देश

नेवाः मिसा पुचले आयोजना गरेको झ्व भ्वय भव्य रुपमा सम्पन्न

सन्देश श्रेष्ठपोखरा, पुस १७ नेवाः मिसा पुच कास्कीले शनिबार आयोजना गरेको झ्व भ्वय भव्य रुपमा सम्पन्न भएको छ । नेवाः खल कास्कीको सहयोगमा मिसा पुचले नेवा छेँ भवन भीमसेनटोलमा आयोजना गरेको नेवारी सांस्कृतिक उत्सव झ्व भ्वयमा १ हजार ५ सय बढी सहभागी भए । जहाँ नेवार समुदायका युवा, युवतीदेखि बालबालिका र बृद्दबृद्दासम्मले झ्व भ्वय खाएका थिए भने गैरनेवार समुदायका पनि उत्तिकै सहभागी भए । झ्व भ्वय खान नेवार समुदायका पुरुषहरु दौरा सुरुवाल र महिलाहरु हाकुपटासीमा सजिएर आएका थिए । अझ… पुरा पढौ

एमाले कास्कीमा प्रत्यक्ष निर्वाचनतर्फ २९ जना आकांक्षी

शिशिर उजाडपोखरा आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले आन्तरिक तयारी तिब्र बनाएको छ । देशका बिभिन्न जिल्ला र निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फका उम्मेदवार केन्द्रमा सिफारिस हुन थालेका छन् । एमाले कास्कीले पनि उम्मेदवारको सुची तयार गर्न क्षेत्रीय कमिटीलाई निर्देशन दिएको छ । कास्कीमा ३ निर्वाचन क्षेत्र छन् । एमाले कास्की स्रोतका अनुसार कास्की क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि प्रारम्भिक चरणमा दर्ता भएका नामहरुमा जिल्ला अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री,दिलिप न्यौपाने , मन बहादुर गुरुङ… पुरा पढौ

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

मुस्ताङ र मनाङमा एकैसाथ दुलर्भ हिउँचितुवाको सङ्ख्या पत्ता लगाउन सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङमा एक्याप लोमान्थाङ र एक्याप जोमसोम तथा मनाङमा एक्याप मनाङले एकैसाथ सर्वेक्षण सुरु गरेका हुन् । यसअघि एक्याप तथा हिउँचितुवासम्बन्धी अध्ययन अनुसन्धान गर्ने निकायले हिउँचितुवाको सम्भावित बासस्थान रहेका स्थानमा सीमित सङ्ख्यामा क्योमरा ट्रयापिङ गरी सर्वेक्षण गर्दै आएका थिए । यसकारण मुस्ताङ र मनाङमा कतिको सङ्ख्यामा हिउँचितुवा छन् भन्ने यकिन हुन सकिरहेको थिएन । यसवर्ष भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङ र मनाङले… पुरा पढौ

पुर्व मन्त्री कुमार खड्का रास्वपामा प्रवेश

नेपाली कांग्रेसका नेता कुमार खड्कासहितका एमाले कांग्रेसका नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । आज पोखरामा रास्वपाले आयोजना गरेको वृहत सदस्य भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा पुर्व मन्त्री समेत रहेका खड्कासहित एमाले नेता पुष्प अधिकारी र कांग्रेस महाधिवेशन प्रतिनिधि मीलन थापा रास्वपा प्रवेश गरेका हुन् । उनीहरूलाई रास्वपा उपसभापतिडा स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटा लगायतले लोगो लगाएर पार्टीमा स्वागत गरे । खड्का अखण्ड नेपाल पार्टीबाट संघीय महिला बालबालिका मन्त्री र काँग्रेसमा समाहित भएपछि… पुरा पढौ

कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्था बारेमा काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायतसँग अन्तरक्रिया गरी राय लिएका छन् । विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा आज भएको छलफलमा अहिलेको विषम परिस्थिति, समुचित निकास, राष्ट्रमा देखिएको सङ्कटको समाधान र पार्टीभित्रको द्वन्द्व अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा छफफल भएको उनको सचिवालयले जनाएको छ । सो अवसरमा शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाउनुभएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको… पुरा पढौ

वातावरणीय सरसफाईमा बाटुलेचौरका आमाहरु सक्रिय

शिशिर उजाडपोखरा बिहान बेलुका घरको लुते धन्दामै व्यस्त हुने आमाहरु पछिल्लो समय वातावरणीय सरसफाई र संरक्षणका क्षेत्रका पनि सक्रिय हुन थालेका छन् । पोखरा १६ बाटुलेचौरमा संरक्षण आमा समुहमा आवद्ध महिलाले प्रत्येक शनिबार विहानको समय वातावरण संरक्षणमा छुट्टयाएका छन् । उनीहरु शनिबारको बिहानै हातमा कुचो, ग्लोव र प्लाष्टिक बोकेर सार्वजनिक स्थलको सरसफाईमा लाग्ने गरेका हुन् । महिलाले शुरुवात गरेको सुधारको कामलाई स्थानीय अमलाबिसौंनी धोविनी पाटन टोल विकास संस्थाले पनि सहकार्य गरेको छ । उनीहरुले आज अमलाबिसौनी देखि मैदानचोकसम्म सरसफाई गरेका… पुरा पढौ

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने जनाइएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई… पुरा पढौ

पोखराका केही क्षेत्रमा हुने भनिएको विद्युत अवरोध नहुने(सुचनासहित)

शिशिर उजाडपोखरा पोखरामा विद्युत वितरण हुने फिडरमा समस्या आएपछि, कुँडहर सवस्टेशनको बसबार कार्य स्थगित भएको छ । नेपाल विद्युत प्राधिकरण , गण्डकी प्रादेशिक कार्यालय, पोखरा वितरण केन्द्रले शुक्रबार दिउँसो सुचना जारी गरि हाललाई सो कार्य स्थगित गरेको जनाएको छ ।आज बिहान भने ५ घण्टा विद्युत काटिएको थियो । कुँडहरस्थित १३२ केभी सव स्टेशनमा बसबार गरी सट डाउन गरिएको लाईन संचालन गर्ने क्रममा अत्याधिक लोडका कारण समस्या उत्पन्न भएको प्राधिकरणले जनाएको छ । प्रतिकुल मौषमका कारण अत्याधिक लोड वृद्धी भई सम्पुर्ण… पुरा पढौ

पोखरामा पदयात्रा पथप्रदर्शकका लागि चरा पहिचानसम्बन्धी तालिम

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि आजदेखि पोखरामा तीनदिने चरा पहिचान तालिम सुरु गरिएको छ । पदयात्रामा जाने पर्यटकलाई चराहरूका बारेमा जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ विशेषतः गण्डकी प्रदेशका पदयात्रा क्षेत्रमा पथप्रदर्शन गरिरहेका ३६ जनालाई तालिम दिन लागिएको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत चरा हेर्न आउने गरेका उल्लेख गर्दै उनले पदयात्रा पथप्रदर्शकले चराकाबारेमा जान्न जरुरी रहेको धारणा राखे ।… पुरा पढौ

एक्स गण्डकी बोर्डिङ स्टुडेन्ट्स एशोसियसन (एग्बोसा)को साधारण सभा भोलि हुँदै

पोखरा, पुस १८ एक्स गण्डकी बोर्डिङ स्टुडेन्ट्स एशोसियसन 'एग्बोसा'को साधारण सभा भोलि पोखरामा हुँदैछ । गण्डकी बोर्डिङ स्कुलबाट उत्तिर्ण भएका विद्यार्थीहरुको साझा संस्था एग्बोसाको १६ औं साधारण सभा भोलि पुस १९ गते शनिबार पोखरामा हुन लागेको हो । पोखराको न्यूरोडस्थित सिटी स्क्वायर व्याङ्क्यूटमा भोलि दिउँसो २ बजेदेखि साधारण सभा शुरु हुने जनाइएको छ । साधारण सभाले वार्षिक प्रतिवेदन , वार्षिक वित्तीय प्रतिवेदन र संस्थाको विनियम पारित गर्ने एग्बोसाका रोजिना रञ्जित बिजुक्छेले जानकारी दिईन् । साधारण सभामा सहभागी हुन गण्डकी बोर्डिङमा… पुरा पढौ