देश

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन्। प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको अनुमान ९बजेट० का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उनले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गरे । मन्त्री डा वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुँदा आर्थिक विधेयकमा छुटेकाले… पुरा पढौ

फोहर व्यवस्थापनका लागि हेल्प नेपालको सहयोग

तेन्जिङ एण्ड डोल्मा हेल्प नेपाल नामक संस्थाले पोखरा १९ घार्मीका बिभिन्न संस्थालाई सरसफाईजन्य सामाग्री वितरण गरेको छ । स्वाभिमान टोल विकास संस्था प्लास्टिक जन्य वातावरण अभियान, पोखरा १६ को समन्वयमा संस्थाले घार्मीका भुमेश्वर आधारभुत विद्यालय, ओमकारेश्वर महादेव मन्दिर र गायत्री आधारभुत विद्यालयलाई फोहर व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको हो । संस्थाले फोहर संकलनमा प्रयोग गरिने प्लाष्टिक, डस्टविन, डस्ट प्यान, पञ्जा, मास्कलगायतका सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।स्वाभिमान टोल विकास संस्था एवं प्लास्टिक जन्य फोहोर व्यवस्थापन समितिका संयोजक श्यामसुन्दर… पुरा पढौ

सहकारी ठगीका जितेन्द्र थापा पोखरामा पक्राउ

सहकारी ठगी गरी फरार रहेका नेपालगंजका जितेन्द्र थापा पोखरामा पक्राउ परेका छन् । ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका थापालाई जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खट्टिएको प्रहरी टोलीले मंगलबार पोखरा ८ सिर्जनाचोकबाट पक्राउ गरेको हो । बाँकेको नेपालगंज उप महानगरपालिका वडा नं. १ बस्ने थापा विरुद्ध बाँके जिल्ला अदालतमा ठगी कसुरमा मुद्धा चलेको प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी… पुरा पढौ

नवग्रह मन्दिर : धार्मिक पर्यटनको नयाँ गन्तव्य

सन्देश श्रेष्ठपोखरा, जेठ २६ स्याङ्जाको नवग्रह मन्दिर पर्यटनको नया गन्तव्यका रुपमा स्थापित हुन थालेको छ । स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको यो मन्दिर धार्मिक पर्यटनको गन्तव्यको रुपमा स्थापित हुन थालेको हो । केहि वर्ष अघिसम्म सामान्य ठाउँका रुपमा रहेको यो ठाउँ अहिले नवग्रह मन्दिर बनेसँगै धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । स्याङ्जाको हेलुबाट ७ किलोमिटर पश्चिम रहेको यो मन्दिरमा हरेक शनिबार ५ हजार भन्दा धेरै पर्यटक पुग्ने गरेका छन् । कहिलेकाहिं त १२ हजारसम्म भक्तजन पुग्ने गरेको अर्जुनचौपारी… पुरा पढौ

नियमित कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठकमा विपक्षी दलहरूले नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीको धारणाको सम्बन्धमा जवाफ माग गर्दै अवरोध गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आसनग्रहण गरी बैठक सञ्चालनमा सहजीकरण गर्न विपक्षी दललाई आग्रह गरे । सभामुखको सो आग्रहलाई विपक्षी दलहरूले अस्वीकार गर्दै विरोध जारी राखे । त्यसपछि सभामुख अर्यालले बैठक बुधबार बिहान ११ः०० बजे बस्नेगरी स्थगित भएको जानकारी गराए । आजको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री… पुरा पढौ

पोखराको सार्वजनिक यातायात सुधारका लागि ‘स्मार्ट र दिगो मोबिलिटी’ मा जोड

पोखरा ।पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र वातावरण अनुकूल बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) र आर्थिक आवाजको साझेदारीमा पोखरामा आयोजित ‘स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटी’ विषयक सार्वजनिक–निजी संवादका वक्ताहरूले यस्तो धारणा राखेका हुन् । विश्वव्यापीजलवायु परिवर्तन, वायु प्रदूषण र तीव्र सहरीकरणको चुनौती सामना गर्न पोखरामा हरित यातायातको विकास अपरिहार्य भएको निष्कर्ष छलफलले निकालेको छ । संवादमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको यातायात क्षेत्रलाई आमूल परिवर्तन… पुरा पढौ

पोखरा बसपार्कका सुकुमबासी : घर खाली गरेको हल्लामात्रै, डोजर आतंकको त्राससँगै वैकल्पिक व्यवस्थाको आश

सन्देश श्रेष्ठपोखरा, जेठ २५ पोखरा बसपार्कका सुकुमबासी बस्ती हटाउन पोखरा महानगरपालिकाले ताकेता गरेको धेरै भयो । पहिलो पटक ३५ दिने सूचना निकालेको महानगरले दोस्रो र तेस्रो पटक १५/१५ दिने सूचना निकालिसकेको छ । यसबिचमा महानगरले अन्तिम पटक ७२ घण्टे सूचना निकालेर घर खाली गर्न भनेको थियो । त्यो अवधी सकिएको पनि १६ दिन बितिसकेको छ । यसबिचमा महानगरले डोजर चलाउने हल्ला धेरै चलिसकेको छ । सुकुमबासी बस्तीमा आजै डोजर चल्ने, भोलि नै चल्ने भनेर सामाजिक सञ्जालमा हल्ला फैलाउने काम पनि… पुरा पढौ

गायत्री सिकाई केन्द्रको शिक्षा प्रशिक्षण सम्पन्न

गायत्री बहुद्धेश्यीय सामुदायिक सिकाई केन्द्रले अभिभावक केन्द्रित शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । महेन्द्र मावि, घार्मीमा आयोजित कार्यक्रममा पुर्व विद्यालय निरिक्षक लेखनाथ लामिछानेले विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा मात्र सिमित नराखी असल अभ्यासमा पनि सहभागि गराउनु पर्ने बताए । उनले बालबालिकालाई असल बनाउने दायित्व परिवारमा रहेको बताउँदै, घर र समाजको वातावरण अनुशासित हुनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लामिछानेले गुणस्तरीय शिक्षा उनीहरुको जन्मसिद्ध अधिकार भएको बताए । केन्द्रका अध्यक्ष शोभामोहन पौडेलले वालवालिकालाई प्राविधिक शिक्षा मार्फत स्वाबलम्वि बनाउन… पुरा पढौ

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन गर्न पुर्वाधार अध्ययन समिति गठन

पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासिहरुको व्यवस्थित बसोबासका लागि जमिन प्लट मिलान तथा अन्य पुर्बाधार अध्ययन समिति गठन गरिएको छ। पोखरा महानगरपालिकाले वडा नं. ९, बसपार्क क्षेत्रमा सुकुम्बासी बसोबासीहरूको व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन समितिले सिफारिस गरेका जग्गाहरू मध्ये उपयुक्त ठहरिएका जग्गामा आवश्यक प्राविधिक कार्य सम्पन्न गर्न समिति गठन गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए । गठित समितिको संयोजकमा महानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल, सदस्यमा आर्किटेक्चर इन्जिनियर सिद्धार्थ पाण्डे, अमिन प्रदीप सुवेदी,सन्देश सापकोटा र सदस्य सचिवमा प्रशासनिक अधिकृत… पुरा पढौ

विश्व ‘ब्रेन ट्युमर’ दिवस मनाईदै, कति छन् नेपालमा बिरामी ?

नेपालमा पछिल्ला वर्षहरुमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको हो । नेपालभरका २० भन्दा बढी न्यूरो केन्द्रबाट भएको अध्ययन आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा राजीव झाले जानकारी दिए । उनका अनुसार २०८२ सालमा तीन हजार जना ब्रेन टयुमटरमा बिरामीको शल्यक्रिया गरिएको छ । विसं २०८१ मा यो सङ्ख्या दुई हजार ६०० थियो… पुरा पढौ