देश

सेती खोंचमा खसेकाले उद्धारमा कठिनाई

पोखरा, माघ १ पोखरामा दुर्घटनामा परेको जहाज सेतीको खोंचमा खसेको छ । काठमाडौंबाट पोखरा आइरहेको यती एयरलाईन्सको ढल् ब्ल्ऋ ब्त्च्–ठद्द जहाज पोखराको पुरानो विमानस्थलको पूर्वपट्टीको भागमा रहेको सेती खोंचमा खसेको हो । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजमा समस्या आएपछि जहाज दुर्घटनामा परेको थियो । जहाज पुरानो विमानस्थल र सीताराम केसी ग्रुपले निर्माण गरेको हाउजिङको बिचमा रहेको सेती खोंचमा खसेको अवस्थामा भेटिएको हो । खोंचमा खसेकाले उद्धारमा कठिनाई भएको छ । खसेलगत्तै प्रहरी पुगेर उद्धार गरिरहेको छ । तर… पुरा पढौ

उद्धार र उपचारमा खटिन मुख्यमन्त्रीको आह्वान

पोखरा, माघ १ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा भएको जहाज दुर्घटनामा परेकाहरुको खोज, उद्धार र उपचारमा खटिन आह्वान गरेका छन् । मुख्यमन्त्री अधिकारीले आइतबार एक विज्ञप्ती जारी गर्दै उनले यति एयरलाईन्सको विमान दुर्घटनामा परेकाहरुको खोज, उद्धार र उपचारमा खटिन आह्वान गरेका हुन् । मुख्यमन्त्री अधिकारीले जहाज दुर्घटना स्थल पुगेर आफूले अवलोकन गर्नुका साथै त्यहाँको अवस्थाबारे जानकारी लिएको उल्लेख गरेका छन् । आफूले उद्धारमा खटिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतलाई तत्काल खोज, उद्धार र उपचारमा खटिन निर्देशनपनि दिएको बताएका… पुरा पढौ

क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्छ : राष्ट्रपति भण्डारी

काभ्रेपलाञ्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताएकी छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् ब्रम्हाजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रम्हपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने बताइन् । “समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामीले तीव्र विकास, स्वदेशमै रोजगारीको सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता… पुरा पढौ

घनश्यामभुसाललाई सचिवालय सदस्यको जिम्मेबारी

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मेबारी प्रदान गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नेता भुसाललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सचिवालयको उक्त निर्णयलार्ई आजै बसेको स्थायी कमिटी बैठकले पनि अनुमोदन गरेको छ । नेता भुसालले यही पुस २९ गते स्वघोषणा गरी उक्त पार्टीमा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको अभियानमा क्रियाशील हुने… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट मङ्गलबार विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे सत्तारूढ नेताका नेताहरूबीच छलफल चलिरहेको छ । आज बिहान मात्रै प्रधानमन्त्री दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् विस्तारकै बारेमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले मङ्गलबार दुई तिहाइ… पुरा पढौ

उपमहासचिव पुन अस्पताल भर्ना

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएका हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिनपहिले रोल्पा पुगेका थिए । रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकप्टरबाट अस्पताल ल्याइएको उनको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनले केही समय पहिले… पुरा पढौ

माओवादीका कृष्ण धिताल गण्डकीको सभामुख

पोखरा, पुस ३० गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । गण्डकी प्रदेश सभामा आज भएको सभामुख पदको निर्वाचनमा धिताल बहुमतले निर्वाचित भएका हुन् । सभामुखमा निर्वाचित धितालले ३२ मत प्राप्त गरे । उनको विपक्षमा भने २६ मत खस्यो । नेकपा माओवादी केन्द्रका फडिन्द्र देवकोटाको प्रस्ताव र नेकपा एमालेका रोसन गाहा मगरको समर्थनमा प्रस्तावित धितालको पक्षमा सत्तारुढ दलसँगै प्रतिपक्षमा बसेका एक जना सांसदलेपनि मतदान गरे । धितालाई सभामुख बनाउने पक्षमा सत्तारुढ नेकपा एमालेका २१, नेकपा माओवादी… पुरा पढौ

प्रतिभा माविको प्राचार्यमा किरण सापकोटा

पोखरा, पुस ३०पोखराको पालिखेचोकस्थित प्रतिभा माविको प्राचार्यमा किरण सापकोटा नियुक्त भएका छन् । विद्यालय संचालक समितिको बैठकले सापकोटालाई प्राचार्य नियुक्त गर्ने निर्णय गरेको हो । सापकोटा यसअघि विद्यालयका निर्देशक थिए ।नवनियुक्त प्राचार्य सापकोटालाई शुक्रबार विशेष कार्यक्रम सहित पदस्थापना गराइएको छ । विद्यालयका यसअघिका प्राचार्य विश्वगोपाल पराजुलीलाई वित्त निर्देशकको जिम्मेवारी दिइएको छ । पराजुली विद्यालय स्थापना भएदेखि कार्यरत थिए । विद्यालय २०४३ सालमा स्थापना भएको थियो । यो विद्यालयमा अहिले नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ ।विद्यालयका प्रवन्ध निर्देशक बलबहादुर थापाले सापकोटाको… पुरा पढौ

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा १ को उपधारा १ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका… पुरा पढौ

गण्डकीमा सभामुखको निर्वाचन भोलि

गण्डकी प्रदेश सभाको सभामुख शनिबार चयन हुने भएको छ । सभामुख चयन गर्न गण्डकी प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको हो । प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्नका लागि शनिबार बैठक बोलाएका हुन् । गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएको छ । सत्ता गठबन्धनको पक्षमा बहुमत भएकाले माओवादी केन्द्रका उम्मेदवार सभामुख हुने निश्चितजस्तै छ । माओवादीले सभामुखमा कृष्ण धिताललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।… पुरा पढौ