देश

“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”

फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०र१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उहाँको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो । “केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए”, त्यो दिनको घटना सम्झँदै गर्दै ३७ वर्षे उनले भने, “ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेछु… पुरा पढौ

पोखरा विमान दुर्घटनाः ४८ शव काठमाडौँमा लगिँदै

आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौँ लगिने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । दुर्घटनामा सवार ७० जनाको शव प्राप्त भएको छ भने दुई जना अझै हराइरहेका छन् । पहिचान भएका पोखरा र आसपासका २२ जनाको शव यहीँ नै आफन्तलाई बुझाउन लागिएको छ । पुरा पढौ

क्यानद्वारा नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण

काठमाण्डौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले आज साँझ विज्ञप्ति जारी गर्दै पोखरा विमानस्थल नजिक भएको यती एयरलाइन्सको विमान दुर्घटनापश्चात् क्यानका सुरक्षा निरीक्षकहरूबाट नेपालमा सञ्चालित सम्पूर्ण एटिआर–४२ तथा एटिआर–७२ वायुयानको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको जानकारी दिए । परीक्षणका क्रममा उपरोक्त वायुयानहरूमा कुनै प्राविधिक त्रुटि… पुरा पढौ

यसपटक देखिएको डेङ्गुमा सेरोटाइप- ३ स्वरुप

नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप ३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप ३ स्वरुपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए। उनले विगतका वर्षभन्दा यसपटक सेरोटाइप ३ धेरै देखिएको बताए। “यस भन्दाअघि पनि हामीले नमूना परीक्षण गर्दा थोरै मात्रामा सेरोटाइप(३ देखिएको थियो”, उनले भने, “यसपटक भने बिरामी पनि धेरै भएकाले धेरै जनामा सेरोटाइप(३… पुरा पढौ

प्रधानमन्त्री दाहाल बालकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता सुरु भएको छ । बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुग्नुभएका प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी रहेको बताइएको छ । पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा छन् । आइतबार साँझ पनि उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो । आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् बिस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको… पुरा पढौ

विमान दुर्घटनामा परेर मृत्यू भएकाहरुको शव आफन्तलाई बुझाईंदै

पोखरा, माघ २ पोखरामा आईतबार भएको विमान दुर्घटनामा परेर मृत्यू भएकाहरुको शव आज आफन्तलाई बुझाईंदै छ । काठमाडौंबाट पोखरा आएको यती एयरलाईन्सको एटिआर विमान ढल्(ब्ल्ऋ कलसाईन भएको जहाज दुर्घटना हुँदा ६८ जनाको मृत्यू भएको थियो । चालक दलका ४ जनासहित ७२ जना सवार सो जहाजमा रहेका ४ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी जारी छ । मृत्यू भएकामध्ये २६ जनाको शव पहिचान भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । अस्पतालका अनुसार पोखराका ११ जनाको… पुरा पढौ

जहाज दुर्घटनामा परेर बेपत्ता भएकाहरुको गोताखोर टोली परिचालन गरेर शव खोजिदै

पोखरा, माघ २ पोखरामा भएको जहाज दुर्घटनामा परेकाहरुको शव संकलन आजपनि शुरु भएको छ । पोखराको सेतीखोंचमा दुर्घटनामा परेको जहाजमा रहेका बाँकी यात्रुहरुको खोजीसँगै शव संकलन सोमबारपनि जारी राखिएको हो । सोमबार बेलुकासम्म ६३ जनाको शव संकलन गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा पु¥याइएको थियो । अहिले विहान थप ५ वटा शव संकलन गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । ‘आज विहान ७ बजेदेखि नै शव संकलन कार्य जारी छ’–उनले भने ।… पुरा पढौ

यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द

काठमाण्डौं । दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९एन–एएनसी एटिआर–७२ जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो । रासस पुरा पढौ

पोखरामा भएको जहाज दुर्घटनामा ६८ को मृत्यू, चार अझै बेपत्ता

पोखरा, माघ १ पोखरामा आईतबार भएको जहाज दुर्घटनामा ६८ जनाको मृत्यू भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ढल्–ब्ल्ऋ कलसाईन भएको यति एयरलाईन्सको एटिआर–७२ जहाज पोखराको सेतीनदी खोंचमा दुर्घटनाग्रस्त हुँदा उनीहरुको मृत्यू भएको कास्की प्रहरीले जनाएकोछ । ७२ जनामध्ये ४ जनाको अवस्था पत्ता लाग्न नसकेको प्रहरीको भनाई छ । काठमाडौंबाट पूर्वाह्न १०ः३३ बजे उडेको जहाज १० बजेर ५८ मिनेटमा दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा परेको विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको… पुरा पढौ

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । यस्तै दुर्घटनाका प्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले दिवङ्गतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस घटनाको कारण जाँच गर्नका लागि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।… पुरा पढौ