देश

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जिल्लास्थित दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा रहेको जानकारी दिए । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ… पुरा पढौ

सुमो दुर्घटनामा मृत्यु भएका मध्ये पाँच जनाको सनाखत

हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये पाँच जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सुमो दुर्घटनामा परी मृत्यु हुनेहरूमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा निवासी ४० वर्षीया सबिता लम्साल, हेटौँडा उपमहानगरपालिका–२ कान्तिराजपथ निवासी २९ वर्षीय निखिल अग्रवाल, हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी टोल निवासी ५६ वर्षीय कृष्णप्रसाद फुँयाल, भारतको विहार राज्य बेगुसराई निवासी ५० वर्षीय अरबिन्द कुमार र भारतको विहार राज्य पटना निवासी… पुरा पढौ

रास्वपाद्वारा दुई उपसमिति गठन,७ जना केन्द्रीय सदस्य मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्नका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो । पार्टीका प्रवक्ता मनिष झाले उपसमितिलाई योग्य उम्मेदवार छनोट र उक्त प्रक्रियाको सिफारिस गर्ने जिम्मेवारी दिइएको बताए । उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ । यस्तै, पार्टी एकता तथा समायोजन प्रक्रियालाई… पुरा पढौ

एमाले उपमहासचिव भट्टराई भन्छन्:‘सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको छ’

नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको बताएका छन् । प्रेस चौतारी ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव भट्टराईले यसअघि निर्वाचन हुने र नहुने र पार्टी सहभागी हुने र नहुने अन्योल रहेकामा सरकारसँगको छलफलपछि निर्वाचनमा जाने निर्णय गरिएको जानकारी दिए । निर्वाचन प्रक्रिया सुरु भइसकेको जनाउँदै उनले राजनीतिक दलहरूले समानुपातिक बन्दसूची पनि बुझाइसकेकाले निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए । गत भदौ २३ र २४ गतेका घटनापछि सुरक्षा निकायको मनोबल… पुरा पढौ

कानुनमा व्यवस्था गरिएको हक कसैले रोक्न सक्दैन: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले राज्यमा सबै समुदायको उचित प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा थारु कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलसँगको भेटमा उनले यो देश सबैको साझा फूलबारी भएकाले सबैको प्रतिनिधित्वबाट भएको विकास मात्र दिगो हुने बताईन् ।प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा समेत राखिन्। उनले भनिन्, ‘संविधानले दिएको अधिकार कसले र किन रोक्यो रु यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन। म यसप्रति चिन्तित छु। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन… पुरा पढौ

वर्षाको अद्यावधिक आकलनः अझै पनि कम वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा भएको थियो । आउँदा दिनमा पनि कम वर्षाको आकलन गरिएको उनले बताए । यही पुस १७ गतेदेखि फागुन १६ गतेको दुई महिना अवधिमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने… पुरा पढौ

कास्कीमा अनलाइनबाट एक वर्षमा १९ करोड ठगी, सचेत हुन एसपी कार्कीको अनुरोध

पोखरा, १९ पुस कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले पछिल्लो सयममा अनलाइन ठगिका घट्ना भयाभह रुपमा बढेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाको २२ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै कास्कीमा एक वर्षमा अनलाइनबाट १९ करोड रुपैया ठगि भएको बताए । उनले अनलाइन ठगिलाई रोक्नका लागि प्रहरी, सामुदायीक प्रहरी र स्थानीय लाग्नु पर्ने बताए । अनलाइन ठगिमा जाने बुझे कै व्यक्ति ठगिएको बताउदै त्यसलाई रोक्नका लागि सबै सचेत हुनु पर्ने बताए । एउटै व्यक्ति अनलाइन मार्फत… पुरा पढौ

नेवाः मिसा पुचले आयोजना गरेको झ्व भ्वय भव्य रुपमा सम्पन्न

सन्देश श्रेष्ठपोखरा, पुस १७ नेवाः मिसा पुच कास्कीले शनिबार आयोजना गरेको झ्व भ्वय भव्य रुपमा सम्पन्न भएको छ । नेवाः खल कास्कीको सहयोगमा मिसा पुचले नेवा छेँ भवन भीमसेनटोलमा आयोजना गरेको नेवारी सांस्कृतिक उत्सव झ्व भ्वयमा १ हजार ५ सय बढी सहभागी भए । जहाँ नेवार समुदायका युवा, युवतीदेखि बालबालिका र बृद्दबृद्दासम्मले झ्व भ्वय खाएका थिए भने गैरनेवार समुदायका पनि उत्तिकै सहभागी भए । झ्व भ्वय खान नेवार समुदायका पुरुषहरु दौरा सुरुवाल र महिलाहरु हाकुपटासीमा सजिएर आएका थिए । अझ… पुरा पढौ

एमाले कास्कीमा प्रत्यक्ष निर्वाचनतर्फ २९ जना आकांक्षी

शिशिर उजाडपोखरा आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले आन्तरिक तयारी तिब्र बनाएको छ । देशका बिभिन्न जिल्ला र निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फका उम्मेदवार केन्द्रमा सिफारिस हुन थालेका छन् । एमाले कास्कीले पनि उम्मेदवारको सुची तयार गर्न क्षेत्रीय कमिटीलाई निर्देशन दिएको छ । कास्कीमा ३ निर्वाचन क्षेत्र छन् । एमाले कास्की स्रोतका अनुसार कास्की क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि प्रारम्भिक चरणमा दर्ता भएका नामहरुमा जिल्ला अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री,दिलिप न्यौपाने , मन बहादुर गुरुङ… पुरा पढौ

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

मुस्ताङ र मनाङमा एकैसाथ दुलर्भ हिउँचितुवाको सङ्ख्या पत्ता लगाउन सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङमा एक्याप लोमान्थाङ र एक्याप जोमसोम तथा मनाङमा एक्याप मनाङले एकैसाथ सर्वेक्षण सुरु गरेका हुन् । यसअघि एक्याप तथा हिउँचितुवासम्बन्धी अध्ययन अनुसन्धान गर्ने निकायले हिउँचितुवाको सम्भावित बासस्थान रहेका स्थानमा सीमित सङ्ख्यामा क्योमरा ट्रयापिङ गरी सर्वेक्षण गर्दै आएका थिए । यसकारण मुस्ताङ र मनाङमा कतिको सङ्ख्यामा हिउँचितुवा छन् भन्ने यकिन हुन सकिरहेको थिएन । यसवर्ष भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङ र मनाङले… पुरा पढौ