अर्थ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै चार अर्ब ७३ करोड ४७ लाखको कारोवार

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४ अङ्कले उकालो लागेर दुई हजार ७१५.३५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१० अङ्कले उकालो लागेर ५०६.५४ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै उकालो लाग्न सकेन । कूल २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर रु चार अर्ब ७३ करोड ४६ लाख ५१… पुरा पढौ

डिजिटल गण्डकी प्रदेश बनाउन आइएमएसले महत्वपूर्ण भूमिका खेल्ने : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले गण्डकी सरकारको डिजिटल गण्डकी प्रोभिन्स अभियानलाई साकार बनाउन आइएमएसले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । ‘आइएमएस सफ्टवेयरले डिजिटल पेमेन्ट इन पोखरा क्यास होइन क्यूआर गरौं भन्ने प्रविधि ल्याउनु आफैमा सह्रानिय काम हो । यसले पोखरालाई डिजिटल पोखरा बनाउन मद्दत पुग्छ । पोखरामा अब क्यास नभई क्यूआर माध्यम पेमेन्ट गर्ने व्यवस्था हुनु सकरात्मक पक्ष हो ।’, उनले भने । मन्त्री थापाले आइएमएसले भित्राएको डिजिटल पेमेन्टले क्यासलेस… पुरा पढौ

कमीकमजोरीको बाबजुद बजेट कार्यान्वयनको विकल्प छैन : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले छिट्टै कर्मचारी व्यबस्थापन गर्ने बताउनु भएको छ । अर्थ मन्त्रालयले आइतबार मुस्ताङमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेकोले अब छिट्टै कर्मचारी व्यबस्थापन गर्ने बताउनु भएको हो ।संघ सरकारले प्रदेशमा आवश्यक पर्ने कर्मचारी व्यबस्थापन गर्न नसक्दा र प्रदेशले लोक सेवा आयोग ढिलो ल्याउदा कर्मचारी व्यबस्थापन गर्न कठिन भएको बताउनु भएको छ । विसम परिस्थितीमा… पुरा पढौ

सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । पोखरा ६ बैदाम मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा एक कार्यक्रमकाबीच आज सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारी बिभागका रजिष्टार झलकराम अधिकारीले पर्यटकीय नगरी लेकसाईडस्थित यस सहकारीले उत्पादनमा जोड दिदैँ सुनौलो कोशेली घर सञ्चालन जस्ता कार्यको लक्ष्य राखेको भन्दै शुभकामना व्यक्त गरे । सहकारीलाई संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । सहकारीको नियमन महत्वपुर्ण भएको बताउँदै उनले कोपोमिस सफ्टवएरमा संस्थाको सम्पूर्ण बिवरण… पुरा पढौ

बजेट थपिदिन अर्थमन्त्री शर्मालाई गण्डकी प्रदेशका मुख्यमन्त्रीको आग्रह

बजेट अभावले योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले संघ सरकारको पुन ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका बेला गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले ध्यानाकर्षण गराएका हुन् ।प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन मुख्यमन्त्री पोखरेलले अर्थमन्त्रीसँग आग्रह गरे । उनले भने, ‘संघीय शासन व्यवस्थासँगै संघबाट प्रदेशमा स्वतः अधिकारहरु हस्तान्तरण भएका छन् । ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा पूरा गर्न त्यसै अनुसारको बजेट व्यवस्थापन आवश्यक छ ।’… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाण्डौं । संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न नदिने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै आज बिहान १० बजे नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकु घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने नेपाल आयल निगमका कर्मचारीको राजीनामा समेत माग गरेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नेकपा (एकीकृत समाजवादी) निकट (अनेरास्ववियु)सहितका विद्यार्थी… पुरा पढौ

उत्पादनमूलक अर्थतन्त्र निर्माण गरिन्छ : अर्थमन्त्री शर्मा

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताएका छन् । उनले उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिवद्धता पनि व्यक्त गरे । ‘उद्योग खोल्न के सुविधा चाहिन्छ,त्यो दिन सरकार तयार छ’, पोखरा उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘भन्सार छुट चाहियो कि, बिद्युत वा कर छुट के चाहिन्छ, त्यो तत्काल दिइन्छ ।’ उनले देशमा उत्पादित ५ सय मेघावाट बिजुली खेर जानु लज्जाको विषय भएको बताउँदै बिजुली स्वदेशमै खपत हुने… पुरा पढौ

सुर्य बहादुर के.सीको स्मृर्तिमा पोखरामा अर्धकद शालीक

पोखरा । माछापुच्छ्रे बैंक पोखराका संथापक अध्यक्ष स्व. सुर्य बहादुर के.सीको स्मृर्तिमा माछापुच्छ्रे बैंक पोखरा नयाँबजार को कार्यालय परिषदमा स्व के.सी को अर्धकद शालीक स्थापना गरिएको छ । शालिकको आज एक समारोह विच स्व के.सीकी धर्मपत्नी प्रेम कुमारी के.सीले अनावरण गरिन् । काठमांडौका कलाकार एवम् मुर्तिकार विकल प्रजापतिले बनाएका हुन् । झण्डै २२ वर्ष अगाडि पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द् बनाउनुपर्छ भनेर स्व के.सीले बैंक स्थापना गरेकी हुन् । कार्यक्रममा स्व के.सी का बारेमा बोल्दै पुर्व प्रहरी वरिष्ट उपरीक्षक… पुरा पढौ

रु. ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु. ४०० ले उकालो लागेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु. ९४ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ९०० रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु. १५ ले उकालो लागेर एक हजार २८५ तोकिएकोे… पुरा पढौ

सुनको मूल्य एक हजार ३०० ले बढ्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु. एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु. ९२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ५०० रहेको छ । बुधबार प्रतितोला रु. ९२ हजार २०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा रु. २० बढेको छ ।… पुरा पढौ