक्ष गणेश अधिकारीले जानकारी दिए । राष्ट्रिय जनमोर्चा, कास्कीको आयोजनामा हुने विशेष अभियान अन्र्तगतको कार्यक्रम दिउँसो १ बजेबाट शुरु भई करिब २ घण्टा संचालन हुने अधिकारीले बताए । विगत ४२ बर्ष देखि प्रगतिशिल आन्दोलनको नेतृत्व गरेको अभियानले युग नृत्य, गिती… पुरा पढौ

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण्ण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलसँग आज भएको भेटमा उनले उक्त सुझाव दिएका हुन् । पूर्वप्रधानन्यायाधीश रेग्मीले संविधान संशोधनका क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड दिए । “संविधानको प्रस्तावना, विशेषगरी दोस्रो प्रस्तावनाको मूल भावना यथावत् राख्नुपर्छ,” उनले भने । धार्मिक… पुरा पढौ