समाचार

अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकमा कालोपत्रे गर्ने काम जारी

कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएको अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ । पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करीव १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको हो । करीव आधा किलोमिटर सडक ढलान गरिसकिएको छ भने बाँकी सडकमा कालोपत्रे गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ । चैतमा नै कालोपत्रे गर्ने… पुरा पढौ

नेकाँ बैठक शुक्रबार

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा हुने भएको छ । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ ।रासस पुरा पढौ

कास्की र नवलपुरमा थप ३० जनामा कोरोना संक्रमण

कार्तिक १३ पोखरा । गण्डकीको कास्कीका २३ जना सहित नवलपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसो १ : ४५ बजे स्वास्थ्य निर्देशनालय गण्डकीले एक विज्ञप्ती जारी गर्दै प्रदेशमा संक्रमितको संख्या थपिएको पुष्टि गरेको हो । निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परिक्षणमा कास्कीको पोखरा महानगरका विभिन्न वडाका २२ जनामा कोरोना संक्रमण देखिएको हो भने बि.पी.कोइराला स्मृती क्यान्स अस्पताल चितवनमा गरिएको नमुना परिक्षणमा नवलपुरका ७ जना र कास्कीका १ जनामा संक्रमणको पुष्टि भएको छ ।… पुरा पढौ

पोखरामा उपचाररत थप एक संक्रमितको मृत्यु

कार्तिक १३ पोखरा । पोखरामा उपचारत अर्का एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारत पर्वतको कुस्मा–६ का वर्ष ५५ का पुरुषको आज बिहान संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निमोनिया, उच्च रक्तचाप र स्वासप्रस्वासमा समस्याबाट पिडित भएका उनमा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो । यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ । यस अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड –१९ उपचार… पुरा पढौ

गण्डकीमा थप ५६ जनामा कोरोना पुष्टि

कार्तिक १३ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ ।बिहीबार दिउँसो प्रदेशका कास्की, पर्वत, म्याग्दी, तनहुँ,गोरखा ,लमजुङ र नवलपुर वर्दघाट सुस्ता पूर्वमा मा गरी थप ५६ जनामा संक्रमण देखिए सँगै प्रदेशमा संक्रमितको संख्या सात हजार नाघेको हो । बुधबार क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र बि.पी. कोइराला क्यान्सर अस्पताल चितवनमा गरिएको नमुना परिक्षणमा उनीहरुमा कोरोना संक्रमण भएको गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ । निर्देशनालयका अनुसार आज दिउँसोसम्म थपिनेमा सबैभन्दा धेरै गोरखाका २७… पुरा पढौ

डा बाबुराम र खगेन्द्र संग्रौलाको सामाजिक सञ्जालमा जुहारी

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराई र विश्लेषक खगेन्द्र संग्रौंलाको सामाजिक सञ्जाल ट्वीटरमा जुहारी चलेको छ । बाबुरामले आज (बिहीबार) बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले घुमाउरो पाराले भारतका गुप्तचर प्रमुख सामन्त गोयल र भारतीय सेनाध्यक्ष मुकुन्द नरभाणेको आगामी दिनमा हुन लागेको नेपाल भ्रमणलाई स्वागत गर्दै उनले जायज मानेको संकेत गरेका छन् । उनले विभिन्न देशबाट हुने राजनीतिक र अन्य भ्रमणलाई जायज रहेको सामाजिक सञ्जालमा ट्वीट गरेका छन् । शक्तिराष्ट्रबाट भ्रमण नहुने हो भने… पुरा पढौ

पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट

पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुनेका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुगेका थिए । मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महशुस गरेको पौडेलले बताए । ‘सामाजिक सञ्जाल फेसबुक, युट्यूव लगायतमा मानहुँकोटको तस्वीर, भिडियो हेर्थे, घुम्नैपर्ने ठाउँ जस्तो लागेको थियो,’ उनले भने, ‘यहाँ आएपछि यहाँको दृश्यले मनै लोभ्यायो ।’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको मानहुँकोट दशैं बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न… पुरा पढौ

पोखरामा फेरि एक कोरोना संक्रमितको मृत्यु

कार्तिक १३ पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड –१९ उपचार केन्द्रमा गएराति ११ बजे पोखरा महानगरपालिका–१३ की ३६ बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । गत कार्तिक ५ गते कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालको कोभिड –१९ उपचार केन्द्रको आईसियूमा भर्ना भएकी उनमा कोरोना सहित निमोनिया लगायतका समस्या रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनीसंगै… पुरा पढौ

चर्चित सञ्चारकर्मी लामिछाने दम्पतीलाई कोरोना संक्रमण

नेपाली सञ्चारकर्मका चर्चित सञ्चारकर्मी रवि लामिछाने दम्पतीलाई नै कोरोना संत्रमण भएको छ । लामिछानेले विहीबार विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू र आफ्नी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । लामिछानेकी श्रीमती नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष हुन् । लामिछानेले केहि आफ्नै लापरवाही र केहि पेशागत क्रियाकलापमा खटिदा समंक्रमण भएको हुनसक्ने बताएका छन् । उनले मंगलबार रातीदेखि हल्का ज्वरो आएपछि बुधबार पिसीआर टेस्ट गर्दा विहीबार विहान रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका छन् । उनले… पुरा पढौ

कोरोना महामारीबीच भारतको बिहारमा निर्वाचन सम्पन्न, ७१ पदका लागि १०६६ उम्मेदवार

कोरोना महामारीबीच भारतको बिहारमा विधानसभाका लागि हिँजो (बुधबार) पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । बिहारमा ३ चरणको चुनावमध्ये पहिलो चरणमा ७१ पदका लागि १ हजार ६६ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । तीमध्ये ९ सय ५२ जना पुरुष र १ सय ५५ जना महिला छन् । बिहानैदेखि भइरहेको मतदानमा कोरोना भाइरसबाट जोगिन मतदाताहरुलाई आधारभूत मापदण्डहरु अपनाउन आह्वान गरिएको छ । बुधबार मतदान भइरहेको क्षेत्रमा कुल २ करोड १४ लाख ८४ हजार ७८७ जना बैध मतदाता… पुरा पढौ