मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्रीसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको हिजो पिसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीनजनामा कोभिड सङ्क्रमण देखिएको हो । पिसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोभिड पोजेटिभ देखिएको छ । उनीहरु सबै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । कोभिड सङ्क्रमणका कारण मुख्यमन्त्री राईले…
पुरा पढौ