देश

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा ४ जना आकांक्षी, गौतम, बुद्धाचार्य, पोखरेल र आचार्यले लिए मनोनयन पत्र

सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि ४ जनाले मनोनयन पत्र बुझेका छन् । संघको यहि भदौ २० र २१ गते हुने ३६ औं महाधिवेशन अन्तर्गत विहीबार उम्मेदवारी दिनका लागि मनोनयन पत्र बुझ्ने तोकिएको समय अपराह्न ५ बजेसम्ममा अध्यक्षका लागि ४ जनाले मनोनयन पत्र लिएका हुन् । मनोनयन पत्र लिनेमा उत्तममान बुद्धाचार्य, बलराम आचार्य, शोभा गौतम र अर्जुन पोखरेल रहेका छन् । अध्यक्षमा उम्मेदवारी दिनका लागि निस्सा लिने बुद्धाचार्य वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष, आचार्य वर्तमान… पुरा पढौ

पोखरामा गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल हुँदै

पोखराः कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा पोखरामा गण्डकी प्रदेश स्तरीय ’मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पाेज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका लागि भदौ २० गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको ३६ औं अधिवेशनको चुनावी रौनक बढ्दैं, नेतृत्वमा ४ जना आकांक्षी,शोभा गौतम नेतृत्वको प्यानल सार्वजनिक

पोखरा उद्योग वाणिज्य संघको यही भाद्र २० र २१ गते सम्पन्न हुने ७२ औं साधारण सभा तथा ३६ औं महाधिवेशनका लागि अध्यक्षका आकांक्षी शोभा गौतमको प्यानल घोषणा भएको छ । आज शुक्रबार बिहान पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि गौतमको प्यानल घोषणा गरिएको हो । गौतम हाल संघको महासचिबको जिम्मेवारीमा छिन। ‘समावेशी टिम, जुझारु नेतृत्व—सबल संघ, समृद्ध पोखरा’ नारा सहित गौतमले आंफ्नो प्यानल घोषणा गरेकी हुन।गौतमको प्यानलको वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा… पुरा पढौ

प्रधानमन्त्री बालेन्द्र शाह पोखरामा, हेलिकप्टर मार्फत भोलि मुस्ताङ पुग्ने

निजि भ्रमणका लागि काठमाण्डौबाट निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह आज अपरान्ह पोखरा आईपुगेका छन् । शुक्रबार बिहान सरकारी गाडीमार्फत उनी काठमाडौंबाट पोखराका लागि प्रस्थान गरेका थिए । पोखरा हुँदै मुस्ताङ जाने र मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम रहेको स्रोतले बताइएको छ । उनी आज पोखरा नजिकै रहेको माछापुच्छ्रे गाउँपालिका अस्तामस्थित अन्नपुर्ण इको भिलेजमा बास बस्नेछन् । पोखराबाट करिब १५ किलोमिटरको दूरीमा रहेको उक्त भिलेजका ३ वटा ब्लकका १२ कोठा बुकिङ गरिएको छ। प्रधानमन्त्री र उनको भ्रमण टोली एक दिन त्यहाँ रहने छ।… पुरा पढौ

चामे–बेँसीसहर सडक अवरुद्ध

हिमाली जिल्ला मनाङको लाइफलाइनको रुपमा रहेको चामे–बेंसीसहर सडक अवरुद्ध भएको छ । नासोँ गाउँपालिका–३ खोत्रो पाखामा सडक भासिएर उक्त सडक अवरुद्ध भएको हो । सडक भासिदा पूर्ण रुपमा चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए । “वर्षायाममा पहाडी क्षेत्र जोखिम हुनुका साथै भासिने र बाढीपहिराले अवरुद्ध हुने गरेको छ”, उनले भने, “भासिएको सडक खुलाउन उक्त क्षेत्रमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी पुगिसकेका छन् ।” मनाङको एक मात्र लाइफलाइन रहेको उक्त सडकमा यात्रा गर्नेहरुले कहिले लमजुङको पहिरो त कहिले… पुरा पढौ

पार्टीभित्र एकता कायम गर्न कास्की काँग्रेसको अपिल

नेपाली काँग्रेस कास्कीले पार्टीभित्र एकता कायम गर्न अपिल गरेको छ । जनता र कार्यकर्ताको चाहाना नै मजबुद र एकतावद्व काँग्रेस भएकोले त्यसतर्फ विशेष ध्यान दिन अपिल गरेको हो । नेपाली काँग्रेस कास्कीको आज सम्पन्न बैठकले त्यस्तो अपिल गरेको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । बैठकले नेपाली काँग्रेसको १५ औ महाधिवेशनको कार्यातालिका अनुसार तोकिएकै समयमा वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशन सफल बनाउन अधिवेशन परिचालन समितिका साथै विभिन्न उपसमितिहरु गठन गरेको छ ।… पुरा पढौ

तमु प्ये ल्हु संघ जिल्ला महिला समितिको चौथो अधिवेशन सम्पन्न,अध्यक्षमा खकी माया तमु निर्वाचित

तमु प्ये ल्हु संघ जिल्ला महिला कार्यसमिति कास्कीको दशौँ स्थापना दिवस, वार्षिक साधारणसभा तथा चौथो अधिवेशन एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनले खकी माया तमुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।नवनिर्वाचित समितिको उपाध्यक्षमा उमा तमु, सचिवमा पुष्प तमु, सहसचिवमा रत्न तमु, कोषाध्यक्षमा रामकुमारी तमु र सहकोषाध्यक्षमा रिश काशी तमु चयन हुनुभएको छ। सदस्यहरूमा उमा देवी तमु, डिल शोभा तमु, लिलु तमु, नुम माया तमु, कौमती तमु, टौसरी तमु, रामकुमारी तमु, नानी माया तमु, शान्ति तमु, संगीता… पुरा पढौ

सेती खोचमा अड्किएका परियारको उद्धार

पोखराको रामघाटस्थित सेती नदीको खोचमा अड्किएका एक युवाको उद्धार गरिएको छ । आज बिहान पोखरा ९ शान्तिवनस्थित सेती नदीको भिरबाट खसेका रुपन्देहीको बुटवल घर भई पृथ्वीचोक बस्दै आएका २८ बर्षिय अनिल परियार पोखरा ९ शान्तिवनस्थित सेती नदीको भिरबाट खसेर अड्किएका थिए । उनी अड्किएको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय कास्की र सि.आर.भी पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको कास्की प्रहरीका प्रवक्ता विरेन्द्रकुमार पासवानले जानकारी दिए । परियार बिहान करिब ६ बजेको समयमा त्यहाँ खसेको प्रहरीले जनाएको छ ।… पुरा पढौ

प्रधानमन्त्री शाह पोखरा हुँदै मुक्तिनाथ पुग्ने

प्रधानमन्त्री वालेन्द्र शाह पोखरा हुँदैं मुस्ताङ पुग्ने भएका छन् । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न उनी त्यहाँ जान लागेका हुन् । काठमाडौँबाट आज बिहान आफ्नो सरकारी गाडीमार्फत पोखरा आउँदै गरेका प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको स्रोतले बताएको छ ।उनी सडक मार्गबटै मुस्ताङ जाने कार्यक्रम छ। तर यस बिषयमा भने सुरक्षा निकाय बेखबर रहेको जनाईएको छ ।कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको पोखरा भ्रमणबारे कुनै जानकारी नभएको बताए। उनी बास बस्नका लागि पोखरा नजिकै रहेको माछापुच्छ्रे गाउँपालिका… पुरा पढौ

पोखरा रंगशालामा फ्लडलाईट हालिने

सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ । संघ सरकार र संघीय शहरी विकास तथा भवन निर्माण विभागले छुट्टाछुट्टै बजेट विनियोजन गरिदिएपछि पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु गरिएको हो । फ्लडलाईटका लागि हाल ८ करोड बजेट रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । उनका अनुसार संघ सरकारले फ्लडलाईटका लागि ५ करोड विनियोजन गरिदिएको छ भने संघीय सहरी विकास कार्यालयले ३ करोड बजेट विनियोजन गरेको छ । फ्लडलाईटका लागि करीब १६… पुरा पढौ