अर्थ

मन्त्री श्रेष्ठले आमा समुहलाई दिए आफ्नो पहिलो महिनाको पारिश्रमिक

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले मन्त्री बनेपछिको पहिलो महिनाको पारिश्रमिक स्वरुप पाएको तलव २ आमा समूहलाई प्रदान गरेका छन्। तनहुँमा आयोजित एक कार्यक्रममा व्यास नगरपालिका–११ स्थित मिलनशील आमा समूह र डाँडागाउँ आमा समूहका अध्यक्षलाई ५० हजार ९ सय ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्। तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै श्रेष्ठले तलबभत्ता बापतको रकम विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएका हुन्। निर्वाचनमा उम्मेदवार हुँदा नै उनले तलबभत्ता लिन्न भनेर घोषणा गरेका थिए। त्यहि घोषणा… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

पोखरा । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको भाउ फेरि बढाएको छ । बुधबार मध्यरातबाट लागु हुने गरि पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगमले डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । यस्तै निगमले खाना पकाउने ग्यास सिलिण्डरको मूल्यपनि बृद्धि गरेको छ । निगमले ग्यासको मूल्य ७५ रुपैयाँ बढाएको हो । अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको… पुरा पढौ

बढ्यो सुनको मूल्यः चाँदीको स्थिर

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले उकालो लागेर रु. ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु. ९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजार २०० रहने छ जसको मूल्य मङ्गलबार रु. ९१ हजार ८०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मङ्गलबार प्रतितोला रु. एक… पुरा पढौ

गाउँमै बङ्गुरपालनबाट रु. १८ लाख आम्दानी

पर्वत । इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका यहाँका एक युवाले बङ्गुरपालन व्यवसायकाट मनग्य आम्दानी गर्न थालेका छन् । कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बङ्गुरपालनवाट वार्षिक रु १८ लाखसम्म आम्दानी गर्न थालेका हुन्। “आतङ्कवादीले कति बेला लन्चर हान्थे थाहै नहुने तर अमेरिकी सैनिकले लन्चर आउँदै गरेको सूचना पाएपछि सबैलाई बङ्करमा लुक्न पठाउँथ्यो । त्यही आक्रमणमा परेर कति साथी त मारिए”, उनले भने, “मौकाले बाँचियो । बममा टेकेर बाँचेको जीवनभन्दा नेपालमै सुख र शान्तिको अनुभव गरेपछि… पुरा पढौ

स्याङ्जामा ११५ दिनको अवधीमा ४८ करोड राजस्व संकलन

स्याङ्जा । संघिय र गण्डकी प्रदेश सरकारका लागि स्याङ्जाबाट ४८ करोड राजस्व संकलन भएको छ । आर्थिक बर्ष २०७८÷०७९ शुरु भएको १ सय १५ दिनमा सो राजस्व संकलन भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार साउन १ गते देखि कात्र्तिक २३ गते सम्म स्याङ्जामा ४७ करोड ९२ लाख ३८ हजार ८ सय १ रुपैया राजस्व संकलन भएको जनाएको छ । यो गत आर्थिक बर्षको भन्दा निकै राम्रो सन्देश हो । संघिय सरकार र प्रदेश सरकारलाई… पुरा पढौ

पोखरामा लागू औषध कारोबारी दुई महिला पक्राउ

लागू औषध कारोबार गरेको आरोपमा पक्राउ परेका महिलाहरु लागू औषध कारोबारी दुई महिला पोखराबाट पक्राउ परेका छन् । लागू औषध कारोबारका लागि लागू औषध बोकेर हिंडिरहेका दुई जना महिलालाई मंगलबार पोखरा–८ सिमलचौरबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लमजुङ जिल्ला दोर्दी गाउँपालिका वडा नम्ब्र ७ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ बस्ने ३१ व्र्षिया प्रेमा गुरुङ र गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर २ घर भई हाल प्रेमाकै डेरामा बस्दै आएकी ३१ वर्षिया कोपिला अर्याल… पुरा पढौ

१४ लाखको बाउन्स चेक दिएको आरोपमा पोखराबाट एक पक्राउ

बैंकिङ कसुरमा पक्राउ परेका शंकर गुरुङ बाउन्स चेक दिएको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । बाउन्स चेक दिएको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ बाँझापाटन स्थायी घर भई पोखरा–१० बुद्धचोक बस्ने ३५ वर्षिय शंकर गुरुङलाई पक्राउ गरेको हो । पक्राउ परेका गुरुङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै १३ लाख ८० हजारको चेक दिएको आरोप लागेको छ । उनले दिएको चेक नसाटिएपछि चेक साट्न गएका व्यक्तिले आफूले पाउनुपर्ने रकम नपाएको भन्दै चेक बाउन्स गराएको आरोपमा… पुरा पढौ

चीनद्वारा पोखराका चार विद्यालयमा निःशुल्क ईन्टरनेट सुविधा

चीनिया दुतावासको सहयोगमा पोखराका चार सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट सुविधा प्रदान गरिने भएको छ । नेपाल–चीन जनमैत्री संघ पोखराको समन्वय तथा चीनिया दुतावासको सहयोगमा पोखराका जनचेतना मावि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क ईन्टरनेट सेवा जडान गर्न लागिएको हो । ती चार विद्यालयमा निःशुल्क ईन्टरनेट जडान गर्ने सम्बन्धमा मंगलबार चीनिया राजदुत हउ यान्छीको भर्चुअल उपस्थितिमा सम्झौता भएको छ । सम्झौतामा नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे र चार वटै विद्यालयका प्रधानाध्यापकहरुले मंगलबार पोखराको माउण्ट कैलाश रिसोर्टमा… पुरा पढौ

सुनको मूल्य घट्यो चाँदीको स्थिर

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० रहेको छ । यसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी सोमबार प्रतितोला रु एक हजार २५० मा… पुरा पढौ

व्यासको आन्तरिक आम्दानी रु. १५ करोड

दमौली । तनहुँको व्यास नगरपालिकाले रु. १५ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७-७८ मा रु. १५ करोड चार लाख १७ हजार ७१० आन्तरिक आम्दानी गरेको हो । उक्त अवधिमा रु. २० करोड ४७ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य भए पनि कोरोना कहरका कारण लक्ष्य अनुसारको आन्तरिक आम्दानी हुन नसकेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। व्यास नगरपालिका जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी आन्तरिक आम्दानी गर्ने पालिका हो । नगरपालिकाले सम्पत्ति, मालपोत, घरबहाल कर,… पुरा पढौ