गण्डकी

भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल

पोखरा, २ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशको पाँचौं अधिवेशन एवम् एघारौं वार्षिक साधारणसभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।समितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा र सह कोषाध्यक्षमा शरण गुरुङ रहनुुभएको छ ।त्यस्तै समितिका सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा निर्वाचित बन्नुुभएको छ ।यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले… पुरा पढौ

रजत पदक जितेकी बिनुलाई गण्डकी शारीरिक सुगठन सङ्घको सम्मान

पोखरा । भुटानमा सम्पन्न १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा रजत पदक जितेकी खेलाडी बिनु जिटीलाई गण्डकी प्रदेश शारीरिक सुगठन सङ्घले सम्मान गरेको छ।१५५ सेन्टिमिटरभन्दा माथिको उचाइ समूहमा दोस्रो स्थान हासिल गर्दै रजत पदक जितेकी जिटीलाई सङ्घले नगद पाँच हजार ५ सय रुपैयाँ, खादा र मालासहित सम्मान गर्दै बधाई ज्ञापन गरेको हो।सम्मानपछि जिटीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धिको कदर हुनु गौरवको विषय भएको बताइन्। यस्ता सम्मानले खेलाडीको मनोबल बढाउनुका साथै अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने उल्लेख… पुरा पढौ

पोखराको रातो पैह्रोमा सेती थुनियो, तल्लो तटीय क्षेत्रमा जोखिमको सम्भावना

सन्देश श्रेष्ठपोखरा, साउन २ पोखराको रातो पैह्रोमा सेती नदी थुनिएको छ । पोखरा–१७ र १५ को सिमाना क्षेत्र रातोपैह्रो (पोखरा पर्वतीय संग्रहालय अगाडि)पट्टी सेती नदी थुनिएको हो । यो यति एयरलाईन्स दुर्घटना क्षेत्रभन्दा तलपट्टी रहेको पोखरा–१७ र १५ जोड्ने सिताराम पुलभन्दा ३ सय मिटर तल पर्दछ । जहाँ पैह्रोले सेतीनदी पुरिदा करीब ५०–६० मिटर अग्लो झरना बनेको छ । सँधै डाँडाबाट करीब एक सय मिटर तल खोंच भएर बग्ने सेती नदी पैह्रोले पुरेपछि झरना बनेर बगेको स्थानिय पत्रकार हरिप्रसाद बास्तोलाले… पुरा पढौ

कास्कीसहित गण्डकीमा उच्च भारी वर्षाको सम्भावना : अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन प्रशासनको अपिल, रात्रीकालीन सवारी सञ्चालनमा रोक

पोखरा, साउन २राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न जिल्लामा भारी वर्षा हुने भन्दै सचेत हुन आग्रह गरेसँगै जिल्लाले सतकर्ता अपनाएको बताएका छन्। शनिबार र आइतबार गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रदेश सरकारले पनि ‘हाई अलर्ट’मा रहन आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालयले भिन्दाभिन्दै सूचना जारी गर्दै राजमार्गमा रात्रीकालिन यातायात बन्द गर्न सम्म अनुरोध गरेका छन्। रातीको समयमा यात्रा नगर्न, अत्यावश्यक बाहेकमा यात्रा नगर्न पनि प्रशासनले अनुरोध गरेका छन्। प्राधिकरणले गण्डकी प्रदेशका गोरखा, लम्जुङ, कास्की, तनहुँ,… पुरा पढौ

पोखराको सडकमा दौडिए, जनप्रतिनिधि र आमाहरु

पोखराको सडकमा जनप्रतिनिधिहरु नै दौडिंएका छन् ।नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार पोखरामा जनप्रतिनिधिसहित बिद्यार्थी छात्र÷छात्रा र महिला ÷पुरुष एक साथ दौडिएका हुन् । मञ्चले पोखरा महानगरपालिका भित्रका पुरुष तथा महिला जनप्रतिनिधिहरु,पोखरा १५ का आमा समुह तथा टोल विकास संस्थाका महिला सदश्यहरु, बिद्यार्थी छात्र–छात्रा र खुला महिला–पुरुष दौड गरेको थियो मञ्चले आयोजना गदै आइरहेको साप्ताहिक तथा मासिक दौड अन्तगर्त प्रत्येक महिनाको पहिलो शनिवार आयोजना गर्ने दौंडको १९ औँ श्रृंखला पोखरा १५ मा आयोजना गरेको रेस डाइरेक्टर एबम मञ्चका पूर्वअध्यक्ष तेजबहादुर… पुरा पढौ

पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न २ चिनियाँ नागरिकसहित ९ जना पक्राउ

पोखरामा श्रृंखलाबद्ध रुपमा चोरी गर्ने ९ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्ला दिनमा पोखरामा चोरीका घटना बढेको गुनासो पछि प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटनामा संलग्न ४ विदेशी सहित ९ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चीनको गोञ्जाउका वेन जिइ, सानडोङ्गका वाङ लियायिङ्ग,भारतको महाराष्ट्रकासोमनाथ हनुमंत जाधव, र उत्तर प्रदेशका राहुल निषाद रहेका छन् । त्यस्तै पोखरा १६ दिपका केशव पाइजा मगर, स्याङ्जा चापाकोटका राजकुमार वि.क, कास्कीको अन्नपुर्ण गाउँपालिकाका राजु के.सी भन्ने खिम… पुरा पढौ

पोखरा फोटोग्राफर संघको रक्तदानमा ४६ युनिट संकलन, पोखरामा एबी पोजेटिभ रगतको अभाव

पोखरा फोटोग्राफर संघले आयोजना गरेको रक्तदानमा ४६ युनिट रगत संकलन भएको छ । संघको ४५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेको संघले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि कैलास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खडानन्द अधिकारीले पहिलो रक्तदाता संघका संरक्षक गणेश छविलाई ब्लडव्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरे । रक्तदाता छविले ७३ औं पटक रक्तदान गरेका हुन् । लायन्स क्लव अफ पोखरा दर्पण र कैलास बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा आयोजित कार्यक्रममा… पुरा पढौ

नागरिक अगुवा पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि, लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भुमिकाको स्मरण

पूर्वमन्त्री, नागरिक अगुवा एवं लेखक डा. देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको हो । उनी क्यान्सर रोगका बिरामी थिए। अन्त्येष्टि अघि उनको अन्तिम बिदाइअघि विभिन्न राजनीतिक दलका नेता, आफन्त तथा शुभचिन्तकहरू आर्यघाट पुगेका थिए । नेपाली कांग्रेसका सभापति गगन थापा, नेता अर्जुननरर्सिह केसी, नेकपा नेता बर्षमान पुन, मातृका यादव, लेखक खगेन्द्र संग्रौलालगायतकाले उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।नेपालको लोकतान्त्रिक आन्दोलन र नागरिक समाजलाई दिशाबोध… पुरा पढौ

गण्डकीसहित पाँच प्रदेशमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित पाँच प्रदेशका केही स्थानमा आज राति धेरै भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा भने वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्ने जनाइएको छ।रातिको समयमा पनि देशभर बदली कायम रहने र अधिकांश पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी… पुरा पढौ

लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट

पोखरा, साउन १ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरी धर्मराज थापाले नेपाली लोकसंगीतमा पुर्‍याउनुभएको योगदान अविष्मरणीय रहेको बताउनुभएको छ । धर्मराज–सावित्री थापा प्रतिष्ठानले जनकविकेशरी थापाको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले लोकगीतमै नेपालीपन देख्नुहुने थापाले लोक साहित्य, संस्कृति एवं लोकगीत संगीत विधामा थापाले उल्लेखनीय योगदान पुर्‍याउनुभएको स्मरण गर्नुभयो । ‘नेपाली लोकगीतको ढुकढुकी, माटोको सुगन्ध बोकेका कालजयी सर्जक धर्मराज थापा नेपाली गाउँबेसी, उकाली–ओराली र पाखा–पखेराका भाकाहरूलाई सङ्कलन गरी तिनलाई राष्ट्रिय पहिचान दिने एक संवाहक हुनुहुन्थ्यो… पुरा पढौ